BizPati

  • Ad
  • आज : २०७५ साउन ३ गते
    Headlines :
    Ad

    चम्चा

    जनक कार्की, यु ए ईचैत्र २०, २०७४

     

    Screenshot_20180302-131325

    कवि

    मेरो हात र भातको सम्बन्ध
    मेरो आमाको न्यानो काख जस्तै छ
    अदृश्य फूलको सुगन्ध जस्तै
    चट्टान र हिँउ मिलेर बनेको हिमाल जस्तै छ।

    कथित आधुनिक कहलाएकाहरु
    चम्चा र काटाको प्रयोगमा
    मासु र हड्डीको सम्बन्ध बिच्छेद गराउन
    सघंर्ष गर्दागर्दै एक अर्कालाई छुट्टाउन
    मासु र हड्डी उत्तर र दक्षिण उछिट्याउछन्
    त्यो देख्दा यस्तो अड लाग्छ
    जस्तो कि छोटो स्कर्ट लाउने युवती
    कुर्चीमा बस्ने बेला नाक खुम्चाउछिन् ।

    तर म र मेरो हात
    जिब्रोको टेस्ट बड्ससम्म स्पर्श नगराई
    आत्मियताको स्वाद पाउँदिन
    अनि मासुभित्रको बोन प्यारो
    सुरुप्प चुस्दा आउने मजा ओर्गास्म जस्तै हुन्छ ।

    सुन्दै छु …
    पुँजीवाद र मार्क्सवाद
    सहवास गरेर
    एउटा झडकेलो छोरा
    जन्माएको छ रे
    जसको नाम हो चम्चावाद

    इति

    ८८५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad