BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    गजल १९

    पारसनाथ आचार्य इन्द्रावती गाउँपालिका ५ धुसेनी हालः साइप्रसचैत्र १४, २०७४

    पारसनाथ आचार्य

    बोली सिंगार्ने नेता चाहिन्न
    नीति बटार्ने नेता चाहिन्न

    भाइ मिलेका बन्धुत्व मास्दै
    युद्ध तिखार्ने नेता चाहिन्न

    भोको कर्णाली नाङ्घो मधेस
    देशै चिथार्ने नेता चाहिन्न

    लेखौं सुनौला इतिहास राम्रा
    भोलि धिकार्ने नेता चाहिन्न

    सभ्य शुशाषित नेपाल बन्न
    भ्रष्ट स्याहार्ने नेता चाहिन्न

    इति

    गजलकार पारासनाथ आचार्य  डायसपोराको चर्चित साहित्य माहोल, साहित्य सन्ध्यामा कार्यक्रम प्रस्तोता हुनुहुन्छ । – सम्पादक

    १२३० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad