BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    मोहभङ्ग

    अर्चना बराल, बिराटनगर मोरङ नेपालचैत्र २४, २०७४

    अर्चना बराल

    सबै तयारी सकियो । मेकअप सकेर ऐना हेर्दै सोचेॅ, राम्री देखिएॅछु । आजचाहि मज्जा हुने भो । सोल्टी सोल्टिनी कस्ता भएर आउलान् ?  मलाई कतिवटा प्रस्ताव आउने हुन ? अलिक ह्याण्सम मान्छेले लाईन मार्यो भने रमाईलो हुन्थ्यो । पढेलेखेका जागिरेका जमात पनि राम्रै हुन्छन् नि ।  सिॅढीबाट ओर्लिदै सोचेॅ, ला ! छाता पो छ कि छैन ? किन्ने ध्यानै भएन। सिॅढीमुन्तिर थन्क्याएको थोत्रो छाता झिकेॅ। छाताको करङ्ग खुस्किएको रहेछ। ला ! बिहेमा जानुपर्ने । पानी पनि कति पर्न सकेको ? पानीसँग पनि लास्टै रिस उठ्यो । साडी लगाएकी छु रेनकोट त ओड्ने कुरै भएन । यत्रो पार्लरकी साथी बोलाई बोलाई मेकअप गरेको थुईक्क ! म खिन्न भएॅ । जसरी पनि जानै पर्ने छ, गइन भने त यत्रो गिफ्ट किनेको कामै लाग्दैन नि । झन रातभरिको निन्द्रा पन्साएर आजको रमाईलोको कल्पना गर्दै सुतेकी थिएॅ, बर्बादै हुने भो ।

    मलाई साथी निराको बिहेमा जानु थियो सपिङ्गदेखि लिएर व्यबस्थापन कार्यमा पनि उनिहरूलाई सहयोग गरेकी थिएॅ। मेरो घरदेखि करिब एक घण्टाको दुरिमा बिहेको कार्यछक्रम छ । लिन पनि पठाउथे होला तर बाटो नै सबै नगरपालिकाले भत्काएर खाल्डै खाल्डो भएर आउने ठाउॅ नै बन्द भएको छ । मुसलधारे पानी रोकिने छॉटकॉट नै छैन । आ ! यहि थोत्रो छाता लिएर जान्छु बिहे घर छेउमा पुगेपछि फ्याल्दिन्छु । फेरि मलाई छाताको माया लागेर आयो । स्वर्गिय हजुरवुवाले टिका लगाएर दिएको दक्षिणाले किनेकी थिएॅ । नफ्याकौं भने पनि कसैले देख्यो भने के भन्ला ?  यस्तो छाता पो ओढ्दि रहिछे भन्लान् ? मेरो छटपटि झन बढ्न थाल्यो । आ !  जान्छु अब ढिला भैसक्यो ।बेहुलीको छेउमा मै बस्नुपर्ने । त्यही छाता टिपेर हिडेॅ  ।

    चप्पल पनि लाईसक्नु भएपो एक केजी हिलो टिप्छ । चप्पल हातैमा बोकेॅ। बाङ्गिदै बाङ्गिदै कंक्रिट छाताबाट कता कता ठिक छ त्यतै बङ्ग्याउदै लुगा अलिक माथि उचालेर बडो बिजोगले हिलो बाटो चै काटेॅ ।

    अब चै हाईवे आइपुगियो । अलिअलि भिजे पनि धन्न हिलो चै लागेनछ । अब त खाल्डाहरू भए पनि पिच बाटो छ नि । यहीॅ उभिएर टेम्पो पर्खिन्छु भन्ने सोचेॅ । बाटाभरि जन्ती बारियातको हुल थियो मलाई पनि हेर्दै थिए धेरैले । ओहो ! धेरै नै राम्री पो देखिएॅछु कि क्याहो ? म दंग परिरहेकी थिएॅ । टेम्पो पर देखियो अलिक उत्साहित हुँदै अगाडि बढ्दै थिएॅ ।

    हुईया !

    एक्कासी पानीको फोहोरा शरिरभरि बर्षियो । साले गधा, म यति रिसाएॅछु कि टेम्पोवाला पनि ट्वॉ परेर हेरिरह्यो । मेरो रिस थामिसक्नुको थिएन कतिथोक भनेॅ भनेॅ टेम्पोवाला पनि त्यहॉबाट हिँडेछ । अब के जानु ? कतिन छोरी छोरी भन्छन् एकपल्ट फोन पनि गरेनन् थाङ्गनेहरूले । भन्ने बेलामा चै आफ्नै बुईनी रे, यसो जाने ब्यवस्था त गर्दिनु पर्छ
    नि ? अब रिस निराका परिवारतिर खनियो ।

    ह्या कवाडी छाता, एकैचोटि पर पुग्ने गरी मिल्काएॅ । अब त शरिर पुरै भिजीिसकेको थियो । एस्क्युज मि, म तपाईलाई पुर्याईदिन्छु, कहॉ जानुहुन्छ ? एउटा बाईकवाला अगाडि आयो । म बोलिनँ,  रिसको पारो तातेको बेला बोल्न जरुरि पनि ठानिनँ । कति न मलाई दया देखाएर नजिकिन खोजेको होला? अनुहार हेर न हॉडीघोप्टेको ? नचिनेको मान्छे भरे नरोकि लग्या लग्यै पार्यो भने के गर्नु ? कि बाईकमा चढाएर झ्याप्प झ्याप्प ब्रेक हान्ने नियत हो कि ?  मैले उसैलाई यत्रायत्रा आॅखा पारेर हेरिछु । उ बाईकबाट ओर्लेर छाता टिपेर मलाई थमायो । छाता पनि हिलैहिलो भएछ । मलाई कसैको जरूरत छैन । जानु नि खुरूखुरू ?  मैले झपारेॅ ।

    हिँड्नु हिँड्नु छिटो तपाईंलाई गार्हो हुन्छ, बिरामी परिन्छ, यस्तो पानीमा भिज्न हुन्न । नरिसाउनुस् मैले कुनै स्वार्थ राखेको छैन । कहॉजानुहुन्छ  तपाईं ? अब जानुहुन्न भने कर गर्दिनँ । उसले बाईकमा चढ्दै भन्यो ।  आ होस न त जानुपर्यो छिट्टै त पुगिन्छ कमसेकम । त्यति खराब त छैन जस्तो छ मान्छे हेर्दा त । एक्कासी उप्रति बिश्वास जाग्यो । केही दायॉबायॉ हर्कत गरेछ भने केही न केही बिकल्प सोचौॅला न त ? बिराट पार्टी प्यालेस । यतिमात्र बोलेॅ । म उसको बाईकमा चढेॅ । उसले अगाडि बोकेको ब्याग पछाडी बोक्यो ।थपक्क रेनकोट खोल्यो र मलाई दिॅदै भन्यो । यो ओड्नुस् टाउकोमा भए पनि ? अलिकति पानीको चुटाई कम हुन्छ । मेरो हेलमेट छॅदैछ ।

    एक्कासी उ प्रति श्रद्धा बढ्यो । अब त अघिको छ्यापिएको हिलोको अंश पनि थिएन  । सबै भिजेर ल्याफ्फै भईएछ । उ पनि त्यस्तै। पानी झन झन बढिरहेको थियो । रिस चैॅ कडा नै छ कि क्याहो हजुरको ? के के गाली गर्दै हुनुन्थ्यो नि ?  कसलाई हो ?

    मलाई त कसैले ब्याग मोबाईल पो तानेछ कि भन्ने लाग्दैथ्यो  ।  शुन्यता चिर्दै उ बोल्यो । ला !  के के बोलेॅ होस् नै भएन लाज पो लागेर आयो । हैन त्यस्तो त ? एउटा फटाहाले जानीजानी हिलो छ्याप्यो अनि ? मैले भनेॅ,  के गर्नु सबै बाटो भत्केको र खाल्डाखुल्डी छ ? कि त धुलो खप्नुपर्छ कि त हिलो ।  फेरि आजकालका अल्लारे ठिटाहरूले बाईक कुदाको देख्दा माला लिएर अर्को मान्छे पछिपछि आउदैछ जस्तो । पिर नगर्नुस्, बर्खा यस्तै हो  ।  उसले सम्झाउन खोज्यो ।

    ल ओर्लिनुस्, उसले बाईक रोक्यो । यतिबेला चैॅ अझै एक छिनको बाटो भैदिनु नि जस्तो लाग्यो । म ओर्लिएॅ । उ केही नबोलि त्यहॉबाट हिड्यो । धन्यवाद सम्म भन्न पाईन । कमसेकम रेनकोट त लानु नि । म हतपतभित्र पसेॅ । निराहरू पनि भर्खर आएका रहेछन्। खै त बेहुलाहरू अझै आइपुगेका छैनन् ?  मैले आमालाई सोधेॅ । छैनन् पानीले गर्दा अलि ढिलो भयो रे । तर नजिकै छ आइपुगिहाल्छन् नि,  आमाले भन्नुभयो ।

    जिउ पुछेॅ, मेकअप मिलाएॅ, पङ्खा खोलेर जिउ सुकाएॅ । झलझलि त्यही मान्छेको याद आइरहेको थियो । को थियो होला मान्छै खासै राम्रो नभए पनि त्यस्ता गुनिला मान्छे कहॉ भेटिन्छन् र अन्त ? एकझलक देख्न पाए पनि हुन्थ्यो … ।

    अहिले मलाई त्यति बिहेको रौनकले तानेन । बेहुलीको साथी बस्दिन है म ?  सञ्चो छैन मलाई, मैले भनेॅ । के भयो नानी भिजिछ्यौ आराम गर न त अर्कि बस्छे नि गार्हो भको भए, आमाले भन्नुभयो । मलाई त्यहि मान्छेको यादले छटपटी भईरहेको थियो । उसॅग बाईकमा बसेको क्षण सम्झिएर फेरि त्यहि पल आइदिए हुने नि जस्तो लागिरहेको थियो ।
    मन मनै उसलाई जोडी बनाईसकेकी थिएॅ । रेनकोट सम्झिएर आउँछ कि भनेर धेरैबेर बाहिर निस्किएर पनि बसेॅ ।

    पर, बाजा बजेको सुनिन थाल्यो । यता पनि तयारी भैसकेको थियो । ल जन्ति आइपुगे । सबै हुरूरू बाहिर निस्किए । म चै निरासॅगै बसेॅ । एउटी दिदी बेहुलो देखेर नाकमुख खुम्च्याउदै भित्र पसिन्। बेहुली नै राम्री । कस्तो चै रहेछ भनेर मलाई पनि कौतुहलता उत्पन्न भयो । म बाहिर निस्किएॅ । आबुई ! अघिकै मान्छे छ त ? म त छक्कै परेॅ ।

    ती दिदीलाई के थाहा ? खासमा को राम्रो छ। यतिञ्जेल संगत गरेकी निरा र एकछिन भए पनि संगत गरेको भिनाजु मैले चिनिसकेकी छु । उसलाई नराम्रो भन्ने दिदीसॅग कम्ता रिस उठेको होईन । गोडा धुने कार्यक्रम सकेर लुगा फेराउने बेलासम्म पनि म बाहिर निस्किनँ । को आयो गयो यादै भएन । के भयो भनेर सबैले सोधिरहेका थिए । सञ्चो छैन !  त्यति मात्र भनेॅ ।

    ल निरा मेरो गिफ्ट है । मैले गिफ्टसॅगै रेनकोट पनि पोको पारेर थमाईदिएॅ । अनि कसैलाई नभनि लुसुक्क बाहिरिएँ । पानी थामिएछ अहिले त । अघि जस्तै दर्किनु नि कति मज्जा हुन्थ्यो । भिज्दै भिज्दै जान्थेॅ बरू । यतिबेला मलाई आजका सबै घटना यही पानीसॅगै पखाल्न मन थियो ।

    इति

    ६७२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad