BizPati

  • Ad
  • आज : २०७५ आषाढ ३२ गते
    Headlines :
    Ad

    नेपाली जनप्रगतिशील मञ्च मकाउ गठन

    संसार न्यूज संवाददाताचैत्र २६, २०७४

    macau2

    नेपाली जनप्रगतिशील मञ्च मकाउको प्रथम सम्मेलन आईतबार साँझ सम्पन्न भएको छ । गोर्खाज टेष्ट रेष्टुरेण्ट मकाउमा सम्पन्न सम्मेलनले ऋषि खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
    सोनु पन्तको पहल, राजन खत्रीको अध्यक्षता नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पार्टी शाखा हङकङका अध्यक्ष रविन लिङदेनको प्रमुख आतिथ्यतामा जनप्रगतिशील मञ्च हङकङका महासचिव हरिन्द्र तमुको आतिथ्यतामा अप्रिल ८ मा सम्पन्न पहिलो सम्मेलनले १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
    जसको वरिष्ठ उपाध्यक्षद्धयमा पदम सिंह पन्त ‘सोनु’, नबिन धमला, महासचिव, राजन खत्री, सचिवमा कृष्ण शरण बोगटी, कोषाध्यक्षमा मनोज धामी, सदस्यहरुमा मनोज गुरुङ, सुरेन्द्र कुँवर, सत्तम प्रसाद उप्रेती, दिलेन कोरुङ्गी, रबिन्द्र चौधरी, जसमान तामाङ, बचन लामा टिका गुरुङ,दिनेश कुमार बुढाथोकी र कुल बहादुर थापा रहेका छन् ।

    macau1

    कार्यक्रमका प्रमुख अतिथि लिङदेनले विश्व कम्युनिष्ट सर्वहारा वर्गका लागि मकाउमा पनि नेपाली जनप्रगतिशील मञ्च गठन गरिएकोमा खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिले माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्तलाई अवलम्बन गर्दै अगाडि बढ्नका लागि शुभकामना दिएका थिए ।

    macau3
    त्यस्तै प्रवासी नेपाली मंच मकाउका उपाध्यक्ष नविन खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष खड्काले मकाउमा रहेका सबै नेपाली श्रमिकवर्षको हितमा आफू लाग्ने बताउँदै सांगठनिक गतिबिधिलाई तिब्र रुपमा अघि बढाउने बताएका थिए ।

    २०४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad