BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    पाँच करोडमा बन्यो कृष्ण मन्दिर

    संसार न्यूज संवाददाताफागुन ३, २०७४

    ३ फागुन, रत्ननगर । रत्ननगर नगरपालिका ११ जिरौनामा कलात्मक कृष्ण मन्दिर निर्माण गरिएको छ । श्रीकृष्ण प्रणामी समुदायले ५ करोड रुपैयाँको लागतमा उक्त मन्दिर निर्माण गरेको हो । राष्ट्रिपति विद्यादेवि भन्दारीले आगामी बिहिबार मन्दिर उद्घाटन गर्ने कार्यक्रम छ ।
    जिरौनामै २०२४ सालमा सामान्य खालको कृष्णमन्दिर निर्माण गरिएको पथयो सोही ठाउँमा नयाँ मन्दिर बनेको हो । मन्दिर स्थापना भएको ५० वर्ष पुग्नुका साथै श्रीकृष्ण प्रणामी धर्मका प्रवद्र्धक प्राणनाथ प्रकट भएको पनि ४ सय वर्ष पुग्दै छ । दुवै अवसर पारेर मन्दिर उद्घाटन हुन लागेको हो । यो मन्दिर ०६३ सालमा शिलान्यास भएको थियो । पुरा हुन लगभग १२ वर्ष लाग्यो, उद्घाटन तथा भागवत् कथा अनुष्ठान मूल समारोह समितिका संयोजक तिलकराज शर्मा पौडेलले भने मन्दिर क्षेत्र वरपर १५ कट्ठा जग्गा छ । त्यहाँ वृद्धाश्रम पनि सञ्चालनमा छ । आजको कान्तिपुर दैनिकबाट

    २७४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad