BizPati

  • Ad
  • आज : २०७५ आषाढ ३२ गते
    Headlines :
    Ad

    गजल ४२

    ईट्टाघरे, पिट्सवर्ग पेन्सिल्भेनिया अमेरिकाचैत्र २२, २०७४

     

    र्इट्टाघरे

    चाहिन्न ती यादहरू लिएर जाऊ
    छटपटि भो विष दिएर जाऊ

    मृत्युको पर्खाइमा छु भो जीवन
    म मरे पनि तिमी जीएर जाऊ

    तिम्रो भागको विष म नै पिउँला
    मेरो भागको अमृत पिएर जाऊ

    कठोर तिम्रो मुटुमा माया छैन
    मेरो माया पलाउला सिएर जाऊ

    मेरो ममताको मूल्य रहेन अब
    सराप दिएँ म जस्तै खिएर जाऊ

    इति

     

    ४४५९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad