BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    तिमीजस्तै बन्न सकूँ

    मनिषा प्रसार्इं, इज्रायलचैत्र ३०, २०७४

    मेनिषा प्रसार्इं

    हे समुद्र !
    मेरो चाहाना छ
    तिमीजस्तै परोपकारी बन्न सकूँ म
    आफुलाई गौरवशाली ठान्न सकूँ म
    जलेका ती मनमुटुमा शीतलता छाउँछौ अरे
    रोएका ती आत्मालाई शान्ति दिन्छौ अरे
    तिमीजस्तै मैले पनि केही गर्न सकूँ
    भलाइको निम्ति अरूलाई म छु भन्न सकूँ ।

    वर्षातमा आएको भेल पनि सहन्छौ
    खडेरीको महामारीमा पनि बहन्छौ
    खुशी मन भएकाहरू पनि
    तिमीसँगै रमाउँछन्
    पीडित मनहरू पनि तिम्रै आड  लिन्छन्
    म पनि आज
    आएर तिम्रै छेउमा रमाइरहेछु
    तिम्रो मन्द गतिको बगाइमा
    सुस्त सुस्त त्यो तिम्रो सुसेलीमा ।

    हो ,
    हो सुनाउँदैछु तिमी सामु
    मेरा सारा दुःखहरू
    पोख्दैछु भएभरका पीडाहरू
    तिम्रो छातिमा
    सारा अफ्ठ्याराहरू तिमीलाई खन्याएर
    आफू भित्रभित्रै रमाउँदैछु
    हेर्छु तिम्रा छालहरू
    उठ्छन् कहिले माथिसम्म
    कहिले हुन्छन् विलीन
    अघि सर्ने गति र पछि सर्ने गति बराबर देख्छु
    के तिमी पनि त्यस्तै हौ र ?
    मानिसको जीवन जस्तै ?
    कहिले सफल त कहिले विफल
    कहिले खुशी त कहिले दुःखी ।

    आइरहेछ ओइरो मानिसको
    बसिरहेछन् तिम्रै यो सुश्मा हेर्दै
    साटिरहेछन् मनका बहहरू
    र भनिरहेछन्
    आहा !
    कति शालीन ?
    कस्तो रमाइलो दृश्य ?
    कति आनन्द मनमा ?
    नीलो तिम्रो रङ्ग
    तिम्रो शीतल हावा
    अनि मधुर सुस्केराहरू  ।

    कति धेरै छ तिम्रो शक्ति
    चाहे भीडभाड नै किन नहोस् त्यहाँ
    बराबर बाडिरहन्छौ प्रित
    गाइरहन्छौ आफ्नै लयमा गीत
    बनेका छौ सबैको आकर्षण
    हटाइदिन्छौ मनको कालो वादल
    भरिदिन्छौ उमङ्ग मनमा
    त्यसैले त आशा गर्छु
    म पनि तिमी जस्तै बन्न सकूँ
    दुनियाँलार्इ शितलाता प्रवाह गर्न सकूँ
    बस, तिमीजस्तै बन्न सकूँ

    इति

     

    ८१९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad