BizPati

  • Ad
  • आज : २०७५ साउन ३ गते
    Headlines :
    Ad

    टेक्सासका नेपालीले खुवाए घरबारबिहिनलाई खाना

    संसार न्यूज संवाददाताबैशाख ३, २०७५

    america1१४ अप्रिल, अमेरिका । एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर घरबार बिहिनलाई त्रैमासिक रुपमा खुवाउदै आएको खाना सफलता पूर्वक खुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

    एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले जानकारी दिए अनुसार करिव ४ सय ७५ भन्दा ज्यादा लाई खाना खुवाएको जनाएका छन् । आचार्य नेपाल गएको समयमा पशुपतिमा भिक्षा माग्ने जोगी, असहाय, घरबार बिहिन, दुखिलाई शिव रात्रिको अवसरमा खाद्यान्न वितरण गरेका थिए ।

    america4हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई बिशेष सहयोग प्रदान गर्दै आएको छ ।
    टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको लाई निरन्तरता दिएको छ ।

    टेक्ससको फोर्ट वर्थ को युनिटी पार्कमा उक्त खाना खुवाइएको हो । उक्त कार्यक्रममा अफ्रिकन अमेरिकन ,नेपाली ,अमेरिकन ,फिलिपिन्स ,भारतीय मूलकाले स्वयम् सेवकको रुपमा सहयोग गरेका थिए ।

    खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

    “हेल्प फर डेस्पेरेट एण्ड निडि पिपुल” अन्तर्राष्ट्रिय एचडीएनपी इन्टरनेसनल अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

    ९६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad