BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन २ गते
    Headlines :
    Ad

    नेपालकै कारण भारु साटिएन

    संसार न्यूज संवाददाताबैशाख ४, २०७५

    patra-patrika (1)

    ४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँचसय र हजारका नोट सटहीको विषयलाई लिएर नेपाली पक्षले औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको भारु त्यत्तिकै थन्किएको छ । प्रम ओलीको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाति रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो । यसअघि भारत भ्रमणमा आउनु अघि संसद्लाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले भारु सटहीको विषय उठाउने दाबी गरेका थिए । प्रमको भ्रमणका बेला समेत भारु सटही विषमयले निकास नपाउँदा सरकारी प्रणालीमा रहेको ५ करोड भारु प्रयोजन विहीन बनेको छ । जबकी प्रम ओलीको भारत भ्रमण अघि अर्थ मन्त्रालयले भारु नोटका सम्बन्धमा राष्ट्र बैंकबाट विवरण मागेको हुँदा भारुका सम्बन्धमा निकास निस्कने अपेक्षा गरिएको थियो । आजको कान्तिपुर दैनिकबाट

    ७७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad