BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    साल्ट ट्रेडिङमा बैदेशिक अनुदान, डेढ अर्बको ‘सेयर’ घोटाला

    संसार न्यूज संवाददाताबैशाख ४, २०७५

    salt-treading

    ४ बैशाख, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा करिब डेढ अर्बको सेयर घोटाला गरिएको खुलासा भएको छ । जापान–भारत सरकारबाट अनुदान प्राप्त १ अर्ब ४० करोड रुपैयाँ सेयरमार्फत घोटाला भएको हो । बैदेशिक सहायता रकमलाई सेयरमा परिणत गर्न निर्देशन दिँदादिँदै कर्पोरेशनले सेयर संरचना नै विगारेर घोटाला गरेको हो ।
    ‘जापानले ९० करोड र भारतले ५० करोड रुपैयाँ नगद अनुदान दिएको थियो, अर्थमन्त्रालयलका एक अधिकारीले भने, ‘उक्त रकमलाई २०६६÷ ६७ मा सेयरमा परिणत गर्न निर्देशन दिए पनि स्वामित्व संरचना नै बिगारेर घोटाला भएको देखिन्छ ।’ कर्पोरेसन्समा हाल सरकारको २१.२८ प्रतिशत र अन्यको ७८.७२ प्रतिशत सेयर छ ।
    साल्ट ट्रेडिङले ४ वर्षयता नाफा गर्दै आएको छ । बार्षिक प्रतिवेदन अनुसार उसले गत आर्थिक वर्ष ७ करोड १५ लाख ४६ हजार रुपैयाँ नाफा गरेको थियो । आजको कान्तिपुर दैनिकबाट

    २९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad