BizPati

  • Ad
  • Ad
  • आज : २०७५ भाद्र १ गते
    Headlines :
    Ad

    प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

    संसार न्यूज संवाददाताचैत्र १३, २०७४

    १३ चैत, हेटौँडा । प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।

    आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे ।

    नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले भने – “बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

    उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गरे ।

    राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गरे । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए । रासस

    १५४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad