भगवती बस्नेत, बल्खु,काठमाण्डाैं हालः इज्रायलचैत्र २६, २०७४

गजलकार
दिनहुँको हिंसाले आँखा टिलपिल भएको छ
मौनतामा मेरो देश सधैं शिथिल भएको छ
जति बुझ्यो उति बुझ्न कठिन यो जिन्दगानी
मेरो सिङ्गो जिन्दगी नै तपसिल भएको छ
जिब्रोभन्दा धारिलो हतियार अरु के होला खै !
अचानो नै यहाँ खुकुरीको वकिल भएको छ
बदलियो सबै थोक समय अनुकूल नै
पीड़ा भोग्ने त यही निर्दोष दिल भएको छ
थाहा छैन कैलेसम्म दुःख्नुपर्छ अझैं मैले
प्रवासको बसाई यो झनै मुस्किल भएकॊ छ
इति