BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    मेडिकल शिक्षा, बाहिरियो २२ अर्ब

    संसार न्यूज संवाददाताफागुन ३, २०७४

    ३ फागुन, काठमाडौं । मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ । स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो ।
    सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश गएका छन् । शिक्षा मन्त्रालयका प्रारम्भिक तथ्यांकअनुसार विदेसिएका एक विद्यार्थीले ५० लाख रुपैयाँ खर्च गर्छन । मेडिकल शिक्षाका लागि बाहिरिएका विद्यार्थीले शिक्षण शुल्कबापत बुझाउने शुल्क अध्ययन गरी शिक्षा मन्त्रालयले २१ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको तथ्यांक निकालेको हो ।
    मन्त्रालयका उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सअसचिव सुर्यप्रसाद गौतमले मेडिकल शिक्षाकै लागि मुलुकबाट हरेक वर्ष ठुलो धनराशी बाहिर जाने बताए । आजको अन्नपूर्ण दैनिकबाट

    ३२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad