BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    संसारलाई खुसी हुने कला सिकाउने राजन शर्माले लिएर आए ‘सुखसूत्र’

    संसार न्यूज संवाददाताचैत्र २५, २०७४

    suhk-sutra२५ चैत, काठमाडौं । ‘आफूले आफैंलाई चिन्न सक्नुमानै बास्तविक आन्नद छ । जीवनमा सुख सम्भव छ परिस्थिती जे भएपनी आनन्दका साथ रहनलाई हरेक मान्छे योग्य छन् ।’ भन्ने महान सोचका साथ एक भव्य समारोहका बीच राजधानीमा उत्प्रेरणात्मक सम्पन्न भएको छ ।
    राजधानीमा सनिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय जगतका एक उत्प्रेरक नाम आचार्य राजन शर्मा विश्व शान्तिदूत प्राध्यापक तथा योग साधक आचार्य राजन शर्मा सो उत्प्रेरणात्मक कार्यक्रमलाई प्रस्तुत गरेका हुन् ।
    आर्चायले विश्वका १९ देशको २७ शहरमा यस्तो उत्प्रेरणात्म कार्यक्रम गर्दै हजारौं मानवको जीवन परिवर्तन गर्न सफल भएका छन् । एशियाका विभिन्न मुलुकमा खुशी हुने कलाका बारेमा ज्ञान दिदै आएका आर्चायले पहिलोपटक नेपालमा पनि प्रवचन सहितको कार्यक्रम आयोजना गरिएको हो । यसका साथै सकारात्मको सोचले भरिएको उत्प्रेरणाको आगो सल्काउने एक विशेष नविनतम कृति ‘सुखसूत्र’ को पनि लोकार्पण गरिएको थियो ।
    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा विभिन्न विशिष्ट व्यक्तित्वहरुबाट सो पुस्तकको संयुक्त रुपमा लोकार्पण गरिएको थियो । साथै हिंसा र पीडाबाट गुज्रिएर आफ्नो पहाडरुपी विगतलाई पैताला मुनी राखी नयाँ जिवनलाई शुरुवात गरेका बालबालिकाहरुले एकैसाथ पुस्तकका अग्र हरफहरु वाचन गरेर लोकार्पण समारोहलाई थप आकर्षण बनाएका थिए ।

    सो अवसरमा खचाखच भरिएको होटल एल्लो प्यागोडा हलमा कहिले पेट मिचि मिचि हसाउंदै कहिले सबैलाई स्तव्ध बनाउंदै “हिड्न शुरु गर्नुहोस बाटो आफैं भेटिने छ” । भन्ने जस्ता जोडदार उजगारका बिच सो उत्प्रेरणात्मक कार्यक्रममा आचार्य राजन शर्मा अर्थात भीमसेन सापकोटाले सो कार्यक्रम प्रस्तुत गरेका थिए ।
    उक्त कार्यक्रममा सहभागी हुन राजधानी बाहिरका जिल्लाहरु झापा, सल्यान, रामेछाप काभ्रे लगाएतका क्षेत्रबाट विभिन्न व्यक्तिहरुले सहभागिता जनाएका थिए ।
    उत्प्रेरक वक्ता तथा विश्व शान्तिदूत आचार्य राजन शर्माको सामाजिक संजालका भिडियो तथा दुर शिक्षा उत्प्रेरणा कक्षाबाट प्रभावित भई जीवन परिवर्तन गरेका, आत्महत्याबाट फर्किएका, जीवनको यात्रामा नयाँ रङ्ग थपेर अगाडी बढेका विभिन्न व्यक्तीहरुले परिवर्तन सम्भव छ भन्दै आ–आफ्ना प्रस्तुति राखेका थिए ।
    सोहि अवसरमा आत्महत्याबाट फर्किएकी सल्यानकी गीता ओलीको मर्माहक जीवनकथा, अष्ट्रेलियामा आफ्नो पौराणिक धर्म छाडेर योग साधक बनेकी “सिन्डी”को आत्मकथा तथा झापा एस पि उप्रेतीको जीवन कथाले सबैलाई सुखका साथ जीवन परिवर्तन गरेर बाच्ने उत्साह थपेको थियो ।
    लोकार्पणपछि सभालाई सम्वोधन गर्दै प्रमसख अतिथि कुलपति उप्रेतीले प्रत्येक गाउँ र बस्तिहरुमा यस्ता सकारात्मक युवाहरुको देशलाई खाँचो परेको बताए । त्यस्तै गरी पत्रकार तथा कानुन व्यवसायी स्वागत नेपालले विश्व बजारमा नेपाली उत्प्रेरक वक्ताको रुपमा उभ्याउन खाँचो परिरहेको आवश्यकतालाई आचर्य राजन शर्माले पुर्ति गरेको बताए । उनले गिता पछी पढिने पुस्तकका रुपमा ‘सुखसूत्र’ रहेको बताए । यस्तै कृतीको समिक्षा गर्दै वरिष्ठ साहित्यकार तथा नियात्राकार युवराज नयाँघरेले यो नविनतम कृती भएको बताउंदै यस्ता सकारात्मक पुस्तक नेपाली साहित्य वाङ्गमयमा कालजयी बनेर रहने बताए ।
    त्यसै गरी रक्षा नेपालकी संस्थापक अध्यक्ष मेनुका थापाले लेखक भीमसेन सापकोटाकै कारण आफुले जीवन परिवर्तन गरेको र परिवर्तनकै अभियानमा लागेको बताईन् ।
    नागरिक समुहका अध्यक्ष निगम हुमांगाईले सुखसूत्र एक युवाहरुले पढनै पर्ने पुस्तक भएको चर्चा गर्दै आचार्य राजन शर्मा जस्ता युवाहरु वाटै असल देश बन्न सक्ने बताए ।
    प्राध्यापक श्रीराम सापकोटा अध्यात्म चिन्तक चिन्तामणी योगी लगाएतले पुस्तकको बारेमा चर्चा गर्दै आचार्य राजन शर्माको विश्वव्यापी अभियान नेपालका लागी गौरव बनेको बताए ।
    कार्यक्रमको सुत्रधारको रुपमा सन्ध्या पहाडीले आफ्नो कुशल भुमिका निर्वाह गरेकी थिइन् । परोपकार तथा सामाजिक सेवामा समर्पित सकारात्मक उर्जा समेटिएको सो पुस्तक रत्न पुस्तक भण्डार आधिकारिक विक्रेता रहने छ ।

    यस्तै सो पुस्तक काठमाण्डौका GSPSS वितरक संस्था मार्फत सम्पर्क गरि ९८२३५५७७०० मा सम्पर्क गरी प्राप्त गर्न सकिने जनाइएको छ ।

    ४०८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad