BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ४ गते
    Headlines :

    १२ वजेसम्मका लागि अन्तराष्ट्रिय उडान बन्द, सयौं यात्रु मारमा

    संसार न्यूज संवाददाताबैशाख ७, २०७५

    international airport७ बैशाख, काठमाडौं । अन्तराष्ट्रिय विमानस्थलको सेवा १२ बजेसम्मका लागि बन्द गरिएको छ ।

    काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घासे मैदानमा भासिएपछि विमानस्थल अवरुद्ध भएको हो ।
    राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ ।

    जहाजले धानवमार्ग छोडे पनि यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।

    उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज अन्यत्रै पठाइएको गरिएको थियो भने काठमाडौँबाट उड्नुपर्ने सातवटा उडान पनि प्रभावित भएको थियो ।
    १२ वजेसम्मका लागि अन्तराष्ट्रिय विमानस्थल बन्द रहेको छ । विमानस्थल बन्द गरिएपछि सयौंयात्रु अलपत्र परेका छन् । रनवेबाट उक्त विमान हटाएपछि मात्र उडान शुरु हुने बताइएको छ । साथै आन्तरिक उडान भने जारीरहेको बताइएको छ ।

    ४९७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad