BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    बज्रचार्यको ‘मन मगन’ले युट्युबमा हंगामा मच्चाउदैं

    सुवास तामाङ ‘गोले’ बैशाख ११, २०७५

    bajracharyaकुनै जमाना थियो दिपक बज्रचार्य स्टेजमा आउनासाथ हजारौ दर्शक एउटै आवाजमा ‘ओ अमिरा, मायाको डोरीले, फर्केर आउने छैन् भन्दै उफ्रन थाल्थे । पप संगीत क्षेत्रमा आफूलाई चर्चित स्थानमा राखीसकेका उनले यतिबेला लामो समय पश्चात् फेरि उही दमदार प्रस्तुति ‘मन मगन’ मार्फत युट्युबमा हंगामा मचाई रहेका छन् ।

    गायक दिपक बज्रचार्यद्वारा सार्वजनिक भएको यस गीतको भिडियो अहिले युट्युबको टप टेन ट्रेन्डिंगमा जमिरहेको छ भने एक सातामा सात लाख भन्दा बढीले हेरी सकेका र उन्नाइस हजारले लाइक गरी सकेका छन् । अनिल के मानन्धरले छायांकन गरेको गीतको भिडियोले नेवार समुदाय भेषभूषा र संस्कृती र जात्राहरुलाई व्यापक रुपमा प्रस्तुत गरेको छन् भने यस गीतको गीतकार रिक्की शाक्य, संगीत रिक्की शाक्य र दिपक आफैले दिएका छन् । यो दमदार गीतको भिडियो भने सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।

    दिपक बज्राचार्यको ‘मन मगन’ को चारै तिरबाट सकारात्मक सन्देश आई रहेको हुनाले संगीत क्षेत्रमा अझ यो भन्दा राम्रो प्रस्तुति दिने पनि जनाएका छन् ।

    २२० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad