BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    शिक्षा समिति गठन, आवस्यक परे विद्यालय खारेज गर्ने निर्णय

    राससबैशाख ७, २०७५

    ७ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपलिकाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन भएको छ ।

    माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई व्यवस्थित रुपमा विद्यालय सञ्चालन गर्नका लागि समिति गठन गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

    समितिका सदस्यमा कामपाको उपप्रमुख हरिप्रभा खड्की र वडाध्यक्षसहित ११ जना रहेका छन् ।

    उनका अनुसार उक्त समितिले शिक्षासँग सम्बन्धित सबैखालका नीतिगत निर्णय गर्नेछ । कामपाभित्रका विद्यालय सञ्चालनको अवस्थाबारे जानकारी लिने, आवश्यक परेमा विद्यालय गाभ्ने, खारेज गर्ने कक्षा थप गर्न दिने नदिनेजस्ता कार्य गर्ने छ ।

    यसैबीच समितिको पहिलो बैठकले संस्थागत विद्यालयमा अध्ययनरत गरीब, जेहेन्दार तथा शहीदका छोराछोरीलाई छात्रवृत्ति दिने काम सम्बन्धित वडा कार्यालयबाट हुने जनाएको छ ।

    समितिको नियमावलीमा भनिएको छ, विद्यालयका प्रधानाध्यापक विद्यालयका व्यवस्थापनप्रति, व्यवस्थापन शिक्षा समितिप्रति र शिक्षा समिति नगर कार्यपालिकाको मातहतमा रहेर काम गर्नुपर्ने भनिएको छ ।

    गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरूप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ । हाल कामपामा १०० सामुदायिक विद्यालय र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन्, जसमा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् ।

    ७६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad