BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन १० गते
    Headlines :
    Ad

    एमाले माओवादी एकताको निर्णायक वार्ता हुदैँ , टुंगिएला त एकता ?

    संसार न्यूज संवाददाताफागुन २, २०७४

    २ फागुन, काठमाडौँ । पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् ।

    आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक पूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक चलिरहेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

    पार्टी एकतालाई अन्तिम रुप दिन आजै बिहान माओवादी केन्द्रको वरिष्ठ नेताको अनौपचारिक बसेको बुझिएको छ । आन्तरिक छलफल चलिरहेकाले दिउँसो २ बजेका लागि तय गरिएको एकता संयोजन समितिको बैठक केही समय पछि सरेको छ ।

    दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अघि गरेको सहमतिबमोजिम एकता प्रक्रिया निष्कर्षमा पुग्न लागेको हो । यी दुई दलले पार्टी एकतासँगै नयाँ सरकार गठनको प्रक्रियालाई पनि सँगै अगाडि बढाएका छन् ।

    ४५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad