BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन २ गते
    Headlines :
    Ad

     प्रतिदिन ६८५ नयाँ रोजगारीको आवस्यकता

    संसार न्यूज संवाददाताबैशाख ४, २०७५

    job

    ४ बैशाख, काठमाडौं । सरकारले प्रतिदिन ६८५ नयाँ रोजगारीको सिर्जना गर्नुपर्ने विश्व बैंकको प्रतिवेदनले जनाएको छ । विश्व बैंककले नेपालको श्रम बजारमा प्रतिमहिना ३५ हजार जनशक्ति थपिने गरेको भन्दै सरकारले रोजगारी दिनका लागि बार्षिक २ लाख ४० हजार नयाँ रोजगारी सिर्जना गर्नुपर्ने जनाएको छ । बैंकको प्रतिवेदन अनुसार नेपाल सरकारले प्रतिदिन ६८५ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने चुनौती देखिन्छ ।
    विश्व बैंककले सोमबार प्रकाशन गरेको ‘रोजगारी बिनाको वृद्धि’ प्रतिवेदन अनुसार विश्वका विकसीत मुलुकले झै उच्च रोजगारी सिर्जना गर्न आर्थिक वृद्धिले मात्र पुग्दैन् । सन् २०१५ सम्ममा मासिक रुपमा दक्षिण एसियानका १८ लाख युवा कामगर्ने उमेरमा परिपक्व हुँदै जाने र यस क्षेत्रमा आर्थिक वृद्धिदरको कारण रोजगारी सिर्जनादर राम्रो भएको टिप्पणी पनि विश्व बैंकको छ । तर, काम गर्ने उमेर समुहका युवाको जनसंख्या अत्यधिक रुपमा बढिरहेको प्ररिपे्रक्ष्यमा आर्थिक बृद्धिले मात्रै रोजगारी सिर्जना गर्न मद्दत गर्न नक्ने पनि प्रतिवेदनको सार छ । आजको कारोबार दैनिकबाट

    १०६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad