BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    कोरियाको शौलमा ‘शत्रुगते’ प्रदर्शन गरिदैं

    सेर साङबो शेर्पा, सौल,कोरियाचैत्र २४, २०७४

    satrugate

    दोलखाली समाज दक्षिण कोरियाको पहलमा पहिलोपटक नेपाली कथा कथानक चलचित्र शत्रुगते कोरियाको राजधानी सौलमा प्रर्दशन गर्ने भएको छ ।

    हाल नेपालमा भर्खरै प्रर्दशन भईरहेको उक्त चलचित्र शत्रुगतेले नेपाली दर्शकहरुको मन जितिरहेको छ । त्यसैले यो चलचित्र कमेडी बिधामा बनेको हुनाले कोरियामा रहेका नेपालीहरूको कार्य ब्यस्तताले निम्त्याएको थकान र तनावलाई, कमेडी चलचित्रले कम गराउन मदत पुर्याउने कुरामा आफु आशावादी रहेको समाजका अध्यक्ष सरोज केसीले बताए ।
    दोलखाली समाज कोरियाद्वारा चलचित्र प्रदर्शन गर्नुको मुख्य उद्देश्य भनेको नेपालमा रहेका बिभिन्न असहाय, वालबालिकाहरुलाई छात्रबृति दिने उद्देश्यका साथ चलचित्र प्रदर्शन गर्न लागिरहेको समाजको अध्यक्ष केसीले जानकारी दिए ।
    प्रदिप भट्टाराइको निर्देशन बनेको यस यो चलचित्रमा कलाकारहरुमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका बिभिन्न ख्याति प्राप्त कलाकार हरुको अभिनय देख्न सकिन्छ ।
    चलचित्र शत्रुगते अप्रिल २२ तारिख दिउसो ठिक १ बजे सउल जोगेसा गुम्बाको हलमा प्रर्दशन गरिने भएको छ । अध्यक्ष केसीले कोरियामा रहेका सम्पूर्ण चलचित्र प्रेमीदर्शक हरु लाई चलचित्र शत्रुगते हेर्न अनुरोध गरेका छन् ।

    ६९४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad