BizPati

  • Ad
  • आज : २०७५ साउन १ गते
    Headlines :
    Ad

    वायुप्रदूषण वर्षकै उच्च

    संसार न्यूज संवाददाताफागुन ३, २०७४

    ३ फागुन, काठमाडौं । वीरेन्द्र स्कुल भक्तपुर क्षेत्रमा १४ घण्टाको फरकमा पीएम २.५ को धुलोको प्रदुषण दुई सय ५१ माइक्रोग्राम परमिटर क्युले वृद्धि भयो । मंगलबार बिहान ६ बजे १२ माक्रोग्राम परमिटर क्यु मात्र भएको प्रदुषण राति ८ बजेसम्म वृद्धि भएर दुई सय ६३ पुग्दा वायुप्रदुषण स्तर वर्षकै उच्च भएको तथ्याकंले देखाएको छ ।
    वाताबरण विभागको तथ्यांक हेर्दा भक्तपुरमा राति १० बजेसम्म पनि प्रदुषणको दर दुई सय ३० कायम छ । २४ घण्टालाई आधार बनाएर विभागले वायुप्रदुषणको अवस्था जाँच गदै आएको छ । मंगलबार मापदण्ड एक सय २२ कायम छ । विश्व स्वास्थ्य संगठनको मापदण्डले २५ र राष्ट्रिय मापदण्डमा ४० माइक्रोग्राम परमिटर क्यु तोकेको छ । रत्नपार्क क्षेत्रमा राति ८ः३५ बजे पीएम २.५ आकारको धुलो दुई सय ३९ माइक्रोग्राम परमिटर क्यु पुगेको थियो यहाँ दिउँसो २ः३० बजे २७ मात्र थियो । ६ घण्टाको फरकमा उपत्यकामा दुई सय १२ माइक्रोग्राम परमिटर क्यु वृद्धि भयो । आजको अन्नपूर्ण दैनिकबाट

    ८८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad