BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

     ३ लाख सुत्केरी स्वास्थ्य संस्थाबाट बाहिर

    संसार न्यूज संवाददाताबैशाख ३, २०७५

    pregenent-women

    ३ बैशाख, काठमाडौं । बार्षिक करिब ३ लाख गर्भवतीले अहिले पनि स्वास्थ्य संस्थाबाहिर बच्चा जन्माउने गरेका छन् । स्वास्थ्यकर्मीको सहयोग विना नै उनीहरु बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ ।
    नेपालमा सन् २००१ यता महिलाले गर्भवती सेवा दक्ष स्वास्थ्यकर्मीबाट लिने क्रम बढे पनि अझै ठूलो संख्यामा गर्भवती स्वास्थ्यकर्मीको पहुँच बाहिर छन् ।
    स्वास्थ्य मन्त्रालयका अनुसार ०७३ साउनदेखि ०७४ असारसम्म २ लाख ७७ हजार ३ सय ४४ गर्भवती महिलाले असुरक्षित रुपमा बच्चा जन्माएका छन् । घरमा जाने स्वास्थ्यर्मीको सहयोग विना नै उनीहरु बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ ।
    प्रसुति गराउने तालिमप्राप्त स्वासथ्यकर्मीको अभावमा मातृ तथा शिशु मृत्युदर अपेक्षाकृत घट्न सकेको छैन । आजको नयाँपत्रिका दैनिकबाट

    ३६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad