BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    अमेरिकी पत्रकारहरुको सम्मेलनमा नेपाली पत्रकार पनि सहभागी

    विजय थापा, अमेरिका बैशाख ३, २०७५

    १६ अप्रिल, वाशिंगटन डिसी । संसार भरिका ब्यवसायिक पत्रकारहरुको संस्था “सोसाइटी अफ प्रोफेसनल जर्नालिष्ट” को पत्रकारिता र प्रेस सम्बन्धी सम्मेलनमा पहिलो पटक नेपाली अमेरिकन पत्रकारले पनि स्थान पाएका छन् ।

    press2नेताा उपाध्यक्ष गुणराज लुईटेलको लगातारको प्रयास र पहलको परिणामस्वरुप “सोसाइटी अफ प्रोफेसनल जर्नालिष्ट”ले यस पटक भने भर्जिनियाको राजधानी रिचमण्डमा शनिवार भएको आफ्नो क्षेत्र २ सम्मेलनमा नेपाली अमेरिकन पत्रकारहरुलाई सहभागी हुन अनुमति दिएको हो ।

    सोसाइटी अफ प्रोफेसनल जर्नालिष्ट र भर्जिनिया प्रेस एसोसिएसनको संयुक्त आयोजनामा भएको सो भेलामा नेताका उपाध्यक्ष गुणराज लुइटेलले नेपाली पत्रकारिता र पत्रकारहरुको बारेमा संक्षिप्त प्रकाश पारेका थिए ।

    सो सभामा नेता सल्लाहकार वरिष्ठ पत्रकार योगेश उपाध्याय, नेजा पूर्व डिसी मेट्रो संयोजक विश्व थापा र नता सदस्य टेलिभिजन पत्रकार किरण मरहट्ठा पनि सहभागी भएका थिए ।

    यस किसिमका अमेरिकी पत्रकारका सम्मेलनमा यसरी नेपाली पत्रकारहरुको सहभागिता भएको यो पहिलो पटक हो ।

    यही शुक्रबार र शनिबार भर्जिनियाको रिचमण्ड शहरमा भएको एसपीजे दोस्रो क्षेत्रीय सम्मेलनमा सहभागिता पछि नेता र नेपाली पत्रकारहरुलाई एसपीजेले मान्यता दिनुको साथै आगामी अन्तरराष्ट्रिय सम्मेलनमा प्यानल छलफलमा समेत एजेण्डा सहित सहभागी हुन नेपाली पत्रकारहरुलाई आह्वान गरेको छ ।

    पहिले यस किसिमका सभामा भाग लिन एसपिजेको सदस्य हुनै पर्ने ब्यवस्था भएतापनि पनि अहिले पत्रकार लुइटेलको बारम्बारको पहल र वार्ता पछि गैर एसपीजे सदस्यलाई पनि सहभागी हुन अनुमति दिएका उनले जानकारी दिएका छन् ।

    नेपाली पत्रकारहरुको टोलीले नेपाली पत्रकारिता एवं अमेरिकी नेपाली सामुदायिक पत्रकारिताबारे सो सभाका सहभागीहरुलाई जानकारी गराएको थियो ।

    नेपाली पत्रकारलाई अमेरिकाको मूल प्रवाहमा समाहित गर्न र हाम्रा सम्बन्धहरुलाई अमेरिकी ब्यवसायिक पत्रकारहरु सम्म बिस्तार गर्न यस सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी नेता उपाध्यक्ष लुइट्लले दिएका छन् ।

    आफू अमेरिका बसेको १० वर्ष बढी भएतापनि यस किसिमले अमेरिकी पत्रकारका सम्मेलनहरुमा सहभागी हुने मौका नमिलेको भन्दै यस पटकको कदमले अन्तरराष्ट्रिय रुपमा नै नेपाली पत्रकारहरुको सम्बन्ध विस्तार हुने विश्वास वरिष्ठ पत्रकार योगेश उपाध्यायले ब्यक्त गरे ।

    सो कार्यक्रमलाई ईनेप्लिज डट कमका सम्पादक विश्व थापाले लाइभ गर्नु भएकोमा आयोजकले विशेष धन्यबाद दिएका थिए ।

    press3पत्रकार किरण मरहट्ठाले नेपाली पत्रकारहरु पनि अन्तर्रराष्ट्रिय स्तरका रिपोर्टिङ गर्न तथा टिभी कार्यक्रम र डकुमेण्ट्री तयार गर्न सक्षम भएको तर अवसरको खोजी गर्ने बानि नभएकोले पछि पर्नु परेको कुरा बताएका छन् ।

    सो सभामा वेभ साइट रिपोर्टिंगका तरिकाहरु, फेसबुक लाईभ र पत्रकारितामा यसको ब्यबस्थित प्रयोग, सामाजिक संजालको बढ्दो प्रभावसंगै पत्रकारका बललिंदा आचारसंहिता, अमेरिकामा सत्ताबाट भएको सूचना र संचार माथिको प्रहार, कलेज पढाई सकेका विध्यार्थीहरुलाई ब्यवहारिक एवं ब्यवसायिक तालिम र अवसरको खोजी लगायतका विषयमा छुट्टा छुट्टै सेसनहरु संचालन गरिएका थिए ।

    सम्मेलनका आयोजक एसपिजे बोर्ड सदस्य तथा भर्जिनिया कमनवेल्थ युनिभर्सिटीका प्रोफेसर जेफ साउथले आफूले दुई पटक नेपाल भ्रमण गर्दा नेपालको मुक्तिनाथ सम्म पद यात्रा गरेको प्रसंग उल्लेख गर्दै नेपाली पत्रकारिताको विकासमा सकेसम्म सहयोग गर्ने आश्वासन दिएका छन ।
    यसैगरी भर्जिनिया प्रेस क्लवले पनि स्थानीय नेपाली पत्रकारहरुलाई सदस्यताको आवेदन दिन आह्वान गरेको छ ।

    ५० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad