BizPati

  • Ad
  • आज : २०७५ साउन ३ गते
    Headlines :
    Ad

    गल्ती गर्दैछन् सामान्य प्रशासनमन्त्री पण्डित

    पुष्पलाल पाण्डेचैत्र २३, २०७४

     

    puspalal-sir

    हालका संघीय मामिलाा तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित आफ्नो अघिल्लो कार्यकालमा निजामति सेवामा केही सुधार अभियान चलाएर प्रसंसा कमाएका मन्त्री हुन् । निजामति सेवामा विदेशी पिआरधारी कर्मचारीलाई की जागिर, कि पिआर छोड्न वाध्य पारेर उनले निजामति सेवाको शुद्धिकरणअभियान त्यो बेला सुरु गरेका थिए ।

    दोश्रोपटक मन्त्री बन्दा कसैले पनि लिन नचाहेको वातावरण मन्त्रालयको जिम्मेवारी लिएर त्यहाँ पनि विराट कामका सम्भावनाहरु खोतलेर देखाउन पण्डित सफल भएका थिए । पछिल्लो मन्त्रिपरिषद पुर्नगठन पछि पण्डित फेरि सामान्य प्रसाशन मन्त्रालयको जिम्मेवारपूर्ण भुमिकामा छन् ।

    देशको राजनीतिक पुर्नसंरचना भएसंगै निजामति सेवाको पुर्नसंरचना र व्यवस्थापन गर्ने दायीत्व पनि मन्त्री पण्डितको काधमा आएको छ । प्रधानमन्त्री केपी ओलीले पण्डित यस मामलाका लागि काविल ठानेर यो जिम्मेवारी दिएका हुन् ।

    तर छैन सहज

    नेपालको निजामती प्रसाशन कहिल्यै परीणाम मुखी भएन । प्रक्रियामुखी तवरबाट चलेको प्रसाशन सेवालाई आजको भोली नै परीवतर्न गरेर साच्चै परिणाममुखी बनाउन सहज छैन । पछिल्लो एकदशक नराम्ररी गिजोलिएको कर्मचारी प्रसाशनलाई स्वच्छ र सवल बनाउन मन्त्री पण्डितले ठूलै पापड बेल्नुपर्ने निश्चित छ । घाम तापेर तलव खान पल्केका कर्मचारी मन्त्री पण्डितको गतीमा हिड्न नसक्ने नै देखिएको छ ।

    गल्ती गदैछन् पण्डित

    मन्त्री पण्डित आफैमा कावील मन्त्री हुन् । उनको आफ्नै ‘भेष्टेड इन्टेस्ट’ कम्तीमा अहिले सम्म देखीएको छैन् । आफुले सुरु गरेको अभियानमा निरन्तर लडेर लाग्न सक्ने उनको खुवी तारीफयोग्य छ ।

    तर पछिल्लो समयमा उनि चिप्लिने हुन् कि भन्ने खतराका सङकेतहरु देखीएका छन् । उनले केहि समय अगाडी बोलेका केहि शब्दहरु मन्त्रीका लागी सुहाउने शब्द पक्कै होइनन् ।

    कर्मचारी प्रसाशन जतिसुकै खराब भएपनि मन्त्री पण्डीत एक्लै हिडेर लक्ष्यमा पुग्न सक्दैनन् । त्यसैले आफु मातहतमा रहेको प्रशासनलाई उनले विश्वासमा लिएर अगाडी बढ्नै पर्छ । तर, मन्त्री पण्डितले यो नबुझे जस्तै देखीएको छ । उनले विज्ञहरुसंग सल्लाह नगरेका हुन् वा विज्ञ समुहबाट गलत सल्लाह पाएका हुन् यसै भन्न सकिदैन् । मन्त्री पण्डितले आफ्ना गल्ती त सच्याउलान संगसंगै अघिल्लो सरकारबाट भएको अक्षम्य गल्ती नसच्चाईकन अगाडी बढ्न  त्यति सहज छैन् ।

    नगरौ कसैलाइ काखा र पाखा

    अघील्लो सरकारले नियत वस दुइवटा गल्ती गरेर त्यसको भारी प्रधानमन्त्री ओली र मन्त्री पण्डितको काधमा राखीदिएको छ । अघिल्लो सरकारले ३० हजार कर्मचारिलाई स्वैच्छिक अवकास दिने निर्णय ग¥यो । संगसंगै केहि सचिवलाई पदोन्न्ती गरेर प्रदेशको मुख्य सचिव बनायो । यस्तै केही सहसचिवहरुलाइ पदोन्नती गरेर प्रदेश सचिव बनायो । अनि अन्य कर्मचारीलाई भने यत्तिकै प्रदेश र स्थानिय तहमा पठाइने निर्णय गर्यो ।

    एकथरी कर्मचारीलाई आफ्नै कोखका बच्चालाई जसरी एकतह दिएर कार्यस्थल पठाउने अनि अर्काथरीलाई वैरीको पोथ्रो ठानेर ठानेर ‘खाए खा नखाए घीच’ सैलिमा कार्यक्षेत्रमा पठाउँदा कसरी न्याय हुन्छ ? मन्त्री पण्डितले बुझ्नै पर्छ । यी सबै मन्त्री पण्डितले गरेका गल्ती होइन् तर यसबाट उत्पन्न हुने अपजसको भारी मन्त्री पण्डितले बोक्नै पर्छ ।

    १०८९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad