BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

     सगरमाथाको राजस्वमा एनजीको हालीमुहाली

    संसार न्यूज संवाददाताबैशाख ३, २०७५

    ३ बैशाख, काठमाडौं । पर्यटन विभागले हिमाल आरोहीले गर्ने फोहोरको नियमनसम्बन्धी अधिकार गैरकानुनी रूपमा एक गैरसरकारी संस्था (एनजीओ) लाई दिइरहेको खुलासा भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नामक एनजीओलाई विनाप्रतिस्पर्धा पर्यटन विभागले वर्षाैंदेखि हजारौं डलर धरौटी फिर्ता गर्ने अधिकार दिएको छ ।
    पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम २६ बमोजिम अनुसूची ९ मा तोकिएअनुसार फोहोरमैला व्यवस्थापनका लागि न्यूनतम अमेरिकी डलर ५ सयदेखि ४ हजार धरौटी राख्नुपर्ने व्यवस्था छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले फोहोरमैला व्यवस्थापन गरेको भनी पत्र लेखेकै आधारमा गत वर्षमात्रै ४ करोड ९६ लाख ९ हजार धरौटी फिर्ता दिएको पाइएको छ ।
    सरकारले जिम्मा दिएको समिति कुनै निकायमा दर्ता भएको छैन भने प्रचलित आयकर ऐन र नियमावलीअनुसार आयकरमा दर्ता भई निर्धारित करसमेत बुझाउने गरेको छैन । तर, विभागले उक्त समितिलाई आधिकारिक निकाय मान्दै अधिकार दिइरहेको महालेखा परीक्षकको प्रतिवेदनले पनि औंल्याएको छ ।
    समितिले फोहोरमैला व्यवस्थापन गर्न पर्यटकबाट असुल गर्न पाउने शुल्क विभागले निर्धारण नगरेको र असुल गरेको शुल्कसम्बन्धी हालसम्म कुनै पनि निकायले अनुगमन नगरेको तथ्य महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।आजको कारोबार दैनिकबाट

    ४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad