BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    डोल्पामा चर्किंदै केन्द्र विवाद, शाहीमाथि जालसाजी गरेको स्थानीयको आरोप

    (रासस)बैशाख ६, २०७५

    ६ वैशाख,त्रिपुराकोट, डोल्पा । डोल्पा ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद अरु चर्किंदै गएको छ । केन्द्र सारेको विरोधमा दुनैमा ४८औँ दिनमा झनै आन्दोलन चर्किएको हो । आन्दोलनका कारण दुनै बजारसमेत बन्द छ ।

    ठूलीभेरी नगरपालिकाको केन्द्र सदरमुकाम दुनैबाट जुफाल नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेर सारी राजपत्रमा प्रकाशित गरेको दुनैवासीको आरोप छ ।

    अघिल्लो सरकारको मन्त्रिपरिषद्बाट डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र सार्ने निर्णय भई फागुन १६ गते जुफाल केन्द्र तोकेर राजपत्रमा प्रकाशित भएको थियो । जनताभन्दा पनि नगरपालिकाका जनप्रतिनिधिलाई नै जानकारी नगराई कार्यकारीको मिलेमतोमा केन्द्र सारेको भन्दै फागुन १६ गतेदेखि दुनैवासी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।

    नेकपा एमालेले टिकट दिएर जिताएका गणेशबहादुरले जनतामाथि खेलवाड गरेकाले उनीमाथि पार्टीले कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
    बुधबार डोल्पाको सदरमुकाममा रहेका होटल पसल र बजार बन्द रह्यो । नगरपालिकाको केन्द्र दुनैमै केन्द्र पुनःस्थापना गर्न पटक पटक चरणबद्ध ढंगले आन्दोलन गर्न बाध्य भएको दुनै संघर्ष समितिका अध्यक्ष तथा आन्दोलनका अगुवा हिक्मत शाहीले बताए ।

    केन्द्र विवादका कारण ठूलीभेरी नगरपालिकाका कुनै पनि वडामा विकासका काम अघि बढ्न नपाएको स्थानीयवासी बताउँछन् । आर्थिक वर्ष सकिनै लाग्दा नगरप्रमुखले सबै बजेट आफ्नो व्यक्तिगत खातामा राखेको र विकास नगरेको आरोप दुनैवासीको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भए पनि तत्काल दुनैबाट काम गर्ने चेतावनी दुनैवासीले दिएका छन् ।

    केन्द्र पुनःस्थापन गराउन यहाँका नगरवासी र स्वयं आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको भन्दै संघर्ष समितिका सदस्य दलबहादुर थापाले गाउँगाउँबाट जनता दुनैमा आएर आन्दोलनलाई साथ दिइरहेको बताए । उनका अनुसार, “थाला, लोचा, तिप्ला, दुनै, रह, परिलालगायत थरगाउँका केही स्थानीय बासिन्दाले दुनैमा केन्द्र पुनःस्थापना हुनुपर्ने मागसहित चरणबद्ध रुपमा पटक पटक आन्दोलन गर्दै आएका छन् ।”

    ४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad