BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन १० गते
    Headlines :
    Ad

    राजस्व अपचलन आरोपमा बैंकका कर्मचारी पक्राउ, भन्सार एजेन्ट फरार

    संसार न्यूज संवाददाताफागुन ३, २०७४

    ३ फागुन, विराटनगर । विराटनगर भन्सारस्थित वाणिज्य बैंकमा रावस्व अपचलन गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सोही आरोप लागेका दुई जना भन्सार एजेन्ट भने फरार छन् ।
    भन्सार परिसरमा रहेको वाणिज्य बैंकमा भन्सार राजस्व लाखिला गर्दा करोडौं रुपैयाँ अपचलन गरेको घटना अनुसन्धान गर्न शाखाका सहायक अधिकृत तोरण राउतलाई जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको हो । भन्सार एजेन्ट सुरेश बोहरालाई पक्राउ पुर्जी जारी गरिएको छ ।
    शाखाका सहायक अधिकृतलाइ बैंकिङ कसुरमा पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ । भन्सारस्थित बैंकमा राजस्व अपचलनको घटना बाहिरिएपछि राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयले एक्सन लिएको हो ।
    नयाँ पत्रिका दैनिकमा अपचलनको घटना सार्वजनिक भएपछि वाणिज्य बैंक ब्रान्च अप्रेसन विभागले अपराधबारे चासो दिँदै मोरङ प्रहरी सँग मागेको थियो । जिल्ला प्रहरी कार्यलउ मोरङका अनुसन्धान अधिकृत लक्ष्मी भण्डारीले घटनाबारे तत्काल केही भन्न नसक्ने बताए । उनले भन, यसबारे हामी अहिले अनुसन्धानमा नै छौं, भोलि मात्र केही जानकारी दिन सक्छौं । आजको नयाँ पत्रिका दैनिकबाट

    ३४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad