BizPati

  • Ad
  • Ad
  • आज : २०७५ जेठ १० गते
    Headlines :
    Ad

    मोड

    बिमला तुम्खेवा, काठमाण्डाै नेपालबैशाख ७, २०७५

    बिमला तुम्खेवा

    भन्न सक्दिनँ त्यो क्षण
    तर, तिमीले यही सिमानाबाट आफुलाई मोडेका थियौ
    म भने,
    तिम्रो घुङ्ग्रिएको केश र मुस्कान सम्झीएर
    यही टन्टलापुर घाममा उभिएको छु
    यी गीतहरू

    समुद्री आँधीहरूझैं
    तिम्रा खातिर बग्न चाहने यी निला आँखाहरू
    हो,
    त्यही समयदेखि मौन छन्
    जुन दिन तिमी अन्तै मोडिएका थियौ
    म,
    त्यही समयदेखि पारूहाङझैं रोइरहेको छु

    आँसुसँगै
    डरलाग्दो सपना जस्तो कतिकति आफन्तहरू छुटे
    म भने भुल्न नसकेर त्यो क्षण
    बाटो पल्लोपट्टि देखिएको बुढो धुपीको रूख जस्तै उदास छु
    म,
    भन्न सक्दिनँ त्यो क्षण
    तिमी किन अन्तै मोडिएका थियौं  ?

    इति

    ८६८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad