BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    गजल १८

    बहादुर वालिङ, राई बाल्टिमोर, मेरील्याण्ड, अमेरिकाफागुन २५, २०७४

    शीतल ताप्न ध्यौरालीसँगै छहारी भेटियोस्
    बितेका कुरा सम्झौने फेरि चिनारी भेटियोस्

    चर्केको घाम, बर्सेको झरी झेल्नु छ उनीले
    जितेर मृत्यु बाँचेकी उनी बिमारी भेटियोस्

    एकान्त ठाँउ गोरेटो उस्तै पुग्छु या पुग्दिन
    सन्देश बोकी पु¥याई दिने व्यापारी भेटियोस्

    खेद्ने छु मृत्यु उमेर पनि सापटी मागेर
    गलेको पाउँ थकाई लाग्द चौतारी भेटियोस्

    आफ्नोको पीडा छातिमा हुन्छ अरूको बोलीमा
    छातिमा पीडा बोकेर हिड्ने पियारी भेटियोस्

    इति

    ३१४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad