BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    काठमाडौंमा ७.८ रेक्टरको भूकम्प गए दोब्बर क्षति

    संसार न्यूज संवाददाताफागुन ३, २०७४

    ३ फागुन, काठमाडौं । तीन वर्ष अघि गोर्खा केन्द्रविन्दु भएर गएको ७.८ रेक्टरको स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ । यस्तो भूकम्पले २२ हजार भन्दा बढी मानविय क्षति हुने सरकारी अध्ययनको दाबी छ ।
    सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मुल्यांकन परियोजनाले जापानी सहयोग नियोग –जाइका) सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्ये नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौंको उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो । तीन वर्षको सयम लगाएर गरिएको अध्ययन अनुसार यो क्षमताको भूकम्प दोहोरिए काठमाडौं उपत्यकामा ८६ हजार ८ सय ६० जना घाइते तथा २२ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ । यसअघि पनि विभिन्न दातृ संस्थाहरुले काठमाडौं भूकम्पको उच्च जोखिममा रहेका बताउदै आएका छन् । आजको कारोबार दैनिकबाट

    ३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad