BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    मलाई कसले रोक्छ?

    निलकण्ठ तिवारीआश्विन ८, २०७३

    tiwari-nilkantha

    नाम त मेरो ठुलै चल्यो विदेशको ठाउँमा
    तल्लावारी डल्ले भन्थे सानो छँदा गाउँमा
    हजुरवाउको आफ्नो इज्जत गाउँमा नाम थियो
    दिन दिनै आज भोली सम्झनामा आयो

    डलरमा कमाउँछु, ट्याक्स धेरै तिर्छु
    ठुलो संस्था -ठुलो दाम मख्ख पनि पर्छु
    तरुलेको नाती भन्थे गाउँमा सानो छँदा
    कति माया—कति श्रृद्धा, आफ्नै गाउँमा हुँदा

    कर धेरै तिरेपछि सम्मान पनि आउँछ
    संसारका सुख सुविधा सबै भोग हुन्छ
    जे भन्यो त्यही पुग्छ मलाई मेरो कमाइले
    पोल्छ मलाई घरी घरी मेरो गाउँको यादले

    केभयो खै, आज भोली निन्द्रा विथोलीन्छ
    माथीवारी—तल्लावारी पाइला डुलिरहन्छ
    वाशिङटनको भौतिक सुखले मलाई वाँध्न खोज्छ
    मेची देखी महाकाली सम्झनामा आउँछ

    राजनीतिक अस्थिरता, धुँवाधुलो उस्तै
    छलछाम, फट्याई र तिगडम बगडम उस्तै
    गाउँको यादले घरी- घरी मलाई मुटु पोल्छ
    देश अब मार्ग बन्यो, मलाई कसले रोक्छ ?

    २२६८ पटक
    प्रतिकृया दिनुहोस्