BizPati

  • Ad
  • Ad
  • आज : २०७५ भाद्र १ गते
    Headlines :
    Ad

    मुख्यमन्त्री शाहीले भन्छन्–एकवर्ष सहयोग गर्नुस् अनि आलोचना

    राससचैत्र १६, २०७४

    mahendra-bahadur-sahi-1

    १६ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताएका छन् ।

    बिहीबार बेलुका यहाँका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गरेका हुन् । “हामी भर्खरै मात्र सरकारमा आएका छौँ, एउटा कुनै बीउ रोप्यो भने पनि त्यसले फल दिने बेलासम्म पर्खनु पर्दछ भने प्रदेश सरकारको बीउ पनि भर्खरै रोपिएको छ,” उनले भने । एक वर्षसम्म पत्रकारलाई नजिकबाट सहयोग दिएर त्यसपछि मात्र आलोचना गर्न उनले आग्रह गरे ।

    अहिलेको अवस्थामा यो प्रदेशलाई रहन नदिने भन्दै शाहीले केही दिनमै स्वेतपत्र जारी गर्ने तयारीमा रहेको बताए । दुईलेनको कर्णाली करिडोर निर्माण, हिल्सा, नाक्चेलाग्ना, डोल्पा जिल्लाबाट उत्तरतर्फ नाका खोल्ने, विद्युतीकरण, स्वास्थ्य र शिक्षामा जोड दिइने शाहीको भनाइ थियो । त्यसको साथै सिंगो पर्यटनको विकासका लागि ‘रारा पर्यटन वर्ष—२०७५’ को शुभारम्भ राराबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने शाहीले जनाए ।

    यता आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशका पत्रकारको भूमिका निकै सकारात्मक र प्रशंसनीय रहेको प्रतिक्रिया दिए । “सरकारको सबैभन्दा नजिकको वर्ग पत्रकार हो, यसले सरकारको सधँै खबरदारी र रचनात्मक आलोचना गर्नुपर्दछ,” योजनामन्त्री ज्वालाले भने ।

    शाहीले भ्रष्टाचार, अनियमितता हुन नदिन सार्वजनिक खरिद ऐन बनाउन थालिएको र मिडिया जगत्लाई पनि तीन महिनाका लागि ल्याउन थालिएको बजेटमा सम्बोधन गर्ने जनाए । सरकार पहिले संरचना पछि हुँदा घोडा पछिपछि बग्गी अघिअघि जस्तो भएको व्यंग्य गर्दै उनले कानूनको सूची बनेको तर कानून बन्न बाँकी रहेको तर्र्क गरे ।

    १२१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad