BizPati

  • Ad
  • आज : २०७५ साउन ३ गते
    Headlines :
    Ad

    कथाः प्रतिशोधको राँको

    पुरानाघरे, न्यू ह्याम्पसायर, अमेरिकाफागुन १९, २०७४

    ज्योती निकै फर्याकफुरुक गर्दै होटलमा उसकी आमालाई काम सघाउँछे, मीठो बोल्छे र सबैलाई सत्कार गर्छे । काममा जति जुधेर लाग्छे तर्क गर्न पनि त्यति नै खप्पिस छे ऊ । ज्योतीसँग बहस गर्न र चियाको चुस्की लिन आउने ज्योतीका शुभचिन्तक गाउँका बुढापाकाहरुले देवीको होटल निक्कै फस्टाएको थियो । चण्डी र देबीकी एक्ली छोरी भए पनि ज्योति निकै मेधावी छात्रा हो र उसको आदत निक्कै गम्भीरे किसिमको छ । साथीहरुलाई टिफिन लिने र उसका शिक्षकहरुको खाना खाने भरपर्दो होटल नै देवीको होटल हो ।

    ऊ पढाइमा निक्कै साधना गर्छे । कक्षा पाँच उतीर्ण गरेपछि देवीकै जिद्धीले ज्योतीलाई चण्डीले विद्याज्योति उच्च माद्यमीक विद्यालयमा भर्ना गरिदिए, त्यसपछि ज्योतीको पढाइमा अझ ज्यादा चमक आएको हो । शरणार्थी शिवरको राम सरले टिउसन लिन थालेपछि ज्योती साँच्चिकै जाजल्यमानको नतिजा ल्याउने एकमात्र विद्यार्थी भई । उसले पोहोर साल कक्षा नौमा ९७ प्रतिशत परिणाम हाँसिल गरी हजार विद्यार्थीहरुलाई पछाडि पार्दै स्कूल प्रथम भए पछि भूटानी शिक्षकलाई गाँउबाट खेदाउने, ज्योतीलाई प्रेमको चक्करमा फसाएर अर्जुनलाई प्रथम बनाउने लगायतका षडयान्त्रहरु पनि नगरिएका होइनन् ।

    चण्डीले छोरीको स्कूल फेरेकै विषयलाई ईबी बनाएर पहिलाको स्कूलको व्यवस्थापक समितिका अध्यक्षले माओवादी खन्याएर चण्डीको निर्ममता पूबर्क हत्या गराए । हत्याको विषयमा चण्डीलाई यौन दुर्व्यसन र बलातकारको आरोप लगाइएको समाचार एउटा स्थानिय पत्रिकामा छापिए पछि यो विषयलाई कसैले त्यति ठूलो चासो पनि दिएनन्, एकातिर माओवादीको विरोधमा उत्रिने हिम्मत कसैले गर्ने स्थिति नै थिएन भने अर्कातिर पैसाको बलमा काण्ड भएको हुँनाले कसैले लखसम्म काट्न भ्याएनन् ।  गाँउलेहरु मिलेर त्रसिद हुँदै चण्डीको दाहसंस्कार स्थानिय माओ खोलामा गरेपछि ज्योती किन टुहुरी भई भन्ने उसको प्रश्नको जवाफ एउटा तितो सत्य बनेर मंगलबारे गाउँमै हरायो ।

    समय समयमा ज्योतीले उसको बाबुको हत्याको विषयमा कुरा गर्थी तर कसैले उसको जिज्ञासा समाधान गर्न चासो दिदैन थिए । ज्योती भन्थिइ, “एक दिन म मेरो निर्दोष बाबाको हत्यारालाई पत्ता लगाउने छु र त्यस पापी राक्षसको पनि निर्ममतापूर्बक ज्यान लिएर उहाँको मृत आत्मालाई शान्ति दिलाउने छु ।”

    ज्योती आज परिक्षाबाट निक्कै झ्वाँकिदै घर फर्किएकी छ । देबीले सोधिन, “छोरी परिक्षा कस्तो भयो आज ?” “विद्याज्योतिकी ज्योती हुँ, परिक्षा त राम्रो भइहाल्छ नि, तर…” ज्योतीको गलो एक्कासी अवरुद्ध भयो ।

    “तर के भयो छोरी ? किन तिम्रो बोलि त एक्कासी रोकियो नि ?” देबीले केरिन ज्योतिलार्इ । “परिक्षा त राम्रो भयो मामु तर मलाई मान्छे मार्ने खालको रिस उठेको छ आज ।” ज्योतीले अस्पष्ट भाषा बोली । के भयो त्यस्तो ? कस्तो मान्छे मार्ने रिस उठ्यो यसलाई ! “मलाई भन त छोरी के भयो ?” देबीले न्यानो शब्दमा छोरीलाई सोधिन् । ज्योती निक्कै मजाले चर्की, “मेरो बाबालाई  त्यो साला बोको प्रिन्सिपलले ……,” यति भनेर ज्योती रन्थनिदै भित्र पस्छे ।

    “हन यो ज्योती के भन्छे देबी ? बाबा भन्छे, बोको प्रिन्सिपल पनि भन्छे, यो बोको प्रिन्सिपल चहि के भनेकी यसले ? यसको भाषा यस्तो रुष्ट मैले कहिल्यै पनि थाहा पाएको रहेनछु” बस्नेत बुढाले आश्चर्य मान्दै सोधे । “मैले त केही बुझीन, यसले के भन्न खोजेकी हो ?” डिबी लाहुरेले चियाको गिलास टेबुलमा राख्दै शही थपे ।  अली अर्को टेबुलमा बसेर कुखुराको मासु र चिउरा खादै गरेको कुखुरे निक्कै मजाले झस्कियो । “हन यो टपरटुइया ठिटीले सुईको पाइकी क्या हो ? यदी त्यो घटनाको  भेद खुल्यो भने मैले त यो नेपालै छाडेर सुइकुच्चा ठोक्ता भयो, त्यो चण्डीलाई चकनैचकना पारेर टुक्र्याउने मै हुँ । कि त्यो साले रामेले सुइको दियो यस ठिटीलाई । अस्ति रक्सीको तालमा सबै सुनाएँ त्यसलाई । हन रामेले त्यस ठिटीको स्कूल पढाउन थाल्यो कि क्या हो ? भूटानबाट पनि भाग्नु पर्यो, अब नेपालबाट पनि टिकट मिल्ला जस्तो छ ।”

    कुखुरे टोलाइरहेको थियो, यतिकैमा डिबी लाहुरेले छेड्का हाने “हैन, माइला दाइ त दिउँसै सपना देख्न थाल्यो कि क्या हो ?” देबीले थपीन, “आज शिविरबाट सोरसार पारेर ल्याको दाल चामल बेलैमा सल्टेछ क्या हो बुडा मासुचिउरासँगै झुल्न थाले ।” कुखुरे झस्क्यो, मासुचिउरा त्यतिकै छाडेर हतारहतार पैसा तिरेर त्याहाँबाट सदाकोलागि कुलेलाम ठोक्यो । “हैन मासु भने पछि कानखुरसम्म नछोड्ने भोटाङे कुखुरे त्यति राम्रो मासु फलेर कुलेलाम ठोक्यो, के भएछ त्यस पाजीलाई ? ” गोविन्दे व्यपारी बोल्यो । “यो मान्छे हरामी छ भन्छन् । यसले त पैसाको लागि त मान्छे मार्ने काम पनि गर्छ भन्छन् ।” बस्नेत बुढाले भने ।

    यतिकैमा बिस्तारै चिया खाजाको सिद्धिका लागि आएका सबै ग्राहाकहरु पनि हिडे । ज्योती हस्याङफस्याङ गर्दै बाहिर निस्कीकन भनी “ त्यो नरपिचास कुखुरे यहाँ आएको थियो ? अघि भन्नु नि म त्यस पिचासको तातो खुन पिइदिन्थें । ”

    ज्योती भन्भनाउँदै फर्केर भित्रै पसी ।

    ज्योतीको हस्याङफस्याङ देखेर देबी अलिक आतिइन । ज्योतीमा आएको यत्रो कठारो स्वभाव, झर्को बोलि, निक्कै खरो मिजाज र अनौठो आक्रोसले देबीको मनमा चिसो पसिरहेको थियो । ‘उमेर चढ्दै जाँदा त केटीहरु अलिक लजालु हुनु पर्ने, स्वभाव पनि अन्तरमुखी हुनु पर्ने । त्यसमा पनि यो त निक्कै गम्भिर स्वभावकी थिई अगाडिदेखि नै । यो त बाघ जस्तो हुँकार गर्जन्छे । के कारणले यसमा यत्रो परिवर्तन आउँदैछ आजभोलि ?’ देवीले मनमनै सोचिन । देवी छोरीलाई सम्झाउने मनसायले ज्योतीको कोठामा पुग्छिन । ढोकामा ढकढक पार्दै देवी बोलिन “ ए ज्योती ढोका खोल त छोरी ?” भित्र अनौठो किसिमले खतर्याकखुत्रुक गरी आवाज आयो अनि अलिक उताउलो स्वरमा ज्योती बोलि, “किन मामु ? म सुत्न लागेकी छु र मलाई एक क्षण डिस्टर्व नगर्नुहोला ।” छोरीको बोलि कृतिम लाग्यो यद्यपि ढोका खुल्लाकी भनी देवीले केही क्षण पखिर्न तर खुलेन । शंका उपशंकाहरुमा सुनसानले वास गरे पछि  देवीको सोचाई वदलियो ।

    “यसको चाल एक्कासी चलचित्रको पटकथा जस्तो परिवर्तन हुँदैछ, के हुन लाग्यो फेरि?” देवीले मनमनै सोचिन । निकै बेरसम्म पनि ज्योतीले ढोका नखोले पछि उनको कन्पारो नमजाले घुमिरह्यो । फेरि सोचिन, ‘पुसमाघका लामा रात, त्यसमा पनि रातभरि पढिरहेकी थिई, गलि पनि होला । केहीबेर सुतोस भरे साँझ समय मिल्यो भने कुरा गरुँला । ‘समय मिल्यो भने कुरा गरुँला? मैले पनि के सोचिरहेकी  हुँला ? घरमै जम्मा आमाछोरी छौं समय त मिलीहाल्छ नि ।’ किन किन आज देवीको पनि मन अलिक ठेगानमा थिएन । कुनै नराम्रो घटना घट्नु अघिको थाहा पाएको क्षण जस्तै भित्रभित्र डर पनि लागिरहेको थियो उनलाई पनि । बिहान चुलोमा तताउन राखेको दश किलो दुध उम्लीएर चुलाको आगो निभ्दा पनि छेवैमा बसेर तरकारी केलाइरहेकी देवीले थाहा पाइनन् । उनको होस कता गायब भयो पत्तै भएन, भरे दुध बगेर खुट्टो पोल्दामात्र झस्किन उनी । दिउँसो गोविन्दे साहुलाई  दारु खाएको  हिसाब मिलाउँदा रु ४५० फिर्ता दिनु पर्नेमा रु ५५० घुराएकी थिइन उनले । दिपक ठेकेदार साथमा नहुनु भनि उनको पैसा गोविन्देले खर्लप्पै पार्ने थियो, यो सम्झेर उनलाई दिन भरिनै पछुतो लागरिह्यो ।  कालिका चौकमा श्रीमानको हत्या भएको दिन पनि उनको मन यसरी नै असमञ्जसमा हुँडलिएको उनले अझै भुलेकी छैनन् । दैलाको ठेलोमा उभिएर अनेकौं कुरा सोचिरहकी थिइन देवी ।

    यतिकैमा कटुवाल्नी कान्छीले झस्काइन, “ ए भाउजू ! एक किलो चिउरा, आधा किलो चिनी, एक पाउ चिया र दुई किलो नुन दिनुन, मेरा नानीहरु स्कूलबाट आउने बेला भइसकेछ तर आज मैले बाख्रालाई न घाँस न खोले, केही पनि दिन भ्याकी छैन । दशओटा सिंगडा र विश रुपयिाँको प्याजी पनि दिनुन । कुखुरेसँग बजार आएकी थिएँ, दिनभरि नै अलमल भयो आज ।” कटुवाल्नीको सौदा दिदै देवीले भनिन, “त्यो भोटाङे त यहाँ पनि आएको थियो । उ त्यहाँ बसेर मासु चिउरा खाँदै थियो ज्योती आएर भित्र पसेपछि तर्सेको स्याल जस्तो हत्तनपत्त कुलेलाम ठोक्यो । मैले त्यसले खाएको प्लेट पनि उठाउन भ्याएकी छैन ।” चोथाले पारामा कटुवाल्नीले भनी, “भाउजू त्यो भोटाङे होइन, त्यो त पापी राक्षस हो । त्यसले भूटानमा छदा कैयौं निर्दोस नेपालीहरुको विचल्ली पारेको कुरा गर्छन शरनार्थीहरु । सरकारी सेनाको चम्चागिरी गर्ने, नेपाली चेलीहरुलाई साहीसेनासँगै उताउलिएर बलात्कार गर्ने, मान्छे काट्ने, घरमा आगो लगाउने र सेनाले मरणासन्न हुने गरी पिटेर लम्पसार पारेका निर्दोस नेपाली युवाहरुले वेदनामा छटपटाएर पानी माग्दा मुखमा पिसाबसम्म गर्ने पापी राक्षस हो त्यो कुखुरे । त्यसलाई त छाला काडेर तड्पाइतड्पाइ मार्नु पर्ने हो तर भोटाङेहरु आँटिला रैनछन् । मैले अस्ति माइत जाँदा सुनेकी थिएँ त्यसले त मेरो माइती गाँउमा पनि पैसा खाएर खोइ कोनी कसलाई काटेर मारेको हो रे ।”

    “माइती गाउँमा काटेर मारेको रे? तिम्रो माइती गाउँ त मेरो घर गाँउ हो नानी ! अगि ज्योतीले पनि त्यो कुखुरेको तातो खुन  चस्छु भन्दै थिई । कि मेरो श्रीमानको हत्यारो त्यही कुखुरे हो त ?” देवीले आश्चर्यचकित हुँदै भनिन् । कटुवाल्नीले देवीको हृदयको आगामो घिउ थपिन, “ खोइ भाउजू ! त्यो त हेर्दा पनि महाभारतको सकुनी जस्तै देखिन्छ । तर तपाईंले धन्दा मान्नु पर्दैन त्यो कुखुरे मेरोमा आइरहन्छ र रक्सी भने पछि प्राण हाल्छ । त्यसको बानी मलाई थाहा छ, मातेर चुर भए पछि उसको आफ्नो चर्तिकाला सबै ओकल्छ । यदी त्यसले दाजुको ज्यान लिएको हो भने यो काण्ड म पत्ता लगाउन सक्छु र त्यस राक्षसलाई त्यसै छाड्नु हुँदैन ।” नानी, मलाई त ज्योतीको पहिलाको स्कूलको सञ्चालक समितिको अध्यक्षले मेरो निर्दोष श्रीमानको हत्या गराएको भन्ने शंका छ । यदी कुखुरेले नै मारेको भए पनि त्यही ब्वाँसाको षड्यान्त्र हुनु पर्छ । त्यसले ज्योतीको स्कूल फेर्दा चण्डीको ज्यान नै धरापमा पर्छ भनेर चेतावनी पनि दिएको थियो अगाडि हामीलाई ।” देवीका आँखा पति विछोडको पोखरीमा पौडिन थाले । देवीले आँखा पुछेको देखेपछि कटुवाल्नीले  शान्तवना दिँदै भनिन, “जे नहुनु भइहाल्यो भाउजू तर त्यस पापीष्टलाई पुलिसको जिम्बा लगाएर काफ्ले असाईलाई दस हजार दिन्छु सत्य पत्तालगाई दोषीलाई कारवाइ गर भन्दा काम सबै हुन्छ । त्यो पैसा त्यही कुखुरेको पैसा मसँग छ, त्यही दिनु पर्छ । त्यसले मलाई पाँच छ महिना अगाडि चालिस हजार व्याजमा लगाएको छ । त्यस राक्षसलाई म त्यो पैसा कुनै हालतमा दिन्न । निर्दोषलाई पैसाको बलमा दण्डदिने नेपाली कानूनका धमिरा यी पुलिसलाई घुस खुवाएर भए पनि त्यो कुखुरेको सेक्पा सुकाउने छु भाउजू  । त्यसको विदेश उड्ने सपना म चकनाचुर पारिदिन्छु ।” यति भन्दै कटुवाल्नी बाटो लागिन । देवीले रुन्चे स्वरमा भनिन, “यो अन्यायमा पेरकी तिम्री भाउजूलाई सहयोग गर कान्छी ।” भइहाल्छ नि भाउजु भन्दै कटुवाल्नी बजारको अनकनटार भिडमा हराइ ।

    देवीलाई तीन वर्ष अगाडिको पतिको मृत्युको क्षण भन्दा भक्कानो फुटेर आयो आज तर बिहिबारे हटियाको दिन भएको हुनाले उनले मनमनमै पिरोलिनुको कुनै बिकल्प पाइनन् । एतिका बेरसम्म पनि ज्योती बाहीर निस्किएकै छैन । सधै स्कूलबाट घुरेर होटेलमा मजाले काम सघाउँथी ज्योती तर आज हटियाको दिन भए पनि केही सघाइन उसले । ‘परिक्षा सकिएको दिन फेरि भोलि त सेण्डअप परिक्षा सकिाल्छ भनेर रातभरि पढिरहेकी थिइ त्यही भएर आज नसघाएकी होला । भरे सामान थन्क्याउने बेलामा पनि उठिन भने बोलाउँछु नत्र आज एक दिन मै सकिहाल्छु नि यति जाबो दोकान धान्न ।’ देवीले मनमनै शान्तवना दिइन आफैंलाई ।

    साँझ पर्न लागेको थियो, नौनाडि गलेका भए पनि लरखराउँदै होटेलको धन्दामा लागिन देवी । किररर किररर… फोनको आवाज आयो । देवीलाई किन किन आज चण्डीले नै फोन गरेको जस्तो लाग्यो । पहिला पहिला चण्डीले सधै यही समयमा फोन गर्थे, कसले आज झस्कायो भन्दै मनमा कुरा खेलाउँदै हतार हतार फोन उठाइन, “हेलो को बोल्नु भएको हो ?” म ज्योतीको स्कूलको प्रिन्सिपल बोल्दै छु । हामी आँउदै छौं दस वोतल वियार र दुई किलो कुखुराको मासुको राम्रो सेकुवा तयार गर्नुहोला, आज हामी त्यही खाना खाएरमात्र जान्छौं । खानाको पनि तयारी गर्नु होला । यति भनेर प्रतिउत्तर सुन्दैनसुनी फोन राख्यो प्रिन्सिपलले । प्रिन्सिपलको आवाज सुन्दा देवीको आङ जिरिङ भएर फुल्यो, शरिरभरि काँडा पलाए र मनको बिरहले टाउको पनि निक्कै बोझिलो भयो । ‘बाहुनको छोरो त्यसमा पनि त्यत्रो पढेको मान्छे फोन बाटै जाँडपानीको डाक छाड्छन । हैन यी पढेलेखेकाहरुले बाहुनको इज्जत पनि माटैमा मिलाए ।’ फेरि सोचिन, ‘यिनीहरुले नोखाने हो भने त बजारमा रक्सी काहाँ चल्छ होला र ?’

    यो सोचाइलाई चटक्कै छाडेर देवी चुलो तिर केन्द्रित भइन । चुलोबाटै देवीले छोरीलाई कराइन, “ए ज्योती ! उठ है, तिम्रो प्रिन्सिपलहरु आउँदैछन रे दारुपानी र खाना खानलाई ।” वास्तवमा आज ज्योती निदाएकै थिइन । उसलाई आफ्नो बाबाको अन्तिम क्षणप्रतिको सम्वेदनाले नराम्ररी सताइरहेको थियो । आमाले शिक्षकहरु आँउदैछन भन्दा ज्योतीले प्रिन्सिपल र उसको सहायकमात्र आए त राम्रै हुन्थ्ये  मनमनै सोची, ‘तिनीहरुको अर्को घ्याम्पा त विदेशतिर चलिहाल्यो, आज पक्का पनि दुईटा बलिका बोकामात्र ज्योतीको योजना यज्ञमा हाजिर हुने छन अन्तिम सास फेर्नलाई,’ उसले विचारलाई द्वन्द्व गराई मनको क्यानभासमा । उसलाई कुखुरेले रुखमा खुट्टा कसेर दुवै हात टेकाएर घाँटी रेट्दा छट्पटाइरहेको आफ्नो बाबाको याद झल्झली आइरह्यो दिनभरि नै ।

    आमाको स्वर सुन्ने वित्तिकै एक्कासी ज्योतीको आँङ शिरिङ्ग फुलेर आयो, रनक्क रिस उठ्यो, के गरुँ औ कसो गरुँ भयो उसलाई । टेबुलमा राखेको पेस्तोल एकचोटी उठाएर हेरी । “भारतबाट नेपालको राष्ट्रियता चिर्न भित्रयाइएको यो पेस्तोलले आज चान्स मिल्यो भने दुईटा प्रिन्सिपलको भेसमा बाँचेका दुङदुङे बोकाको बलि चडाइदिन्छु र बाबाको आत्मलाई शान्ति दिलाउँछु ।” उसले मनमनै साउती गरेर आफ्नो रिसलाई शान्त गराई । ज्योतीले दुई वर्षदेखि त्यो पेस्तोल हिफाजतले आफ्नी आमालाई पनि सुइको नदिईकन लुकाएर राखेकी थिई । उसले बढो जुक्ति लगाए त्यो हतियार फेला पारेकी थिई ।

    ज्योती कक्षा आठमा पढ्थी त्यसबेला । एकदिन एक हुल माओवादीहरु सुटबुटमा देवीको होटेलमा प्रवेस गर्छन् । ज्योतीले चिनेकी महिला माओवादी नेत्री शिला पनि त्यो जमातमा सामेल थिई । त्यो रात उनीहरुले पथरी प्रहरी चोकीलाई आफ्नो निसानाको सिकार बनाउने मजभुत योजना बनाएर मंगलबारे, शनिश्चरे, लेटाङ र सुनझोडाका गाउँहरुमा बाँडिएर छिरेका थिए । दश पन्ध्र जनाको टोकडीमा आएका उनीहरुले आफुसँग भएको जम्मै १५०० रुपयाँ देवीको अगाडि राखेर निवेदन गरे, “दिदी, आज एकछाक हामीलाई खाना र यही मझेरीमै भए पनि बस्नलाई बास दिनुहोस नत्र हाम्रो विचल्ली हुँने भो ।”

    देवीले एक भन्नु न दुई भन्नु भएर ज्योतीको मुखमा हेरिन । ज्योती अगाडि बढेर शिलाको हात समातेर आफुतिर तानेर भनी, “मेरी दिदीलाई चाहि मै राख्छु र उहाँसँगै अरु तपाईं पाँच जान महिलाहरुलाई पनि राख्न सक्छु तर तपाईंहरु छोरामान्छेकोलागि सुत्नको समस्या हुन्छ । तपाईहरु अर्जुनको घरसम्म गएर बास माग्नुहोला, फेरि त्यो टाडा पनि त छैन ।” टोकडी कमाण्डको नाइकेले ज्योतीलाई नरम स्वरमा भन्यो, “त्यसो नभन्नुहोल बहिनी, हामीलाई खानाको मात्र व्यवस्था मिलाई दिनुहोला, हामी यही मझेरीमै आराम गर्छौं । पाँच छ घण्टा त हो हामी बिहान सबेरै हिडिहाल्छौं नि हुन्न र ?”

    मनमा अलिक डर लागिरहेको भए पनि देवीले चिनेका महिलाहरु पनि भएकाले साँझका पहुना हुन सोचिन र भनिन्, “हुन्छ नि त यही मझेरीमा बस्नुहुन्छ भने तपाईंहरुलाई मइती संझेर आजको बास दिन्छौं । एक दिन बासको सहारा माग्न आएकी शिला नानी र तिम्रा साथीहरुलाई म खानाको पैसा पनि लिन्न । तरकारी चै ल्याउनुहोला र खाना बनाउन सघाउनुहोला, त्यो पैसा तपाईंहरु नै राख्नुहोस ।” ज्योतीले मजाक गर्दै भनी, “मेरो पनि होमवार्क निक्कै छ, ममु पनि दिनभरीको दौडधुपले लखतरान हुनुभाको होला । म त आज शिला दिदीकै हातले बनाएको खाना खान्छु ।” उनीहरुलाई पनि ढुङ्गो खोज्दा देउता भनेझैं भयो ।  सबै माओवादीहरुले ज्योतीको कोठामा गएर झोला विसाए र लुगा फेरे । महिला कम्रेडहरु खानाको तयारीमा जुटे र केही पुरुषहरु एउटा चोसे झोला बोकेर गोसखानतिर लागे भने केही उमेर पाकेका कम्रेडहरु देवीसँग गफमा मस्त हौसिए ।

    गफकै क्रममा देवीले छेड्का हानिन, “ हेर्नुहोस मलाई तपाईं माओवादी भनाउँदारुको पनि कुनै भर लाग्दैन ।” शिलाको छेवैमा बसेर ज्योती होमवार्क गर्दै भित्र गुन्गुनाउँदै थिई । देवीको कुरा सुने पछि शिला पनि बाहिर निस्कीदै बोलि, “किन र आण्टी तपाईंलाई माओवादीसँग केमा चित्त बुजेन ?” शिलाको कुरा भैमा खस्न नपाँउदै देवीले जवाफ दिइन, “यिनै माओवादी भनाउँदाहरुले मेरो श्रीमानलाई विभिन्न आरोपमा मुसेर निर्मम हत्या गरे र एउटा स्थानिय पत्रिकामा माओवादी कार्वाहीमा मारिएको समाचार छपेर एउटा निदोर्ष मानिसलाई हत्यामात्र गरेनन तर दोषी समेत पारे । अब तिमी नै भन नानी, के यी माओवादीहरु सही काम गर्दैछन त ?”

    पार्टीमा चण्डी हत्यकाण्डले निक्कै ठूलो तहल्का मच्चाएको शिलाले राम्रो अध्यानसमेत गरेकी थिई । ऊ देवीको कुरामा विलकुल सहमत हुन सकिन र बोलि, “आण्टी, तपाईंलाई चाँडै सत्यको ज्ञान हुने छ कि अंकलको हत्या कसले र किन गरेको हो । अंकलको हत्या यही गाउँको कुनै एक पूँजीपति दालालले गरेको हो । ज्योतीले स्कूल फेरेपछि उसको पूरानो स्कूलमा एकै चोटी तीन सय विद्यार्थी निस्किनु नै चण्डी अंकलको हल्याको जड हो । निक्कै ठूलो धनरासी खर्चगरी त्यो हत्या गरिएको छ । त्यो हत्याकाण्डमा माओवादीको कुनै हात छैन ।”

    “त्यस्तो कसरी हुन सक्छ? यदी माओवादीले त्यो काण्ड नगरेको भए त्यो समाचारको किन खनन् भएन त ? सर्वहाराहरुको हकहितमा बन्दुकसमेत उठाइसकेको माओवादीले म अन्यायमा पर्दा चहि किन हातमा दही जमाएर बस्यो त ?” देवीले ठाडो जवाफ दिइन । अरु कम्रेडहरु एक भन्नु न दुई भन्नु भएर मुखामुख गर्न थाले । शिलाले देवीलाई सम्झाउने हियोले बोलि, “मलाई विस्वास गर्नुहोस आण्टी, त्यो घटनामा माओवादीको हात छैन तर त्यो दलालको हाम्रो पार्टीको केन्द्रका कम्रेडहरुसँग राम्रो साँठगाँठ रहेछ । त्यो काण्डको अनुसन्धान होला भन्ने डरलेमात्र हाम्रो पार्टीको नाम मुसिएको छ । केन्द्रबाट फोन आएको भरमा त्यो समाचार छपिएको रहेछ ।  पार्टीमा अनुसन्धान समेत भएको थियो । म स्वयम पनि त्यस समितिमा थिएँ । केन्द्रकै कम्रेडहरुले यसरी दलालहरुलाई आरक्षण गरेका हुनाले त्यो काण्ठ यसरी ओजेलमा परेको हो तर सत्य आखिर सत्य हो र त्यो एक दिन सत्य साभित हुनेछ । ज्योतीको अहिलेको स्कूलको प्रिन्सिपल पनि त्यो काण्डमा इन्भल्बड छ ।” त्यहाँभन्दा यो विषयलाई लम्ब्याउनु उचित नहुने शिलाले ठहर गरी ।

    ज्योती भने भित्र माओवादीहरुको झोलामा के हुँदो रहेछ भनेर हेर्न थाली । कुनै झोलामा तार, कुनैमा विभिन्न धातुहरु त कुनै झोलामा किताबहरु छन । छेउपटि अलिक सतर्क गरी राखेको  झोला हेरि । त्यसमा अत्याधुनिक पेस्तोलहरु थिए । एउटा निकाली र राम्रो गरी हेरी अनि सोची, “घरमा आमा छोरीमात्र छौं, के पर्छ के पर्छ नि भविष्यमा? यो मौकामा एउटा पेस्तोल लुकाउँछु, संकटमा काम लाग्छ । फेरी बाबाको हत्यारा पत्ता लाग्यो भने त्यस पापीलाई बद्ला लिन पनि काम दिन्छ, उसले भित्र गोलि हेरी त्यसमा भरी नौ ओटा गोलीहरु लोड गरीएका थिए त्यसपछि खाटको गर्वेमा लुकाएर राखि । यतिकैमा ज्योती साखिलि हुँदै निस्किएर आई र खाना खाने तरखर गरी ।  सबै खानाखान बसे ज्योतीको त्रास बढेर आयो र फेरि कोठातिर हान्निइ । उसले फेरि एकचोटी त्यो पेस्तोल हेरी त्यसपछि उसका नर्सरीदेखि कक्षा दशसम्मका किताबहरु भएको सुटकेशको बीचभागमा घुसारेर लुकाई र चावी मारि । खाना खाएपछि केही बेर गफिएर सबै सुते । ज्योतीको मनमा भने अनेकअनेक कुराहरु खेलिरहे रातभरि । धेरै पटक निदाउन कोशिस गरी तर सकिन ।

    मध्यरातको बाह्रबजेको थियो शिलाले ज्योतीलाई विस्तारो बोलाई र भनी, “ज्योती अब हामी जान्छौं । आण्टिलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद छ भनिदेउ ल ?” पहिला त ज्योती निक्कै मजाले झस्किई तर आफुलाई जेनतेन समालेर भनि, “ हुन्छ नि दिदी, कहिले कहिले आँउदा बाटो नकाट्नु होला । संझे नजिक विर्षे टाढा सधै मनमा राख्नु होला ।”

    शिला र ज्योतीको गन्थनले मनभरि त्रास पालेर सुतेकी देवी पनि बिउँझिहालिन । हस्याङफस्याङ बाहिर निस्किएर भनिन्, “कहाँ जान लागेकी शिला नानी यति राति ?” शिलाले निक्कै जोसिलो स्वरमा भनि, “आण्टी आज हामी हाम्रा पथरीका दुश्मनहरुमाथि विजय लक्ष लिएर आएका छौं । सर्वहाराहरुको महान शक्ति आज पथरीका सरकारी तस्करहरुको संहार गरेर जनविद्रहको विजय फलाक्न आतुर छ । पछी म अंकलको हत्याको विषयमा तपाईंहरुलाई केही सन्देश दिनेछु ।” यति भनेर रातो पट्टि निधारमा फेरो मर्दै शिला  कुदी अरु काम्रेडहरु पनि देवीलाई हातजोडदै निस्किएर हिँडे । खुट्ट डरले लगलग कापिरहेका भए पनि ज्योतीको अनुहारमा चण्डीको प्रसँङ्ग आए पछि प्रचण्ड राप आइरहेको थियो । त्यस दिनदेखि प्रिन्सिपलविरुद्ध ज्योतीले प्रतिशोधको राँको र देवीले शंकाको जस्केलो राखेका थिए ।

    यसरी विगतका अनेकन तर्कहरु मनमा खेलाउँदै देवी चुलोमा खानाको धन्दामा लाग्छिन् । गरुँ भने पनि कुनै जाँगर छैन नगरुँ भने पनि आम्दामीको सवाल छ । फेरि ज्योतीलाई राम्रो स्कूलमा पढाएर असल मान्छे बनाउने आफ्नो श्रीमानको सपनालाई साकार पार्ने लक्ष राखेकी छन् उनले । ज्योती एकमात्र सन्तान भएकी हुनाले छोरीलाई राम्रो शिक्षादिक्षा र उचित सस्कार दिन सक्छु भन्ने हिम्मत देवीको मनमा थियो ।  यी सबै योजनालाई सफल पार्न पैसाकै हियो नभइकन नहुने हुनाले पनि देवी मनसावाचाकर्मणा होटेलमा लगातार संघर्ष गरिरहन्थिन् । देवीले मासुको भाँडो हेरिन भाँडामा तीन किलो जति कुखुराको सेकुवा बचेको छ । आज भने उनलाई अलिक हैरान नहुने भो वियर पनि आजैमात्र खरिद गरेकी थिइन । ‘यही बँचेको सामान सल्टाउँछु’, उनले व्यपारिक विचार प्रकट गरिन मनमनै ।

    साँझ पर्न लागेको छ । ज्योतीको मनमा विभिन्न चिन्तनहरुले द्वन्द्वात्मक डेरा जमाइरहेका छन । उसले कहिल्यै जीवनमा पेस्तोल उठाएकी छैन तर पनि हिन्दी चलचित्रमा नायकहरुले पेस्तोल चलाएको देखेकै भरमा पनि आज मौका मिले ज्यान लिने हिम्मत गरिहेकी छ उसले । एक चोटी कक्षामा उसको राम सरले हाइहतियारको छलफलमा ज्योतिलाई पेस्तोल चलाउने केही सैद्धान्तिक ज्ञान भने दिएका थिए ।

    विद्यार्थीले मागेको खुराक कुनै कसर नराखिकन अध्यापन गराउन निपुण राम सर निक्कै वैचारिक युवक हुन । प्रगतिवादी चिन्तनमा मज्जाले छिप्पीएका उनले केही समय भूटान कम्युनिष्ट पार्टी माओवादीमा सैन्यतालिम पनि लिएका थिए स्नातक तहको विद्यार्थी जीवनमा । पछि भूकपा माओवादीमा पनि व्यक्तिवादी चरित्र हावी भयो । पदीय लिप्सा र व्यक्तिवादी खिचातानी छिपिदै गए पछि पार्टी आन्तरिक कलहको सिकार भयो र विभिन्न खेमामा टुक्रियो । उनी पनि परिवारको सल्लाह अनुसार स्नाकोत्तर हासिल गर्न त्रिभुवन विश्वद्यिालाय काठमाण्डौ नेपालतिर लागे । एमएसी गरे पछि उनको विचार वदलियो र पोखराकी शुलोचना नेपालसँग विबाह गरी धेरै वर्ष काठमाण्डौ मै शिक्षण व्यबसायमा सम्लग्न रहे । वि.सं. २०६५ सालतिर भूटानी शरणार्थीहरुलाई तेस्रो राष्ट्रमा पुनरस्थापन गराउने कार्य अगाडि बडेपछि अमेरिकातिर जाने मनसाय जाग्यो । काठमाण्ठौमा घरै किनिसकेका राम सरलाई आफ्नो विज्ञान विषयमा विद्यावारिदी गर्ने धोको र शरणार्थी शिविरका एक जना धनाड्यले करोडौं डलर लिएर अमेरिका छिरे अरे भन्दा अमेरिका जाने भूत चडेको थियो ।

    त्यही कारण उनी शरणार्थी शिविर झरेका थिए । स्थानिय नेपाली नागरिकसँग विबाह गरेका शरणार्थीहरुलाई दोस्रो प्राथमिकता रहने स्थानन्तरणको प्रक्रिया बुजे पछि राम सर समय कटानीकालागिमात्र भए पनि विद्याज्योति उच्च माध्यमिक विद्यालयमा विज्ञान पढाउन थालेका थिए । नेपाली, सामाजिक शिक्षा र लेखादेखि बाँकी पाँच विषयमा बराबरी दख्खल भएका तेजीला प्रतिभा राम सरले शिक्षातर्फ ज्योतीको जाजल्यमान तेज देखे पछि उसलाई घरैमा टिउसन पनि लिने गरेका थिए । ज्योती विद्यालय टप विद्यार्थी बनाउनमा रामसरको निक्कै ठूलो योगदान थियो ।

    रामसरलाई चण्डी हत्यकाण्डको सुइको कुखुरे स्वयमले दिएको थियो । उनले ज्योतीलाई सम्झाउँदा बाबाको हत्याको विषयमा केही छनकसम्म दिएका थिए र आफु अमेरिका जाने बेलामा सबै भन्ने सोचमा थिए । तर ज्योतीले सामिप्यताको फाइदा उठाएर उनको मोबाइलको कुखुरे व्यान नामक भिडियो हेरिसकेकी थिई । त्यो भिडीयो हेरेका दिनदेखि ज्योतीको जीवनमा चलचित्रको पटकथामा जस्तो नाटकीय परिवर्तन आएको थियो । तर ज्योतीले यो कसैलाई सुइकोसम्म नदिएपछि राम सर विचारको दुनियाँमा ज्योतीको गुडिया सावित भएको स्वयम उनैलाई पत्तो भएन । उनको हेलमेलबाट ज्योतीले जीवन र जगतसँग सम्बन्धित निक्कै विषयमा ज्ञान हासिल गरेकी थिई । पेस्तोल कसरी बनेको हुन्छ र यो कसरी पड्किन्छ भन्ने सैधान्तिक ज्ञान उसले राम सरबाटै पाएकी थिइ र आज उक्त ज्ञानको परिक्षण गर्ने र बाबाको आत्मालाई शान्ति दिलाउने उसको बाल्य अभिलाषालाई पूरा गर्ने निछोटमा थिइ ऊ । ‘हे भगवान ! अन्यायलाई न्याय र अत्याचारीलाई दण्ड देउ’ ज्योती आज मनमनै पूकारिरहेकी थिई ।

    ‘सर जाने होइन अब?’ अजिनाको अंगालोमा टाँसिरहेको सहायक प्रिन्सिपलको मोबाइलमा एसएमएस आयो । उसले उठाएर हेर्यो र मोबाइल टेबलमा राख्दै भन्यो, “दिदी, म जान्छु ल अहिले ? प्रिन्सिपल सर मलाई बाहिर कुरिरहनु भएको रहेछ ।” अजिनाले उसलाई आफ्नो अंगालोमा गाँज्दै भनी, “मलाई दिदी नभन्नुहोला । तपाईंलाई भाइ भनेर त्यो साइनोको पवित्रतालाई म धर्म संकटमा पार्न चाहन्न । मलाई तपाईले तिर्खाएकी गाई सम्झनुहोला मेरो अंगालोमा हराइजेल भए पनि ।” एक दशकदेखि विबाहका लागि केटी खोज्दै जम्मा चौंतीश माघहरुमा कठाँग्रिएको उसलाई अजिनाको डायलगले निक्कै तिर्खाएको बेलामा हिउँको चक्की मुखमा लगाएको जस्तो भान भयो । त्यसैले ऊ हराइरहयो, आफनो चिसो पानी अजिनाको तिर्खाइमा ।

    शिक्षकहलबाट प्रिन्सिपलले उनीहरुको कुराकानी अलिअलि भए पनि सुनिरहेको थियो । प्रिन्सिपल आफ्नो सहायक जस्तो हाँक्कि कुरा गर्न सक्दैन थियो । अलिक जिब्रो चपाएर अस्पष्ट बोल्ने र मनको कुरा खुलस्त राख्न नसक्ने भएकाले ऊ सहायक प्रिन्सिपल भन्दा चार पाँच बसन्त ज्यादा पचाएको भए पनि तिर्र्खाएका गाईको वथानबाट नचाँहदानचाँहदै पनि टाडिन्थ्यो । अजिनाको घर स्कूल पछाडि थियो र सहायक प्रिन्सिपल त्यही खाजाखान भ्याउँथ्यो टिफिनमा तर विद्यार्थीहरु चै प्रिन्सिपल नै बोको छ भन्थे किन भने प्रिन्सिपल विद्यार्थीहरुसँग पनि मिल्न सक्दैन थियो । तर सम्योगले ऊ आफ्नो विद्यालय बेचेलगतै यो विद्यालयमा सहायक प्रिन्सिपल र अजिनाको सहयोगमा पुरानो प्रन्सिपललाई हटाएर प्रिन्सिपल भएको थियो । गाँउलेहरु भन्थे यो अपराधीले विद्याज्योति उच्चमाध्यमिक विद्यालय पनि अब सखाब गर्ने भयो । किन भने उसमा प्रिन्सिपलमा हुनु पर्ने गुण छदैथिएनन गाउँलेहरुको बुझाइमा । माओवादीमा राम्रो पकड भएको हुनाले उसको कसैले हाँकी विरोध गर्न सक्तैन थिए । तर शिक्षकसाथीहरुलाई गाली गर्न र विद्यार्थीहरुलाई नचाँहिदो विषयमा हपार्न ऊ माहिर यिथो । प्राय भूटानीहरु शिक्षक भएकाले विद्यालय उसको साँडे पनाको सिकार हुन पाएको थिएन । राम सर र अरु आधा दर्जन भूटानी सक्षम शिक्षकहरुको उपस्थितिले त्यो स्कूल आसपासमा चारपाँच विद्यालय भए पनि सबै भन्दा ज्यादा चर्चामा थियो । त्यही कारणले कहिलेकाँही भूटानी शिक्षकहरुलाई खेदाउने हल्ला बाक्लै चलिरहन्थ्यो र सबै विद्यार्थी र तिनका अभिभावक असमञ्जसमा पर्थे ।

    धेरै बेरसम्म पनि सहायक ननिस्कीए पछि प्रिन्सिपलले फोन ग¥यो । फोनको घण्टी सुन्ने वित्तिकै सहायक हाँप र झाँप गर्दै निस्कियो । “सरको पारा पनि आफ्नो भने स्टार्टमै एक लिटर पेट्रोल खेर गइसक्यो तपाईं भने जाडोमा मलाई बाहिर कुराएर …… ।” प्रिन्सिपलले घुमाउरो पाराले छेड्का हान्यो । “अगि नै मिस्कल दिनु भएको भए भइहाल्थ्यो नि त किन कुरिरहनु भएको त चिसोमा ?” सहायकले साखिलो हुन कोशिस गर्यो । “तपाईं उता मेडमकलमा मस्त मेरो मिस्कल त हावामै जन्थ्यो नि त फेरी ?” प्रिन्सिपलले मजाको झापड दियो ।

    मोटर साइकल स्टार्ट गरेर दुबै एकै साथ पश्चिमतिर हानिए । बजार कटेर अगाडि लागेपछि उनीहरुको गोप्य बैठक शुरु हुन्छ र दारु खान थालेपछि देवीको होटलमा सकिन्छ उनीहरुको बैठक सधै नै । समान्नतर गतिमा मोटर हाँक्छन अनि घर पुगिन्जेल गफिनछन् उनीहरु प्राय तर आज प्रिन्सिपल गफिने मुडमा थिएन ।  प्रिन्सिपलले भन्यो, “मैले देवीलाई फोन गरेर आजको अडर दिएको छु अघि नै ।” “सर आज सिधै घर गएर भोलि खाँदा हुँदैन ।” सहायकले भन्यो । अघाएकोले डाँडापारी खाउँ भन्छ भोकोले डाँडावारि खाउँ भन्छ भन्छन् सोही ताक प्रिन्सिपलले जिद्धी गर्यो, “हैन आज मैले भनेकोसम्म नमान्ने हो ? तिर्खा मर्यो भनेर हो कि क्या हो ?”

    “जाउँ न त दारुपानी पनि मिल्ने तपाईंले पहिला मन पराएकी केटीको अनुहार पनि हेर्न पाइने । मन छ भने तिर्खै मेटे पनि भयो । आखिर चण्डीको याद भूलिवरि तिर्खा लाग्न पनि थाल्योसको होला अब त ।” सहायकले प्रिन्सिपलको असन्तुष्टिको ज्वालोमा घीउ थप्यो । “सरलाई थाहा छ ! देवी मेरी एक समयकी प्रमीका हो, मन पराएकी केटीमात्र हैन ?” प्रिन्सिपल बोल्यो । सहायकले केही बोल्न नपाउँदै उसले अगाडि थप्यो,  “देवीले मैले बिवाहकालागि शत्र वर्ष अगाडि गरेको प्रश्ताव नमान्दा आज त्यहीकारण आफ्नो पतिलाई गुमाएर विधवा भई । त्यो असाध्यै राम्री अनि असल पनि थिई र मलाई साह्रै मन पर्थी सर । तर के गर्नु मलाई जुरेकी रैनछे साले । त्यसले मेरो प्रश्तावलाई अस्वीकार गरेकै वर्ष उसको चण्डीसँग बिहे भयो । मलाई त्यसपछि धेरै वर्ष बिवाह गर्ने सोच नै मार्यो । स्नातक उतीर्ण गरेपछि मैले सोच त वदलें तर देवी जतिकी असल र राम्री केटी नपाएका कारण अहिलेसम्म बिबाह गर्न सकेको छैन । यसपालिको मंसीरमा धेरैतिर घुमियो तर इच्छा अनुसारका केटीहरु पाइएन ।”

    घररर बाहिर गाडिको आवाज आयो देवीले आँखा घुमाएर हेरी र धेरै अगाडिदेखि मुखमा जमेको थुक प्यात्त भित्तामा थुकि । देवीलाई देखेपछि भोकाएको कुकुरले भारमा सुकाएको मासु हेर्दै प्रिन्सिपल भित्र पस्यो । डाँडापारिसम्मको तिर्खा अघि नै मेटाइसकेको सहायकलाई केही वस्तासम्म पनि भएन । ऊ लुरुलुरु प्रिन्सिपलको पछि गएर टेबलमा बस्यो । प्रिन्सिपलले मासु र रक्सी मगायो देवीले चार वोतल वियार र दुई प्लेट मासु लगेर टेवलमा राखि अनि मुसुक्क हाँसेर प्रिन्सिपलको दिमागमा घन्चक्कर गराउँदै बाहिर निस्की । प्रिन्सिपलले बोलायो, “देवीजी यो ढोका लगाइदिनुहोस र हामीले मागेको कुरा ल्याउँदामात्र खुलाउनुहोला ।” “हुन्छ भैहाल्छ नि”, देवीले ढोका तान्दै भनिन् ।

    ज्योतीभित्र कोठामा सुन्सानमा बसिरहेकी थिई । सधै सहायक प्रिन्सिपलले आउने वित्तिकै ज्योतीको खोजितसाली गथ्र्यो तर आज वास्तै नगरिकन पिउन थाल्यो । ‘उमेरमै यसरी व्यवसाहिक जड्याहाले जसरी पिउँछन, यस्ता हरामीलाई कसले छोरी दिन्छ र जोडी बाध्ने हुन । यो प्रिन्सिपल भनाउँदो त मलाई बिहे गर्ने भनेर फकाइ टोपल्थ्यो शत्र वर्ष अगाडि नै तर अहिलेसम्म बुंगै छ भन्छन् । यस्तो रक्सीमै पौडि खेल्ने निमकहरामलाई कसले पत्याउँछ र बिहे गरोस् ? धन्न मलाई फसाएनछ ।

    ’देवीले मनमनै सोचिन । उता ज्योतीले पनि  कोठामा अनेक कुरा खेलाउँदै रामसरको मोबइलमा भएको कुखुरे वयान भिडियो हेर्दै बसिरहेकी थिई । उसले रामसरको मोबाइल परिक्षा सकिनासाथ घरमा मामूलाई सम्पर्क गर्न भनी मागि र भोलि हाम्रो घर आउँदा दिन्छु भनेर टाप ठोकी । परिक्षाको डिउटीमा रहेका राम सरको केही पिताम चलेन । ए ज्योती भन्दा उसले साइकल गेट बाहिर पु¥याइसकेकी थिई र सुन्दै नसुनीकन गई साइकल हाँकेर ।

    प्रिन्सिपलको जोडि आएर दारुको जंगल चर्न थाले पछि रुमबाट चिहाएर हेरि, नभन्दै दुई जनामात्र थिए उनीहरु आज । ‘यो सुनौलो मौका हो आज मेरो प्रतिशोधको डडेलोमा यी बोकाहरुलाई बलि चडाउने ।’ उसले मनमनै सोची र कुखुरे वयानमै हेलिएर प्रतिशोधको राँको सल्काइ रहि । उनीहरु मात चड्न थाले पछि स्कूलको छलफल अगाडि बडाँउछन् भन्ने उसलाई राम्रो गरी थाहा थियो । त्यही भएर सबै रेकर्ड गरी राम सरलाई सुनाउन उसले राम सरको मोबाइल जुक्ति लगाएर लिएकी थिइ ।

    प्रिन्सिपलको जोडि निक्कैबेरसम्म एकोरो प्युनमै व्यस्त थियो । जब रक्सिले नसामा रौनकता भर्न सुरु गर्छ उनीहरु आपसी सरसल्लाहमा केन्द्रित हुन्छन् । सरसल्लाह सुरु हुन लागेकोे छनक मिले पछि ज्योतीले मोबाइमा रेकर्ड चालु गरेर कोठाको पर्दाभित्रपटि राखि । पुरै ग्लास रित्तो पारेर टेबलमा राख्तै प्रिन्सिपलले भन्यो, “भूटाङे शिक्षकहरुलाई पार्टी दिने भनेर लेखापाल बुढोबाट पाँच हजार भूक्तानी लिएको छु । तिनीहरुलाई एकदिन कान्टिनमा खाजा चै दिनु पर्ला । गतसालको भोटाङे शिक्षकको कमिसनले मैले मोटर साइकल किनेको थिएँ । यसपालीको कमिसनबाट यो देवीको तिरेर रहेको रकमले तपाईंले नयाँ मटरसाइकल किन्नुहोला । त्यो मोटर साइकल अलिक पुरानो भयो र नम्बर प्लेट फेरेर वाइसीएलका भाइहरुलाई दिनु पर्छ । विज्ञानको मासिक पाँच हजार, सामाजिको दुई हजार, अंग्रेजीको एक हजार पाँच सय, र विद्यालय संयोजकको पन्ध्र सय गरी यस वर्षको कमिसन  जम्मा एक लाख छब्बीश हजार भएकोमा देवीलाई विश हजार बुझाइएको छ र बाँकी छ हजार छ । एक लाख बच्ने रहेछ र त्यो पैसाले तपाईं गाडि तुरुन्तै लिनुहोला, म त्यासको चेक तपाईलाई आजै भूतानी दिइहाल्छु ।” दुई चालु प्रिन्सिपलहरुले विद्यालयको आमदामी तथा खर्च कताबाट कता समायोजन गर्थे २०२० सालमा आइकम गरेका बुढा लेखापाललाई केही हेक्कासम्म हुँदैनथ्यो । बुढै भए पनि उनी जीवनमा धेरै यौन काण्डहरुमा मुसिएका थिए । प्रिन्सिपलहरुले यसो मोज गर्नुहोस भनेर कहिले काहि हजार पन्ध्र सय दिन्थे र बुढा पनि महिनावारी आठ हजार तलब लिन्थे । यसरी भूटानी शिक्षकहरुको पसिनामा मोज गर्न पाउँदा बुढा पनि खुसि नै थिए र हरेक शनिबार उनी पथरी जान्थे । पथरीमा शरणार्थी ठिटीहरुलाई पैसाको प्रलोभनमा फसाएर केही स्थानियहरुले गोस्खान लाइनमा कोठीहरु सञ्चालन गरेका थिए । बुढा लेखापाल पनि यस्ता कोठीका साप्ताहिक  ग्राहाक थिए ।

    “देवीजी चार वोतल वियर र मासु ल्यानुहोस त?”  प्रिन्सिपलले उर्दी गर्यो ।

    देवीले वियर र मासु थपिदिइन र ढोका बन्द गरिन अघिझैं । सहायक प्रिन्सिपल बोल्यो, “अजिनालाई पनि अलिकति रकम दिनु पर्छ होला हैन सर ?”

    “त्यो तपाईंको चरन हो आफैं मिलाउनुहोस् ।” प्रिन्सिपलले अनभिज्ञता प्रकट गर्यो । उसलाई अघिको रन्को पनि थियो अलिअलि ।

    सहाकले भन्यो, “तपाईंले पनि धेरै दिन चर्नु भएको चरन हो त्यो । तपाईंलाई प्रिन्सिपल बनाउँदा तिनले ठूलो भूमिका खेलेकी थिइन भुल्नु भयो ?”

    “त्यो त हो सर तर कहाँबाट दिने त पैसा उनलाई?” प्रिन्सिपलले भन्यो । सहायकले प्रतिउत्तरमा निकास दिदै बोल्यो, “अस्तिको परिक्षाबाट आठ हजार बचेको छ र आउने परिक्षाबाट सात हजार बचाएर पन्ध्र हाजर दिनु पर्छ होला । विद्यालय संयोजकले अर्को महिना विदा लिदैछ अमेरिका जान, त्यो पद तीन महिना रिक्त राख्नु पर्छ र त्यसबापद आउने रकम तपाईंले निजी खर्च गर्नुहोला ।”

    सहायकको कुराले प्रिन्सिपलको चित्त बुझ्यो । उसले प्रसङ्ग बदल्दै भन्यो, “यो देवीलाई तीर्खा लागेको होला हैन सर ?” सहायकले प्रिन्सिपलको तिर्खालाई नुन चटाउँदै भन्यो, लाग्नु लागेकोहोला नि, कि सर पानी खुवाउने सोचमा हुनुहन्छ आज । बिहे नै गरे भैहाल्यो, आखिर तपाईंकै भूपू प्रेमीका होली क्यारे । कि म कुरा गदिऊँ त ?” उसले जोसिलो स्वरमा भन्यो ।  सहायक प्रिन्सिपलको कुरा सुनेर ज्योतीको आङ सिरिङ्ग फुलेर आयो । टेबुलको पेस्तोल उठाएर भित्रबाटै एक फेर प्रिन्सिपलको टाउकोमा ताकी  र उसको बाबाको वचन सम्जी, ‘ज्योती ! कुनै पनि काम गर्दा दिमाग लगाएर गर्नु पर्छ । त्यसको प्रक्रिया र परिणाम पहिल्यै विचार गर्नु पर्छ नत्र पछुतो हुन्छ ।’

    उसले मनमनै सोचि, ‘ यिनीहरु निक्कै मातिसकेका छन् । आज खाना खाने बेलासम्ममा मामुलाई हातपात गर्ने रहेछन् । कामामतुराणम नभयनलज्जा भन्छन्, त्यसले पनि यिनीहरुको आजको दिनलाई अन्तिम दिन सावित गर्न मैले यतिसारो उत्तेजक हुनुहुँदैन ।’

    प्रिन्सिपलले भन्यो, “मैले यसलाई बिबाह गर्न सोचेरै चण्डीलाई खतम गर्न त्यत्रो धनराशी खर्च गरेको थिएँ सर तर मैले नै बिहे गर्दा हत्याको भेद खुल्नसक्छ भनेर केन्द्रका कम्रेडहरुले चेतावनी दिए । यदी भेद खुल्यो भने मेरो पनि ज्यान खतरामा पर्ने उनीहरुले धम्की समेत दिए पछि म असहाय सावित भएँ सर । त्यस पछिमात्र म यो विद्यालयमा सर्ने अवस्था आएको हो । ज्योतिको पढाइ खतम पारिदिने मेरो लक्ष त्यो भोटाङे रामेले चकनाचुर पारिदियो । त्यसलाई प्रेमको चक्करमा फसाएर वाइसीएलका केटाहरुलाई  पैसा खुवाएर यौन सम्पर्क गराई दोजिया पारी त्यसको जीवन उसकी आमाकोलागि अर्को घनचक्कर बनाई सडकमा पु¥याउने सोच पनि सपनामात्र रह्यो आजसम्म ।”

    ज्योतिले मोबाइलमा रेकर्ड हेरी । रेकर्ड एक घण्टा र पच्पन्न मिनट भइसकेको थियो । रामसरले भने अनुसार जम्मा तीन घण्टसम्म रेकर्ड गर्ने क्षमताको सेलफोन थियो त्यो । उसले त्यो रेकर्ड कटाएर सेभ गरी र फेरी नयाँ रेकर्ड चालु गरेर फोन अघिझैं राखी ।

    सहायकले प्रिन्सिपलको कुरालाई ताउ लगाउँदै भन्यो, “ केही पनि थाहा पाउँदैनन, फेरी थाहा पाउलानकी भनेर मौकाको हीरा कसैले अर्काको खल्तिमा हाल्छ । घटना घटेको पुरै चार वर्ष पुगिुकेको छ । यदि तपाईं आँट गर्नु हुन्न भने म बिहे गर्न तयार छु देवीलाई । ज्योती पनि मेरै छोरी हुन्छे, त्यो देवीको मंगलबारेको घरजग्गामा स्कूलको भवन बनाएर उच्च माध्यमिक तह सञ्चालन गर्छु, फेरी देवीको होटल पनि मेरै हुन्छ, यसबाट पनि लाखौं आम्दामी हुन्छ वर्षेनी । यो त एउटा मौका हो, लिन जान्नु पर्छ  सर, नत्र पछुतो होला ।”

    प्रिन्सिपलले विचारले भन्दा पनि अतृप्त यौन चाहना र मदिराको बस्नाले बोल्यो, “बिहे गर्ने कुरा पछि सोचौंला, अहिलेलाई चर्ने मेलो गरौं न हुन्न सर ?”

    “तपाईं त्यसो भन्नुहुन्छ भने मेरो केही भन्नु छैन, तपाईंकै इच्छा अनुसार गर्नुहोस्,” उसले भन्यो । प्रिन्सिपलले देवीलाई डाक्यो, देवीले ढोका खोलेर भनि, “के थपीदिऊँ सरहरुलाई? खाना पनि सेलाउन लाग्यो, कति खेर खाने हो ?”

    सहायकले भन्यो, “दुई वोतल वियर ल्याउहोस र मासु थप्नुहोस अहिलेलाई ।” देवीले वियर र मासु ल्याएर थपीन र निस्किन खोजिन बाहिर । “देवीजी एकछिन यही बस्नुहोस न एउटा सानो कुरा गर्नु छ तपाईंसँग,” सहायक प्रिन्सिपलले भन्यो ।

    “के छ सर त्यसतो कुरा गरौंला नि?” देवीले भनिन् । “बसेर गरौंन हुन्न देवीजी ?” उसले भन्यो । देवी गएर छेवैको कुर्सीमा बसिन ।

    “ज्योतीलाई अब कहाँ पढाउने सोचमा हुनुहुन्छ देवीजी तपाईं?”  प्रिन्सिपलले सोध्यो । “पहिला उसको नतिजा हेरौं, त्यस पछि विचार गरौंला नि । राम्रो श्रेणीमा उतीर्ण भइन भने उनको मामाले काठमाण्डौतिरै लगेर पढाउँछु भन्दैछ । नेपाल टप गर्यौ भने लण्डन लगेर डाक्टर पाढउने उसको अंकले अस्ति फोनबाट भन्दैहुनुहुन्थ्यो । ज्योतीमै भर पर्छ उसले कहाँ पढ्ने हो भोलि म त अहिल्यै केही भन्न सक्दिन,” देवीले भनिन् ।  सहायक प्रिन्सिपलले यतिखेर संझ्यो ज्योतीलाई र प्याच्च सोध्यो, “अन्त  ज्योती खोइ त आज ?” देवीले सोचिन, ‘यदि यिनीहरुलाई सत्य भन्यो भने अब ज्योतीलाई बोलाएर सोध्न थाल्लान, बरु साथीकोमा गएकी छ भनेर ढाट्नु उचित होला ।’ उनले भनिन्, “दिउँसै साथीकोमा जान्छु भन्थी तर अहिलेसम्म आएकी छैन । कहिलेकाही उतै पनि बस्छे । आज परिक्षा सकिएको दिन राम सरको घर पनि जाने भने जस्तो गर्थिइ, खोइ कता गइ त्यो पनि !”

    सहायक प्रिन्सिपलले सोच्यो, ‘प्रिन्सिपलको मनोकाँक्षा पूरा हुने भो आज, आखिर ज्योती पनि घरमा रहिनछे ।’ चाप्लुसी भाषामा बोल्यो ऊ, “देवीजी ती भूटाङेहरुको धेरै विश्वास गर्नु हुन्न है । छोरीको भविष्य वर्वाद पार्लान नि तिनीहरुले फकाई फुल्याइ गरेर । ज्योती पनि अलिक उत्ताउली आचरणकी छे, रात वस्दै बाहिर पठाउन अलिक सोच्नु पर्छ नि अब त, उसले सामाजिक संकीर्णता र नेपाली समाजको मानसिकता बोल्यो एकैचोटी ।”

    देवीले साखिली भएर नजानिदो गरी कटाक्ष गरिन र भनिन्, “त्यो त हो सर । त्यसले पनि कहाँबाट सुइको पाइछ कोनि मेरा स्कूलका सरहरुनै मलाई प्रमको चक्करमा फसाएर अर्जुलाई कक्षामा प्रथम बनाउने षड्यान्त्रमा छन भन्दै थिई । त्यही राम सरले नै उसलाई त्यस्ता कुरामा कुनै चासो नदिईकन पढ तिमी भविष्यमा यो देशले गर्व गर्ने नारी हुन्छौ भनेर भनेको कुरा गर्थी ।”

    प्रिन्सिपललाई हृदयघात होलाकी जस्तो भयो एक्कासी । सहाक प्रिन्सिपलले भन्यो, “ती भोटाङेहरु त्यसै भन्छन पहिला पहिला, तपार्इंलाई थाहा छैन ऊ त्यहाँ अगाडिको स्कूलबाट मगर सर भन्ने भोटाङेले कक्षा दशकी विद्यार्थीलाई पेट बोकाएर लिएर टाप कसेको ?” पहिला त देवी एक भन्नु न दुई भन्नु भइन तर उनीहरुको चाला सबै सुनेकी हुनाले हेलासी शब्दमा भनिन, “सबै एकै हुँदैनन् सर ।”

    ज्योतीले भित्र मनमनै भनि, ‘लाज पचेका बोकाहरु, आफु चही टिफीन ब्रेकमा पनि चटारिँदै हिडछन् । राम सर जस्तो असल मान्छेलाई दोषारोपरण गरिटोपल्छन् । तिनीहरुले भूटानी भएर तिमी बोकाहरुको के विराएकाछन् र यति रुष्ट छौ उनीहरुप्रति ? तिनीहरुको पसिना र पौरख लुट्दा पनि नपुगेर इज्जतकै धुवाँ उडाउन खोज्छन् साला निमकहरामहरु । तिनै विचाराहरुले रगत पसिना बगाएर तिमीहरुजस्ता नरपिचासलाई, हामी विद्यार्थीहरुलाई र यो देशको शिक्षा जगतलाई कति टेवा पुगेको छ भन्ने त अब विस्तारै थाहा पाउँछौ तिमीहरुले । तर यिनीहरु आजै बलि हुन्छन । त्यो थाहा पाउने तिमीहरुको अधिकार यो ज्योतीले उसको बाबाको सासको बदलामा आज लुट्तै छे ।’

    “देवीजी प्रिन्सिपलले तपाईंलाई केही गोप्य कुरा भन्नु छ भन्दै हुनुहुन्छ । तपाईं उहाँसग एकछिन भित्र जानसक्नु हुन्छ?” सहायक प्रिन्सिपलले भन्यो । मनमा निक्कै डर लागिसकेको थियो तर पनि देवीले केही पनि नबुझेजस्तो गरेर भनिन्, “यही भने भइहाल्छ नि किन भित्र जानु पर्छ र ? यहाँ हामी तीन जनामात्र त छौं ।” प्रिन्सिपल देवीको छेवैमा गएर बस्छ अनि देवीको हात र घुँडा मसार्न थाल्छ । देवीलाई के गरुँ र कसो गरुँ भएर आयो । चिच्याउँ गुहार मागुँ जस्तो पनि लाग्यो । अलिक पर सरेर बसिन अनि भनिन्, “के भन्नु छ मुखैले भन्नुहोस?”

    प्रिन्सिपलले केही पनि भन्न सकेन नत केही गर्ने हिम्मत नै देखाउन सक्यो । ज्योतीले राम सरको मोबाइलबाट सहायक प्रिन्सिपललाई एसएमएस गरी, ‘तिमी बोकाहरु हामीबाट हजारौं रुपयाँ कमिसन खाएर हामीलाई ठग्दारहेछौं । तँ पनि यो धरतीमा बाँच्न लायक मान्छे रहिनछस् र तेरो अबको ठीक दश मिनटमा हत्या हुँदैछ र साथमा तेरो प्रिन्सिपलको पनि एउटै चिहान हुँदैछ पथरी बजार नतर्दै आज ।’ उसलाई एक्कासी डर लागेर आयो । बाहिर चाल बुज्न ऊ निस्कियो र ढोकोको छउमा गएर उभियो । मनमा कस्तो लुकाउनै नसक्ने गरी डर लाग्यो उसलाई तर प्रकट गर्न उचित ठानेन । प्रिन्सिपलले आफुलाई मौका दिएको ठान्यो र देवीलाई जबरजस्ती गर्न खोज्यो । देवीले मानिन् नमानेपछि उसले भन्यो, “देवी ! आजबाट तिमी मेरी हौ र वीशवर्षदेखिको तृष्णा मेटान चाहन्छु तिमीलाई मेरी बनाउनु अगि ।”

    “छाड, मलाई इच्छा छैन । तँ जस्तो राक्षसलाई स्वीकार्नु भन्दा त म विष खाएर मर्छु । तैंले यति गर्न मेरो निर्दोष श्रीमानको ज्यान लिएको होस, मलाई थाहा छ । यदी मलाई जबरजस्ती गर्न खोजिस् भने तेरो ज्यान लिन्छु ।” काँहाबाट यति भन्न आयो देवीलाई नै हेक्का रहेन ।

    एक्कासी माइक्रोओभनमा तताउन राखेको सिङ्गो अण्डा पड्किएको जत्रो आवाज आयो । कताबाट आएको हो कसैले ठम्याउन सकेन । ज्योतीले हानेको गोली सहायकको पछाडि ढाडको बिचभागबाट मुटु तोड्दै निस्किएर भित्तामा थुरियो । प्रिन्सिपललाई आफनो सहायकले देवीलाई तर्साएको भान भयो  र देवीलाई पनि त्यस्तै लाग्यो तर सहायक प्रिन्सिपल विस्तारै ढल्यो र प्रिन्सिपलको नाम लिदै पानी भन्यो ।  देवी आँतिएर भित्र लुक्न भागिन तर प्रिन्सिपल उनलाई पछ्याउँदै भित्रै पस्न के लागेको थियो ज्योतीले उसको दाहिने तिग्रोमा ताकेर अर्को गोली पड्काइ । दैलो बाहिरबाट भित्र टेक्दै गरेको दाहिने तिघ्रो चिरेर दैलो भित्रको देब्रे घुँडामा ढक्कर खाएर गोलि बेपत्ता भयो । प्रिन्सिपल दैलोमा लड्यो ।

    ज्योतीले आमालाई सावधान गराउँदै भनि, “मामु, मैले चलाएकी हुँ गोलि । अब आतिनु पर्दैन । बाहिर आउनुहोस तँपाईलाई यो ज्योती जिउँदै छउन्जेलसम्म कसैले केही गर्न सक्तैन । तपाईंको जवानीमै सिउँदो लुट्ने तस्करको हविगत हेर्न बाहिर आउनुहोस् । अब अगाडि एकै छिनमा म मेरो बाबाको हत्याराको ज्यान लिन गइरहेकी छु । त्यस पछिमात्र मेरो बाबाको आत्माले स्वर्गमा शान्ति प्राप्त गर्नेछ ।”

    उसले गएर सहायक प्रिन्सिपलको छातीमा कक गरी तर त्यो अवसरवादी वाइसियल युवकले संसारलाई सदाको लागि लालसलाम गरिसकेको थियो । पेस्तोलको निसाना नहटाइकन उसले सहायकलाई लात्तिले पयट लगाइ, ऊ अडेस लागेको भित्तोबाट विस्तारै मजेरीमा लठ्यो र ह्वाल ह्वाल मुखबाट रगत बग्न थाल्यो ।

    सहायक प्रिन्सिपलले अन्तिम सास फेरेको आँखैले देख्ता पनि ज्योतीको अनुहारमा प्रतिशोधको पिरो राग पोखिइरहेकै थियो । पत्यार नलागे पनि निकै बेर सुन्सान छाए पछि देवी विस्तारै बाहिर निस्किन । मुर्छित आवस्थामा रहेको प्रिन्सिपल ढोकाको ठेलोमा लडिरहेको थियो । उनी त्यसको टाउको टेकेर अगाडि ज्योतीको नजिकै पुगिन । एकाट्टि प्रिन्सिपल ढलेको छ अर्कापट्टि उसको सहायकले मुखबाट ह्वाल ह्वाल रगत उल्टी गर्दै संगत गुनाको फल मृत्यु वरण गरिसकेको छ । एकहातमा मोबाइल र अर्को हातको पेस्तोलले सहायक प्रिन्सिपलको छातीमा ताकेर ज्योती उभिएकी छ । देवीलाई उनका आँखाहरुलाई विश्वास गर्न निकै गाह्रो भइरहेको थियो । उनले यो विलकुल पत्याएकी छैनन् कि यो सब ज्योतीले गरेकी हो । उनी एकोहोरो हेरिमात्र रहिन । अकबक्क भइन उनी, केही बुझ्नै सकिनन् ।

    मुखबाट रगतको मुस्लो रोकिएर निकै बेरसम्म पनि सहाक प्रिन्सिपलले सास फेर्ने चेस्टा नगरेपछि ज्योतीले पेस्तोलको निसाना हटाउन लागेकी थिई त्यतिकैमा प्रिन्सिपल बौरियो र पानी माग्यो । ज्योतीले टेबलमा भएको चिसो वियर खन्याइदिइ टाउकोदेखि अनुहारभरि । वियरको चिसोले गर्दा प्रिन्सिपल पुरै होसमा आयो र उठन खोज्यो तर सकेन ।

    ज्योतीले उसको छातिमा पेस्तोल ताकेर भनि, “सावधान ! उठने चेष्टा गरिस भने सिध्याइदिन्छु तँलाई पनि यही । मेरो बाबाको हत्या गरेपछि माओवादीको छत्रछाँयामा रहेकाले यस्तो होला भनेर कहिल्यै सोचेको पनि थिइनस् होला । तँ जस्ता बोकालाई खुनको वद्ला खुन, अन्याय टिक्तैन र दशा बाजा बजाएर आउँदैन भन्ने के थाहा र ?”

    प्रिन्सिपल केही बोल्न खोज्यो तर बोलि आएन । उसले खुट्टाहरु चलाउन खोज्यो, चट्पटाउनै सकेन । रगतको पोखरीमा पायो आफैंलाई र उता मझेरीमा लमतन्न चीर निद्रामा परेको आफ्नो सहायकलाई हेर्यो तर सहायकले उसको हेराइलाई कुनै प्रतिक्रिया दिएन । मोबाइल निकालेर वाइसिएको जात्थालाई गुहार माग्ने मनसायले फोन लगायो । एक रिङ्ग जान नपाउँदै ज्योतीले उसको हातसँगै मोबाई किक गरी । मोबाइल उछिट्टिएर सिलिङमा थुरियो र भित्तामा बजारिएर च्याङ्लाफ्याङ्ला भयो । मोबाइलको खोल टेबलमुनी पुग्यो, बेट्री टेबलमा र बाँकी भाग देवीको ओछ्यानमा पुग्यो । उसले दाहिने खुट्टो बल गरेर अलिकति उठायो । त्यो देखेपछि ज्योतीले दाहिने घुँडामा ताकेर अर्को गोलि वर्षाइ ।

    दाहिने घुँडामा पनि गोलि लागेपछि अब प्रिन्सिपलका दुबै घुँडा फुक्लिए र दुबै खुट्टा चलाउने सामेथ्र्य रहेन । ऐया भन्यो र ऊ सोरिएर दैलाको ठेलो मुन्तिरै झर्यो । यतिकैमा छोरीलाई सम्झाउँदै देवी बोलिन्, “ज्योती ! जथाभावी गोलि नचलाउ, मान्छे मार्नु हुँदैन ।” देवीको कुरा सुने पछि ज्यातीले रातापिरा आँखाले आमालाई हेरेर बोलि, “मान्छे मार्नु हुँदैन भन्ने मलाई पनि राम्रोसँग थाहा छ । के यो मान्छे हो ? तपाईं अझै पनि यसलाई मान्छे भन्दै हुनुहुन्छ ? यसले कुखुरेलाई ४०,००० पैसा खुवाएर मेरो बाबाको निर्मम हत्या गर्दा मान्छे मार्नु हुँदैन भन्ने सोच्यो ? यसले आज म घरमा नहुनु भने तपाईंको इज्जत के गथ्र्यो ? तपाईंलाई थाहा छ मामु ? त्यस कारण यो मान्छे हुँदै होइन, यो त राक्षस हो, बुझ्नु भो मामु ? यस्ता राक्षहरुसलाई मार्दा त मानवहरुको हित हुन्छु, बचाउ हुन्छ । शान्ति शुरक्षा र सदभावकालागि यस्ता मानवताका हजारौ कलंकहरु मार्न पनि म तयार छु ।” उसले प्रिन्सिपललाई ताकेर अर्को गोलि पड्काइ । प्रिन्सिपलको दाहिने कुममा लाग्यो र ऊ भुइमा तनक्क भयो फेरि ।

    देवीलाई आफ्नै छोरीदेखि पनि अलिअलि डर लागेर आयो । उनले ज्योतीका कुनै प्रश्नहरुको जवाफ फर्काउने हिम्मत गर्न सकिनन् । रिसको आवेग थोरै कम  गरेर ज्योती बोल्न थाली फेरि, “यसले मेरो बाबाको हत्या गरेर हाम्रो परिवारको खुशी जसरी खोसेको छ । यसलाई म त्यो भन्दा उच्चकोटीको बद्ला लिनेछु । त्यसकारण पनि यसलाई म आज मार्ने छैन । मार्न आवश्यक परेको यसको सहायकलाई मैले अघि नै मारिसकेकी छु ।

    म यसलाई जिउँदो राखेर धेरै कुराको पाठ पढाउन चाहन्छु यो कप्टी समाजलाई । एउटा उच्चमाध्यमिक तहको प्रिन्सिपल, त्यसमा पनि बाहुनको छोराले रक्सी धोकेर एउटी अबला नारीलाई बलात्कार गर्न लागेको थाहा पएर के भन्छ यो समाजले ? म त्यो सुन्न चाहान्छु पहिला । जनवादी पार्टी भएर सर्वहाराहरुको नाममा वर्गीय जनक्रान्ति गरिरहेको माओवादी पार्टीको केन्द्रका केही नाइकेहरुले आरक्षण गरेको यो बोकालाई उसैकी एउटी विद्यार्थी जसको बाबुको यसले निर्मम हत्या गराएको थियो, त्यसैले यस्तो हविगत गरिदिइ भन्दा कथित जनवादी पार्टीले के भन्दो रहेछ छ ? म पहिला त्यो सुन्न चाहन्छु ।

    चुलाको छेउबाट बस्नेत बुडा कराए, “देबी ! के को डाङडाङडुङडुङ हो आज आमा छोरीको ? अरे ! यो मजेरीमा लडेको को मान्छे हो देवी ? रगतको आलमा छ त यो मान्छे त ? के भयो ज्योती यस्तो ?” उनी निक्कै आँत्तिए र सहायको लासलाई उठाउँन खोजे । ज्योतीले बुडालाई हेर्दै निक्कै आक्रोसमा भनि, “त्यो लास हाम्रो स्कूको एउटा बोकाको हो । त्यसलाई नछुनुहोला नत्र पुलिसले अनाहकमा तपाईंलाई पनि बाध्ने छ ।” वस्नेत बुडा एक भन्नु न दुई भन्नु भएर  ठिङ्ग उभिए ।

    प्रिन्सिपलको होस आइसकेको रहेछ । उसले दुबै हात जोडेर न्याउरो स्वरमा बस्नेत बुढालाई विन्ती गर्दै भन्यो, “काका ! मलाई बचाउनुहोस म निर्दोस छु । मैले त्यास्तो केही गरेको छैन जो यो ज्योती भन्दैछे । यो कुनै बाहिय तत्वको हस्तछेपमा मेरो ज्यान लिन खोज्दै छ ।”

    प्रिन्सिपलको कुरा सुनेर ज्योतीको कन्पारो झन तातेर आयो । उसले रिस थाम्नै सकिन र अर्को गोलि प्राहार गरी । त्यो गोलिले जोडिराखेका प्रिन्सिपलका दुवै हातकोबिचबाट पार गर्यो र छेउको चामलको बोरामा भासियो । प्रिन्सिपल फेरी मुर्छा परेर लड्यो । बस्नेत बुढाले ज्योतीका हातको पेस्तोल खोस्न खोजे । उल्टै पेस्तोल ताकेर ज्योतीले भनि, “सावधान बा ! अगाडि बड्नु भयो भने म गोली चलाउन बाध्य हुने छु ।” बुडा थिङ्ग उभिए र केही बोल्न सकेनन् ।

    देवीले च्याप्प पारेर ज्योतीको दाहिने हात समाइन त्यस पछि बस्नेत बुढाले गएर पेस्तोल जफत गरे । ज्योती मजाले चिच्याइ, “मलाई छोड्नुहोस, मेरो बाबाको हत्याराको म खुन पिउन चाहन्छु ।” उसले पेस्तोल खोस्न खोजिहेरी तर उसको कुनै पिताम चलेन । त्यसपछि बबराउँदै गएर शिलालाई फोन लगाइ ।

    किररर किरर मोबाइलको रिङ बज्यो । शिलाले घडी हेरिन र कसले फोन गरे छ यति राती भन्दै फोन उठाइन, “हेलो शिला दिदी, हाम्रो दोकानमा तुरुन्तै आउन न । बाहिरबाट बाबाका हत्याराहरुले आक्रमण गर्दै छन् र हामी प्राण हत्केलामा राखेर भित्र कुनामा लुकेका छौं ।” शिलाले भनिन्, “ए ज्योती ! तिमी धन्दा नमान हामी तुरुन्तै आइपुग्छौं ।”

    बाहिर एक हुल बाइसियल जवान अएर देबीको होटेल घेर्यो । टोली नाइकेले उर्दी गर्यो, “सावधान देबीको होटल अब वाइसियलको कब्जामा छ । यदि कसैले प्रतिकार गर्न खोजे परिणाम ठीक हुने छैन ।” देवीका हातखुट्टा लल्याकलुलुक भएर आए । उनी केही बोल्न पनि नसक्ने अवस्थामा पुगिन र पुक्लुक्क मजेरीमा ढलिन र बेहोस भइन । दुइटा हातमा अत्याधुनिक पेस्तोल बोकेर शिला भित्र छिरिन । भित्र आफनै कम्रेड खुनको पोखरीमा डुबेको देखेपछि अकबक्क भइन र अलिक आतिइन । उनले बाहिरका कम्रेडहरुलाई पोजिसनमा रहन कमाण्ड गरिन र अजै भित्र पस्दै कराइन, “ए ज्योती, तिमीहरु यहाँ छौ कि छैनौ ? म शिला दिदी आइपुगें बाहिर निस्क ।” शिलाको आवाज सुने पछि प्रिन्सिपलले गुहार माग्दै निवेदन गर्यो, “शिला कम्रेड मलाई बचाउनु होस ।”

    ज्योतीले शिलाको पेस्तोल च्याप्पै समातेर भनी, “दिदी यो पेस्तोल मलाई दिनुहोस म यसको ज्यान लिन चाहन्छु ।” यतिकैका बस्नेत बुडाले भने, “शिला नानी यिनलाई पेस्तोल नदिनुहोला । यिनले त हामीलाई पनि मार्न बेर लाउँदिनन् ।” शिलाले सबै कुराको छनक पाइहालिन । बाहिरका सबै कम्रेडहरुलाई स्थिति नियन्त्रणमा रहेको भन्दै इलाका कमाण्ड फर्किन उर्दी गरिन । सबै कम्रेडहरु मोटर साइकल गुडाउँदै हिडे ।

    फर्केर भित्र गइन र ज्योतीलाई सोधिन, “के भयो ज्योती यस्तो ? कसले आक्रमण गर्यो?” ज्योतीले आक्रोसमा बोलि, “मैले चलाएकी हुँ गोली । उसलाई घाइते पनि मैले परेकी हुँ । यसको सहायक भनाउँदालाई पनि मैले नै टिकट दिएकी हुँ । म यसलाई पनि मार्न चाहन्छु दिदी, मलाई पेस्तोल दिनुहोस् । यस हरामीले मेरो बाबाको ज्यान लिदा पनि नपुगेर मामुलाई हातपात गर्न खोज्यो । त्यसपछि मैले गोलिहान्न वाध्य भएँ दिदी । बस्नेत बुडाले पेस्तोल दिदै भने, “शिला नानी, ज्योतीले चलाएको हतियार यही हो ।” शिलाले पेस्तोल हेरिन । त्यो पेस्तोल र आफ्नो हातका पेस्तोल उस्तै पाए पछि छक्क परिन र ज्योतीलाई सोधिन, “ज्योती काहाँबाट पायौ यो पेस्तोल ?”

    पहिला त ज्योतीलाई आफनो जिब्रो थुतेको जस्तो भयो तर उसले आफुलाई समाल्दै भनि, “जब यिनीहरुले मामुलाई बलात्कार गर्न दुश्प्रयास गर्न थाले मैले बाहिर यसकै मोटरसाइकलको डिकीबाट निकालेर ल्याएकी हुँ, दिदी । यिनीहरुको चर्तिकाला मैले यो मोबाइलमा रेकर्ड गरेकी छु । यहाँ सुन्नुहोला कि म किन यिनीहरुको ज्यान लिन बाध्य भएकी रहेछु ? उसले मोबाइल शिलालाई दिई ।”

    प्रिन्सिपल नाजवाफ भएर निन्याउरो मुख लगाएर झोक्रिरहयो । उठेर भाग्ने पनि कुनै शाहास थिएन ऊसँग, केही बोल्ने पनि हिम्मत रहेन  । देवी पनि होसमा आएर पानी मागिन । ज्योतीले हतार हतार पानी ल्याए आमालाई खुवाइ । शिलाले पहिला त ज्योतीको कुरा पत्याइनन् । कसैलाई केही नभनिकन मोबाइलको रेर्कड सुन्न थालिन । उनले कुखुरे वयानको भिडियो र ज्योतीले हालसालै रेकर्ड गरेका दुईटा श्रव्य रेकर्डहरु सुने पछि राताराता आँखा पारेर एकफेर प्रिन्सिपललाई हेरिन र मोबाइलको किप्याड हतार हतार डायल गरिन ।

    बाहिर प्रहरीका तीनचारओटा भ्यान आएर रोकीए । प्रहरी जवानहरुले घाइते प्रिन्सिपल र उसको सहायकलाई उठाएर लगे । देवी र वस्नेत बुडा ट्वाल्ल हेरिमात्र रहे तर ज्योतीको प्रतिशोधको आवेग पटक्कै घटेको थिएन । शिलाले देवीलाई आश्वसन दिदै भनिन्, “आण्टी कुनै चिन्ता लिनु पर्दैन । जे हुन आवश्यक थियो त्योमात्र भएको हो त्यसकारण तपाईंले कुनै चिन्ता लिनु पर्दैन । यती भनेर शिला पनि ज्योतीसँग हात मिलाएर बाहिर निस्किन ।

    क्रमशः

     

     

    ८२३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad