BizPati

  • Ad
  • आज : २०७५ आषाढ ३२ गते
    Headlines :
    Ad

    ‘मलाई शवहरुको पनि माया लागेर आउछ’

    संसार न्यूज संवाददाताचैत्र १७, २०७४

    binaya22

    ललितपुरका विनयजंग वस्नेतले वेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएका छन् । बस्नेतले विगत तीन वर्षदेखि भक्तपुर अस्पताल, टिचिङ अस्पताल महाराजगंज र ललितपुरको पाटन अस्पतालमा रहेका वेवारिसे शबहरुको उद्धार तथा दाहसंस्कार गर्दै आएका छन् । तीनवर्षको अवधिमा ९१ वटा वेवारिसे शबको दाहसंस्कार गरेका बस्नेतले चैतको पहिलो साता पाटन अस्पतालमा रहेको १३ वेवारिसे शब लगेर पशुपतिको आर्यघाटमा जलाएका छन् । उनै बस्नेतसंग संसारन्युज डटकमले गरेको कुराकानी ।
    एकैदिन १३ वटा शबको दाहसंस्कार गर्नु भएछ नि ?
    हजुर, पाटन अस्पतालमा रहेको १३ वटा शबको पशुपतिमा लगेर एकैदिन दाहसंस्कार गरेको हुँ । पुस, माघ, फागुनसम्म जम्मा भएका वेवारिसे शब हुन यि । दिउसो १२ बजेदेखि रातिको ८ बजेसम्ममा जलाएर सकियो ।
    त्यतिका शब दाहसंस्कार गर्न खर्च कसरी जुटाउनु भयो  ?
    हो नि । एउटा शबको दाहसंस्कारका लागि झण्डै ८ देखि १० हजार लाग्छ । दाहसंस्कारका लागि घिउ, कपडा, कपुर दाउरा लगायतका खर्च र आर्यघाट व्यवस्थापन समितिलाई एउटा शबको व्यवस्थापन गर्नका लागि २६ सय तिर्नुपर्छ ।
    इलेक्ट्रिक शबदाहमा किन जलाउनुहुन्न ?
    मैले अनुरोध पनि गरेको थिए । तर, शबहरु कुहिएको कारण मेसिन बिग्रने हुनाले त्यहाँ जलाउन मिल्दैन् भन्ने कुरा आयो । शबहरु क्षतविक्षत हुन्छ । टाउको त टमाटर जस्तै भएको हुन्छ । त्यसैले पनि गा¥हो हुन्छ । फेरि त्यस्तो शबलाई आगोमा जलाएपछि मात्र उनीहरुको आत्माले मुक्ति पाउछ जस्तो लाग्छ मलाई । जलाएर सकिए पछि मन आनन्द हुन्छ । उनीहरुको आत्माले आजदेखि मुक्ति पायो भनेर ।
    पैसा कहाँबाट जुटाउनु हन्छ त ?
    मेरो सोचाईमा भ्यालीका दुईवटा महानगरपालिका र नगरपालिकाहरुले नै यो काम गरोस् भन्ने हो । आफ्ना नागरिकको व्यवस्थापन सरकारले नै गर्नुपर्छ । तर, देश समाजका लागि व्यक्तिले पनि केही गर्नुपर्छ भन्ने सोचले ‘एक्सन फर सोसल चेन्ज वेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द’्र नामक संस्था दर्ता गरेर यो काम सुरु गरेको हुँ । तीन वर्ष भयो । अहिले सम्म ९१ वटा वेवारिसे शबको दाहसंस्कार गरिसकेको छु । पहिले आफ्नै सम्पत्ति बेचेर केही पैसा जोहो गरे, नगरपालिकाले पनि सहयोग गथ्र्यो । तर, अहिले छैन । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनसँग पनि यसबारेमा कुरा गरेको छु । महानगरले वेवारिसे व्यवस्थापनका लागि आर्थिक सहयोग गरोस् भनेर । गर्छु, भन्ने बचन दिनु भएको छ हेरौं । अनि मनकारी साथीभाइले पनि सहयोग गर्नु भएको छ । अनि मैले रिहाव सेन्टरमा पुगेर काउन्सीलिङको काम पनि गर्छु त्यसको आम्दानी पनि त्यहि लगाउँछु ।

    binaya11
    कस्ता प्रकारका शबहरु हुन्छन्
    शबहरु सबै वेवारिसे नै हुन् । भ्यालीको मात्र नभएर गाउँबाट आएका वेवारिसे मानिसहरु जो सडकमा हिड्दाहिड्दै मरेका हुन्छन् । अस्पतालमा लामो समय उपचार गराउँछन् । घरघडेरी सबै बेचेर सक्छन् । अन्तिममा विरामीको मृत्यु हुन्छ अनि अस्पतालमा तिर्न भएको पैसा तिरेर शब लैजाउ भन्दा परिवार त्यहाँबाट भाग्छन् । कोही परिवारले छोडेर एक्ले वेवारिसे जीवन विताएकाहरुका पनि हुन्छन् ।

    कसरी थाहा पाउनुहन्छ त अस्पतालमा वेवारिसे शब छ भनेर ?
    प्रहरीले नै खबर गर्छन् शब लिन आउनु भनेर ! अर्को कुरा स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिइसकेको छ ।देशभरीका सरकारी अस्पतालका शब व्यवस्थापन गर्नका लागि । मैले ७६ जिल्लाका बेवारीसे र वेवारिसे शबहरु व्यवस्थापन गर्न पाउ भनेर निवेदन दिएको थिए । त्यो स्वीकृति भएको छ । अर्को कुरा प्रहरीले पनि वेवारिसे शबहरु पहिले पोस्टमार्टमका लागि अस्पतालमा पठाउने र त्यहाँको काम सकिएपछि मलाई नै फोन गरेर व्यवस्थापन गरिदिनु प¥यो भन्ने पत्र पठाउने गर्छन् ।
    सरकारले गर्नुपर्ने काम होइन् र ?
    गर्नुपर्ने त सरकारले नै हो । आफ्ना नागरिकको शब व्यवस्थापन गर्ने काम सरकारको हो । तर, सरकारले मात्रै यि सबै कामगर्न सक्तैन् । हामीजस्ता नागरिकको साथ पनि चाहिन्छ । तर, यि सबै गर्नका लागि सरकारको आर्थिक र भौतिक सहयोग भने चाहिन्छ । एक्लै एउटा संस्थाले एउटा व्यक्ति गरेर गरिने काम होइन् यो । सरकार तथा स्थानीय नागरिहरुको पनि सहयोग चाहिन्छ ।
    जलाउँदा जलाउँदै आफ्नो मृतकका परिवारहरु सम्पर्कमा आउछन् की?
    आउछन नि । भक्तपुरमा भेटिएको एकजना बुबाको आफन्तले गोदावरीमा सब जलाउँदै गर्दा फोन गरेका थिए । ठिमी प्रहरीले फोटोसहित सूचना जारी गरेपछि उनीहरु त्यहाँ आएका रहेछन् । प्रहरीले फोन गर्यो, ‘शब जलाएर सकियो कि सकिएन ?’ भनेर । मैल,े आधा जलिसक्यो भने । दुई छोराहरुले हामीसँग कुरा गरे, हामी आउनुपर्छ र ? भने । मैले, आउन मन लागे आउनुस् भने । उनीहरु आए । शब जल्दा सम्म त्यहि बसे । मैले तपाईहरु दुई भाई हुनुहुदो रहेछ म सहित ३ भाई भयौं । १३ दिनको कार्यक्रममा बोलाउनु होला भनेर । उनीहरुले हुन्छ बोलाउँछौं भनेर गए । हिड्ने बेलामा हामीले केही गर्नुपर्छ भन्दै थिए । मैले केही गर्नु पर्दैन् भनिदिए ।

    अबको भावि योजना के के छन् त ?
    मैले देशभरीका ८४ वटा सरकारी अस्पतालमा रहेका वेवारिसे शब व्यवस्थापन गर्ने स्वीकृति पाइसकेको छु स्वास्थ्य मन्त्रालयबाट । २३ जिल्लाका सरकार अस्पतालमा पुगिसकेको छु । भ्यालीको पनि तीनवटै जिल्लाका दुईवटा महानगर र नगरपालिकाका मेयरसँग वेवारिसे शब व्यवस्थापन कसरी सहज तरिकाले गर्न सकिन्छ भन्नेमा छलफल गेर्न सोचेको छु । अनि अर्को कुरा भूकम्पमा मृत्यु भएका र अन्य गरेर टिचिङ अस्पतालमा १ सय बढी शब फ्रिज भएर बसेका छन् । त्यसमा पनि राम्रा र संग्ला शब विद्यार्थीहरुका लागि राखिने र बाँकी शब दाहसंस्कार गर्ने भन्ने कुरा भइसकेको छ । महाराजगंजको ३ नम्बर वडासँग पनि कुरा भइसकेको छ । काठमाडौं महानगरपालिकामा पनि २ वर्ष अगाडि नै रुद्र सिंह तामाङलाई वेवारिसे शब व्यवस्थापन गरिपाउ भनेर पत्र दिइसकेको छु । उहाँले तोक पनि लगाइदिनु भएको थियो ।

    अन्तमा केही भन्नुहुन्छ की ?
    मलाई नेपाली समाजमा मानवियता, संवेदना हराएको जस्तो लाग्छ । स्वास्थ्य मन्त्रालयको अनुमतिमा म ७५ जिल्लाका सरकारी अस्पतालमा पुगेर वेवारिसे शब व्यवस्थापन गर्न सक्ने जिम्मा पाएको छु । तर, केही अप्तालमा पुग्दा सहयोग गरिेको पाउँदिन् । स्थानीय नाक थुनेर बस्छन् । त्यो यहाँका अस्पतालमा पनि भोगेको छु । सहयोग गरिदिनुस् न भन्दा हात बाधेर बस्छन्, गनायो भनेर नाक थुनेर बस्छन् । मलाई त्यतिबेला मानवियता हराएको हो की समाजबाट भन्ने लाग्छ । जिल्ला अस्पतालले पनि आउनु भयो । मिलेर गरौ । भन्ने भावना देख्दिन् । यस्ता कुरामा समाज आफै अघि बढ्नुपर्ने होइन् र ?

    बेवारीसे शब उठाउने विनय : जसको आफ्नै कहानी बेग्लै छ

    १८५५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad