BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    एपीसी पुर्याउन नसक्दा प्रहरी र सशस्त्रको ४४ करोड गुम्यो

    संसार न्यूज संवाददाताबैशाख ३, २०७५

    patra-patrika (1)

    ३ बैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत खटिने फौजको बन्दोबस्तीका सामान खरिद पारदर्शी नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी वल (एपीएफ) को करिब ४४ करोड रुपैयाँ गुमेको छ ।
    प्रहरीको हाइटी र सुडान तथा सशस्त्र प्रहरीको दक्षिण सुडानमा तैनाथ फौजका लागि आर्थिक वर्ष २०७४–७५ मा समयमै बन्दोबस्तीका सामान खरिद नहुँदा प्रहरी र सशस्त्रका जनशक्तिले पारिश्रमिक र बन्दोबस्तीका सामान नकिन्दा डेप्रिसियबलबापत पाउने करिब ४४ करोड रुपैयाँ रकम नोक्सान भएको हो ।
    राष्ट्रसंघले शान्ति मिसनमा तैनाथ जनशक्तिको मासिक पारिश्रमिक र बन्दोबस्तीका सामान खरिदको रकम भुक्तानी नगर्दा प्रहरीका क्रमशः उपेन्द्रकान्त अर्याल र प्रकाश अर्याल तथा सशस्त्रमा कोषराज वन्त र सिंहबहादुर श्रेष्ठ आइजीपी थिए । दुवै सुरक्षा निकायका प्रमुखले अहिले अवकास पाइसकेका छन् ।
    मिसनबाट उक्त रकम प्राप्त नहुँदा दुवै सुरक्षा निकायले जिम्मेवारी पूरा गरी फर्किएका कर्मचारीलाई कल्याणकारी कोषबाट रकम भुक्तानी दिएका छन् ।
    मिसनका लागि चाहिने आम्र्ड पर्सनल क्यारिएर (एपीसी) लगायत बन्दोबस्तीका सामान खरिदमा अपारदर्शी र सार्वजनिक खरिद ऐनले तोकेको मापदण्डविपरित निर्णय लिँदा यस्तो समस्या बर्सेनि दोहोरिने गरेको ती सुरक्षा निकायकै अधिकारी स्वीकार्छन् । आजको कारोबार दैनिकबाट

    ४८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad