BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    सवाखर्बको कारोबार भ्याटको दायरा बाहिर

    संसार न्यूज संवाददाताबैशाख ४, २०७५

    money

    ४ बैशाख, काठमाडौं । सरकारले नक्कली भ्याट विलको कारोबारलाई नियन्त्रण गर्न नसक्दा ठूलो परिणामको कारोबार गर्नेलाई समेत भ्याटको दायरामा ल्याउन नसक्दा राज्यलाई बार्षिक १९ अर्ब रुपैयाँ भन्दा बढी राजस्व घाटा हुने गरेको छ । महालेखा परीक्षक कार्यालयका अनुसार १ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ बराबरको काराबरको भ्याटको दायरा बाहिर छ । यसबापत राज्यले पाउनुपर्ने १९ अर्ब ४० करोड रुपैयाँ राजस्व प्राप्त हुन सकेको छैन ।
    सरकारले यसरी गुमाएको राजस्वबाट बुढी गण्डकी जत्रै आयोजना बनाउन सकिने जानकारहरु बताउँछन् । प्रतिवर्ष २० अर्ब विनियोजिन गरे १० वर्षमा बुढी गण्डकी आयोजना सजिलै बनाउन सकिने एक अध्ययनले देखाएको छ । भ्याट लाग्ने कारोबारमा समेत अर्थमन्त्रालयले भ्याट असुल नगरेको महालेखा परीक्षकको ५५ औं प्रतिवेदनमा उल्लेख छ । आजको कारोबार दैनिकबाट

    ५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad