BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    भुँडी घटाऊ अब

    परमा अधिकारी कान्छा, हेरिस्वर्ग पेन्सिलभेनिया, अमेरिका चैत्र १५, २०७४

    परमा अधिकारी

     

    खाऊँ साग मुला सलाद फलका आधा भरी पेट त्यो
    पाथी अन्न घिऊ नखाउ ढकने माना भरी रेट त्यो  ।
    खोजी सूँगुरको भुटी गजपले बोसो नखाऊ अब
    तिम्रो ज्यान बडा थियो गजपको भूँडी घटाऊ अब ।।

    फुर्ती हुन्छ ठिटो छिटो र छरितो खेल्ने र खेलाउने
    खेल्दा खेल कुदी कुदी चउरमा छेक्ने र छक्याउने ।
    सानो चट्ट चिटीक कम्बरहरू भाँची नचाऊ सब
    तिग्रा हात बडुन् बडुन् ल पिडुला भूँडी घटाऊ अब ।।

    जाऊ कुद्न दिनै उठी झिसमिसै घण्टा दुई साँजमा
    घाँटी हात घटे घटेर पिडुला भूँडी बडे माजमा ।
    केले हो किन हो पढी गुगलमा पत्ता लगाऊ अब
    जाऊ जीम तिमी निकाल पसिना भूँडी घटाऊ अब।।

    भूँडी बड्दछ झन् बसी दिनभरी खायो भने घूसले
    भट्टी साँझ पसी बसी वरिपरी त्यो रक्सिको चूसले ।
    आधा खान्छ छली ठगेर दुनिया लीएर ठीक्का जब
    त्यो पच्दैन सबै नखाउ अरुको भूँडी घटाऊ अब ।।

    राँगा हाँस सबै छिनाइ घरमा खाँदा अती पाप छ
    भेडा साँड सबै चपाइ मुखमा पच्नै अती चाप छ ।
    बोका काटि खसी बसेर घरमा धेरै नखाऊ सब
    माछा मासु अनी नखाइ कुखुरा भूडी घटाऊ अब ।।

    खाना खाइ सकी चुठी पलड।मा छिट्टै नजाऊ तिमी
    भेटे भात सबै पसी किचनको कोची नखाऊ तिमी ।
    खाऊ टन्न उठी मिलाइ अमिलो खाली छ भूडी जब
    त्तातो लाल चिया चुसी दिनदिनै भूडी घटाऊ अब ।।

    खान्छन् भात सबै बसी किचनमा चुठ्छन् अटाई कता
    यो सानो घरमा बसेर जन ती सुत्छन् अटाई कता ।
    पत्नी बाल पती भएर गतिला खाट्मा नआँट्ने जब
    गारो सुत्न भयो सबै पलङमा भूँडी घटाऊ अब ।।

    गोला गेस्टिक हो भनेर तिमिले ढाँटेर हिड्छौ किन ?
    जाती गेस्टिकको भएन तिमिमा बाँदेर पेट् दिन्दिन ।
    पार्छौ ठिक्क तिमी किनेर सबथोक् थाङ्ना र कोक्रो सब
    बच्चा नौ महिना पुगेछ अबता भूँडी घटाऊ अब ।।

    इति

     

    १२९५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad