BizPati

  • Ad
  • आज : २०७५ साउन १ गते
    Headlines :
    Ad

    दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख

    संसार न्यूज संवाददाताफागुन २, २०७४

    २ फागुन, सोल (रासस/सिन्हवा) । दक्षिण कोरियामा यस वर्षको जनवरीको एक तथ्यांकअनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ ।

    बेरोजगारहरुको यो सङ्ख्या यहाँको जनसंख्याको ३।७ प्रतिशत रहेको सरकारी प्रतिवेदनले देखाएको बुधबार जनाइएको छ ।

    यो सङ्ख्या गतवर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ ।

    जनवरी महिनामा रहेको ३।७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन ।

    तर १५ देखि १७ वर्षको उमेरका व्यक्तिमा ८।७ प्रतिशत रहेको यो सङ्ख्या जनवरीमा भने ०।१ प्रतिशतमा झरेको छ ।

    गत वर्षको मे महिनामा आफ्नो कार्यालय सम्हाल्नु भएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले विशेषगरी युवायुवतीको बेरोजगारी दरलाई घटाउने प्रण गरेका थिए ।

    यसै अनुसार नै देशमा युवा बेरोजगारहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा नै कमी आएको सरकारले दाबी गर्ने गरेको छ ।

    २३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad