BizPati

  • Ad
  • आज : २०७५ साउन ३ गते
    Headlines :
    Ad

    समृद्ध नेपाल बनाउने बारे आयरल्याण्डमा अन्तरक्रिया

    संसार न्यूज संवाददाताचैत्र २०, २०७४

    meeting-irelandगैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) आयरल्याण्डले समृद्ध नेपाल कसरी बनाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    सोमबार डब्लिनमा आयोजित उक्त कार्यक्रम एनआरएनए आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाको सभापतित्व तथा एनआरएनए बेलायतका महासचिब आर. के. त्रिपाठी एवंम उपाध्यक्ष ललित न्यौपानेको विशेष आतिथ्ता रहेको थियो ।
    कर्यक्रममा विशेष अतिथि त्रिपाठीले नबवर्ष २०७५ को शुभकामना दिदै आपसी भातृत्व, सम्मान, बिश्वास, ऐक्यबद्धता कायम गर्दै गैरआवासीय नेपालीको हितको लागि एवंम् नेपालको आर्थिक बिकासमा सामुहिक लगानी गर्न जोड दिएका थिए । त्रिपाठीले ‘एकपटकको नेपाली सधैको नेपाली’ हुने प्रक्रिया संबिधानमा लेखिएको र कानुन बनाई पूर्ण गर्न गैरआवासीय नेपाली संघको आन्दोलन अगाडी बढेको बताए ।

    त्रिपाठीले विदेशमा रहेका सम्पूर्ण युवाहरुको प्रतिभा बिकास गर्न र प्रतिभालाई समाजमा ल्याईदिन आह्वान गरेका थिए । त्रिपाठीले विदेशमा रहेका नेपालीले हासिल गरेको भाषा, कला, ज्ञान तथा सीप नेपालमा स्थान्तरण गर्न जोड दिदै बौद्धिक स्थान्तरण गरी नेपालको आर्थिक बिकासमा सहयोग पु¥याउन आग्रह गरेका थिए ।

    त्यस्तै अर्का विशेषअतिथि न्यौपानेले बेलायत एवं आयरल्याण्डको गैरआवासीय नेपालीबीचको भावनात्मक एकता लाई अगाडी बढाई संयुक्त रुपमा कार्यक्रमहरू ल्याउन आह्वान गरेका थिए ।

    गैरआवाशीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाले पछिल्लो परिस्थितिमा नया ढंगले बिशेष कार्यक्रम ल्याई अगाडी बढ्नु पर्ने, मातृभूमिको समृद्धिका लागि, भएका ज्ञान, सिप कला, पुँजी दिनुपर्ने बताए । कोइरालाले बिगत देखि आजसम्म सहयोग गर्ने सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्दै गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष एवं महासचिबलाई स्वागत गर्न पाउदा खुशी लागेको बताए । उनले भविष्यमा साझा एजेन्डामा गैरआवासीय नेपाली संघ बेलायतसंग सहकार्य गर्न इच्छुक रहेको धारणा ब्यक्त गरे ।

    त्यस्तै संघका संरक्षक एवं गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष तथा आयरल्याण्डका लागि नेपाली पर्यटनदूत गणेश प्रसाईले नबवर्ष २०७५ को हार्दिक शुभकामना ब्यक्त गर्दै गैरआवासीय नेपाली संघ बेलायतसँग सहकार्य गर्न इच्छुक रहेको बताए । उनले सामुहिक लगानीको बाताबरण बनाउन अझै ठूलो बिश्वास एवं कार्यक्रमलाई गैरआवासीय नेपालीहरुलाई परिचालन गर्न पाउनुपर्ने बताउँदै गैरआवासीय नेपाली संघ बेलायतसँग सहकार्य गर्न ईच्छुक रहेको बताए ।
    संघका पूर्वअध्यक्ष, संक्षक एबं नेपाली जनसम्पर्क समिति आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपानेले गैरआवासीय नेपालीहरुको हकहित एवंम एजेन्डा साकार पार्न नेपाली जनसम्पर्क समिति आयरल्याण्ड सदैब तयार रहेको बताउदै एनआरएनए बेलायतका उपाध्यक्ष ललित न्यौपाने एबं महासचिब आर.के त्रिपाठीलाई सहकार्यको लागि बिशेष धन्यवाद दिएका थिए ।

    निकट भबिस्यमा गैरआवासीय नेपाली संघ आयरल्याण्ड र गैरआवासीय नेपाली संघ बेलायतले संयुक्त रुमपा एक विशेष च्यारिटी गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।
    कार्यक्रममा गैरआवासीय नेपाली संघ आयरल्याण्डका उपाध्यक्ष लोक त्रिपाठी, महासचिब उज्वल ह्योम्बा, सचिब बिबेक राज सापकोटा, युथ कोअडीनेटर प्रविन कोइराला, सांस्कृतिक संयोजक तथा राष्ट्रिय कलाकार अनिश भण्डारी, सल्लाहकार जीवन तिमल्सिना, सदस्यहरू सुनिता कार्की, अबिध्य पाणी गौतम, रवि बोगटी, शोभना अधिकारी, यम उप्रेती, क्षेत्रिय कोअर्डीनेटर श्री कृष्ण भण्डारी तथा गलवेबाट राजकुमार महतको पनि उपस्थिति रहेको थियो ।

    १६८४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad