BizPati

  • Ad
  • आज : २०७५ साउन ३ गते
    Headlines :
    Ad

    मान्छे

    गोविन्द लुइँटेल, सिन्सिनाटी, ओहायो, अमेरीकाचैत्र २५, २०७४

    10898094_925889590762989_1706675032398714207_n

    मान्छे,
    एउटा ढाकरभरिको सुन्तोलाजति
    रिस-राग,
    छल-कपट,
    लोभ-लाभ,
    कोड्याइँ-घमण्ड आदि बोकेर
    शुख,
    शान्ति,
    संबृद्धी,
    प्रगति चाहन्छ
    अरूको भलो नै आफ्नो भलो भन्दै हिँड्छ ।

    मान्छे,
    नराम्रो कुरा हावाले भ्याउञ्जेल उडाउँछ
    राम्रो कुरा बल गरेर तुहिञ्जेल तुहाउँछ
    ऊ असल बन्न खोज्छ अरूलाई सताएर
    ऊ मानव सेवी हूँ भन्छ मानवलाई छक्याएर
    कहिले गीत गाऊँछ शब्द नचाउँदै
    कहिले खुब नाँच्छ ताल भचाउँदै
    मन मनै स्वाच्छ संसार भन्दा मै ठूलो
    किन कि हर्ता कर्ता मै हूँ
    सीमाभित्रका मेरा हुन्छन्
    अरू सबै तड्पीएर कुहुन्छन्
    तर बिचरालाई थाहा छैन
    सत्य र असत्य
    जीवन र मरण
    दैव, प्रकृति र मानवभिन्न छ भनेर

    मान्छे,
    सुनमा सुगन्ध छर्छ छलेर
    पलाँसमा बास्ना भर्छ जलेर
    खोइ कसरी र किन हो ?
    जल,
    थल,
    नभ आफ्नै सम्पति भन्छ
    स्वर्ग देखेको छु भन्छ
    नरक जानेको छु भन्छ
    आमाकै गर्भबाट जन्मेका
    खोइ कसरी भिन्न ऊ ?
    कसरी भिन्न म ?

    इति

     

    ५८५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad