BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    गजल २३

    गोविन्द गोपाल खतिवडा, तनहुँ नेपालचैत्र २८, २०७४

    गोविन्द गोपाल खतिवडा

    तिम्रो आँखाले मेरा विरुद्ध चक्काजाम गरेन
    त्यसैले मेरो आँखाले कहिल्यै आराम गरेन

    हिजो मुटुबाट देश निकाल्दा घाउ लागेको थियो
    डाट्साप ! तपाईंको अौषधिले पनि काम गरेन

    मान्छे रुन्छ यार घरभरि सामान राखेर पनि
    चरा खुशी छ, उसले सम्पत्ति जोरजाम गरेन

    फूल फुल्यो, चरा उड्यो अनि नदी बगिरह्यो
    खै त, कसैले मान्छेले जस्तो तामझाम गरेन ।

    इति

    ५१४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad