BizPati

  • Ad
  • Ad
  • आज : २०७५ भाद्र १ गते
    Headlines :
    Ad

    मन्त्रीहरूको सेवा सुविधासम्बन्धी विधेयक पारित

    (रासस)चैत्र २७, २०७४

     

    २७ चैत, पोखरा । प्रदेश नं ४ को सोमबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।

    बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए ।

    यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले भूकम्पपीडित अझै पालमुनि बस्न बाध्य भएकाले तिनले भोग्ने गरेका समस्याप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएका थिए ।

    प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रस्तुत गरेको मस्यौदा संशोधन समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको पहिलो संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको अर्को बैठक यही चैत २७ गते बिहान ११ बजे बस्नेछ ।

    १०६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad