BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    सिरियाको अफ्रिनबाट मात्रै एक लाख ३७ हजार विस्थापित

    संसार न्यूज संवाददाताबैशाख ६, २०७५

    rohingya

    ६ वैशाख, संयुक्त राष्ट्रसंघ (रासस/सिन्ह्वा) । सिरियाको अफ्रिन जिल्लाबाट मात्रै अहिलेसम्म एक लाख ३७ हजार जना विस्थापित भएका छन् ।

    संयुक्त राष्ट्रसंघका प्रवक्ताले बुधबार दिएको जानकारीअनुसार गत जुन २० देखि सुरु भएको सैन्य कारबाही र द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन् ।

    नियमित पत्रकार सम्मेलनमा राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी समन्वय कार्यालयलाई उदृत गर्दै महासचिव एन्टोनिओ गुथ्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले यति धेरै विस्थापित भएको तथ्यांक बुधबार सार्वजनिक गरेका हुन् ।

    अफ्रिनबाट विस्थापित भएकालाई राष्ट्रसंघको तर्फबाट विभिन्न सहयोग सामग्री प्रदान गरिदै आएको पनि उहाँले बताए ।

    राष्ट्रसंघले त्यस जिल्लामा प्रत्यक्ष र नियमित सम्पर्क गर्न र सहयोग गर्न भने नपाएको प्रवक्ता स्टेफनको भनाइ छ ।

    “विस्थापितलाई मानवीय सहायताका लागि सहज र नियमित पहुचको चुनौती हामीले भोगीरहेका छौँ,” स्टेफनले पत्रकारसँग भने ।
    –––

    ६९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad