BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    गजल २०

    सबिन शर्मा, रेनोल्डस्वर्ग ओहायो अमेरिकाचैत्र १६, २०७४

    सविन शर्मा धिमाल

    टेक्दै जाउ छाति पनि मैदान भएको छ
    छातिभित्र मुटु चाहिँ चट्टान भएको छ

    यो महत्वपूर्ण हुन्छ जीवनको मञ्चमा
    मलाई आफैंबाट कति सम्मान भएको छ

    गर्दै भन्दै बिचमा कुरो निकालि त हाल्छन्
    मेरो भोगाइ मान्छेलार्इ उखान भएको छ

    तिमी परी पक्कै स्वर्गबाट आएकी हौ
    यो मनको ‘नि उँभै जाने अडान भएको छ

    नबोलाउनु भनिदिनु भेट्न नबोलाउनु
    मान्छे कसैसँग अब सावधान भएको छ

    त्रास छैन रिस छैन दुखाइ त छँदै छैन
    मन् केवल रहेन मन् भगवान भएको छ ।

    इति

    ६१६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad