BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    प्रदेश नं १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

    संसार न्यूज संवाददाताफागुन २, २०७४

    २ फागुन, उर्लाबारी, मोरङ । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनुभएको छ ।

    प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका थिए । उनले भोलि बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

    ६३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad