BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    ‘बाह्र वर्षदेखी मालदिभ्सको समुद्रमा खुसी खोज्दै छु’

    संसार न्यूज संवाददाताचैत्र २७, २०७४

     

    tank-poudelरहरले कोही पनी आफ्नो जन्मथलो र राष्ट्र छोडेर पराई देशमा पसीना बगाउन आउदैन् । देशको परिस्थिति अनि घरको आर्थिक अवस्थाले जब हरेक दिन मनलाई पिडा दिन सुरू गर्छ । अनि परिवार, समाज, देशलाई छोडेर अन्य मुलुकमा रोजगारको लागि धाउनु पर्ने बाध्यता झन्डै पचास लाख नेपालीमा रहेको छ । हरेक दिन काठमांडूको अन्तराष्ट्रिय एयरपोर्टमा गएर हेर्ने हो भने त्यहा आखाँबाट आशु खसाउदै गरी रहेकी आमा, मन दुखाई रहेकी श्रीमती अनि साथ छुट्ने भयो भन्दै पिर मानीरहेका आफन्त, साथीको ठुलै भिड देख्न सकिन्छ ।
    हिजो आज कयांै गाउघरमा त पुरूष नै सबै परदेश गएकाले कोहीको मुत्यु भएमा महिलाले शब आर्यघाटसम्म पुराएको समाचार धेरै सुनिएको हुन्छ । परिवारको खुसीको लागि भन्दै विगत बाह्र वर्षदेखी समुद्र नै समुद्र रहेको देश माल्दिभ्समा दिन रात पसीना बगाई रहेका छन् टंक पौडेल । बाँकेको कोहोलपुर घर भएका पौडेल विगत बाह्र वर्षदेखी मालदिभ्सको समुद्रमा खुसी खोजि रहेका छन् । रोजगारीको सिलसिलामा माले आएपछि उनी कामगर्ने अवसर पाए । पौडेलसँग यहाँको बारेमा गरिएको सानो कुराकानी
    माले कस्तो लाग्छ दाइ ?
    हिजो आज त दीन रात गएको,महीना कटेको अनि वर्ष बितेको नै थाहा हुदैन मैले दुःखलाई साथी बनाएर हिडिरहेको छु घर परिवार आमा बुबा आफन्त अनि समाज र देशको एकदम धेरै माया लाग्छ तर बाध्यता र आर्थिक अबस्थाले समुद्रको देशमा पसीना बगाएको दश वाह्र वर्ष वितिसके छ मलाई पत्तो नै भएन ।सुरूमा आउदा अहिलेको जस्तो थिएन माले । घरहरू स–सना थिए गाडी थोरै थिए । खासै विकास भएको थिएन । पछी–पछी विस्तारै माल्दिभ्सले धेरै विकास र प्रगति गर्न थाल्यो । अहिले यहाँ ठूलाठूला घर बाटोघाटो सुन्दर अनि सवारी साधन धेरै देख्न सकीन्छ । टंक पौडेल सुनाउछन । श्रीमती र छोराछोरीको कत्तिको याद आउछ दाइ ? भनेर प्रश्न गरे तब आखाँभरी आँसु पार्दै भने, ‘त्यो कुरो नै नगर्नु होस् आफ्नो जहान, छोराछोरीको याद कसलाई नआउला र ! परिवार सँगसगै बसेर दशै तिहार नमनाएको नै कयौ वर्ष भईसकेको छ । दशै तिहार कस्तो हुन्छ मैले भुली सके ।’
    माल्दिभ्समा आएर कतिको दुःख गर्नु भयो नी ?
    दुःखको कुरै नगर्नु होस् मैले जति दुःख कमैले गरेका छन् । जब म माल्दिभ्समा सुरूमा आए मलाई यहाँको भाषा आउदैन थियो सुरू–सुरूमा निकै गाह्रो हुन्थ्यो । विस्तारै–विस्तारै भाषा सिक्दै गए अनि सुरूमा मैले महिलाले जस्तै घरमा काम गरे बाह्र घण्टासम्म हरेक दिन काम गर्नुपथ्र्यो । शरीर पुरै पसीनाले डुब्थो । तर, घरको कमजोर आर्थिक अबस्थाका कारण दुःख सबै भुलाई दिन्थे । विस्तारै त्यो काम छोडेर अर्को काम गरे । त्यो काम पनी निकै गाह्रो थियो । त्यसैलाई पनी छोडेर अहिले मालेको एक कम्पनी गार्डको काम गर्दै छु ।
    कति सालमा माल्दिभ्समा आउनु भयो ?
    सन् २००४ मा म सुरूमा माल्दिभ्समा आएर पाँचवर्ष काम गरे पछी बिचमा घर गए । अनि फेरी २०११ बाट हालसम्म समुद्र मै खुसी खोज्दै छु । तर, आजसम्म मैले खुसी भेट्न सकेको छैन हरेक दिन काम भन्दै दौडिन्छु । साथी भाई समाज देश कस्तो हुन्छ अब भुल्न लागि सकियो विदेशमा धेरै वर्ष बसियो । आफ्नो परिवारसँग बस्ने समय नै भएन कहीलेकाँही त जिन्दगी देखेर दिक्क लाग्छ । पैसा भन्दा ठूलो परीवार रहेछ भन्ने झै लाउछ । फेरि ऋण, बदलिएको समाज देख्दा पैसा नै अगाडी आउदो रहेछ ।
    अब कहिलेसम्म समुद्रमा बस्नु हुन्छ अनि कहीले भेट्नु हुन्छ त खुसी ?
    ‘सबैभन्दा ठूलो भाग्य हो, भाग्यले जहिले सम्म बसाउछ त्यतिबेला सम्म बस्नु पर्छ । नेपालमा गए उहि बेरोजगारी भएर बस्नुपर्ने हुन्छ रोजगार छैन । महँगी धेरै छ । परिवार पाल्न र उनीहरूको लागि खुसी किन्न भए पनि अझ परदेश मै जीवन बिताउनु पर्छ । रहर भन्दा बाध्यताले धेरै घेर्दो रहेछ जीवनलाई । खुसी खोज्दा खोज्दै दश बाह्र वर्ष वितेर गईसक्यो आजसम्म भेट्न सकेको छैन । मेरो युवा अबस्था लगभग परदेश मै सकिने निश्चित छ । अब बुढेसकालसम्म कसो नभेटीएला र भन्ने आश लागि रहेको छ ।

    प्रस्तुति : राजन पराजुली, चितवन हाल माल्दिभ्स

     

    १०४० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad