BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    पितपत्रकारितालार्इ बीचऔंली चन्दा

    पुरानाघरे, न्यु ह्याम्पसायर अमेरिकाबैशाख १५, २०७५

    पुरानाघरे

    डिमुर्के कान्छो बिहानै तकियामा बसेर मोबाइलमा खुरापाति पुराणको साङ्गे भएको भिडियो हेर्दै छ । गाउँमा लामो समयपछि पुराण लागेको हुनाले रक्सी धोक्नेदेखि बाइबल बोक्नेसम्म सबै भद्रभलाद्मीहरूको जमघट भएको साङ्घेको भिडियो डुकुलण्ठ्याङ साइलाले YouTubeमा राखेको रहेछ । हेर्दाहेर्दै जब लाइन काटियो तब डिमुर्के कान्छो रिसले रनक्क भयो । यति रिसायो कि नेता, मन्त्रि, सरकार, गार्इ बस्तुदेखि साथीहरू, बाबुआमा, पण्डित पुरोहित, शाखा सन्तान सबैलार्इ धारे हात लगाएर निरन्तर सराप्न थाल्यो । के के भन्यो भन्यो उसैलार्इ पत्तो भएन । श्रीमतीले तातो चिया खन्याइदिए पछिमात्र शान्त भयो । त्यसो त श्रीमतिको हप्की पनि नराम्रो गरी आयो उसलार्इ ।

    एकाबिहानै स्यालहरू जोडजोडले सगरमाथा, जुमोह्लारी र अन्य टाडाका हिमालहरू थर्काउने घमण्डले चिच्याइरहेका छन । बिचरा स्यालहरूको हुँर्इंय्याँमा हिमालहरू त के थर्किन्थे तर जंगलको छेउमा घर भएको हुनाले टुपिन्द्रलार्इ भने बसिनसक्नु भयो । होहल्लाको एलर्जी भएका पण्डित र धर्मको ज्ञान खासै नभएका टुपिन्द्र पैसा भनेपछि भोक, सोक, रोग, नातागोता, परिवार, धर्म सबै चटक्कै बिर्सन्छन् । खासमा उनी नमुना पण्डित हुन, गाउँलेहरू कुरा काट्छन् । त्यही कुरा ओसारपसार गर्छिन झुमा पण्डित्नी भने ।

    स्यालको हुँर्इंय्याँले मानसिक रोगी नै भइसकेका ट्रपिन्द्रलार्इ बसिसक्नु भएन बिहान बिहानै स्याल कराएकाले । स्यालहरूलार्इ के पुगेनछ भनेर लखेट्दै गएका त स्यालको समूह त यतिबिघ्न सिनोघारीमा पस्यो कि टुपिन्द्र त बेहोस नै भए । मान्छे, गार्इ, सुगुर, कुकुर, चराहरू लगायताका लासहरू फालिम लागेका सिपाहीहरू जस्तै छन् जंगलभरि, सिनोको विगविगीमा त टुपिन्द्रलार्इ … ।

    मानिस सहितका अन्य जनावारका लासमा पकड जमाउन नसकेको रन्कोमा एउटा दिमाग खुस्केको स्यालले आत्महत्या गरे छ । त्यस स्यालको लास पनि त्यहीँ लासहरूको जंगलमा मिसाएर राखिएकोमा जङ्गलमन्त्री  स्यालको घोर भत्सर्ना भनेर प्यानछिरे डटकममा समाचार आयो । स्याल जंगलको मन्त्री भएको हुनाले मानिस लगायताका अन्य जनावारहरूसँग स्यालको लास राख्नु नहुने भनेर स्यालहरूको अपत्ती र अन्दोलनका कारण आएको रहेछ एकाबिहानैको  स्यालहरूको कोहोलो हुँर्इंय्याँ त ।

    डिमुर्केकान्छाले गाउँभरिको अस्तित्वको भग्नावशेषमा ढडेलो लगाएको तीन मासमात्र भएको छ । उसलार्इ केही त गर्नै पर्छ, त्यतिकै झोक्रिएर इन्द्रजाल रच्न मस्त हुन्छ । यतिकैमा बत्ती आउँछ र अघि बन्द भएको भिडियो चालु हुन्छ । उसको मिल्ने साथी जाँडप्रसाद हुचिल भिडियोमा देखिन्छ । हुचिलले स्यालहरूको सिनो सागरमा सयर गरेको हुनाले भगवान मेषको श्राप पर्न गर्इ सिङ उम्रिएछन र उ स्याल नै भएछ । सिङ भएको स्याल भएकाले हुचिल आफुलार्इ राजा जस्तै ठान्दोरहेछ र भन्दोरहेछ, राजा हुने भए जाओ स्यालहरूको सिनो सागर तरेर आयो, अनि राजा हुन्छौ ।

    केही स्यालहरू यति हुँर्इकिदै जंगल पसे कि आत्मा ग्लानीले मरणासन्न भएका टुपिन्द्र बौरिदै थिए  फेरि बेहोस भए । बेहोस भएर ढलेका टुपिन्द्रलार्इ देखेर स्यालहरूले अर्को आपत्तिको कोहोलो चिच्चयाए । त्यही चिच्याहटले टुपिन्द्रलार्इ जगायो । उनी एकै सासमा आफल्लिएर घर पुगे ।

    भोलिपल्ट मर्दै बाँच्दै गरेको प्यानछिरे डटकम साइटमा टुपिन्द्रको आत्महत्या हेडलाइनमा समाचार छापिएर आउँछ । बाहुन बाजे वितेको हेडलाइन फलाकेर पत्रिकेले निकै बिक्री गर्यो बिहान बिहानै । घोप्टाजुँघे मेयरले समाचार सच्याउन  प्यानछिरे डटकमका प्रमुखलार्इ  ध्यानाकर्षण पनि गरे तर उक्त चेतावनीलार्इ साइटका हाकिमले हावामा उडाइदिए ।  छापिन्छ कि भनेर केही दिन सबैले प्रतिक्षा गरे तर त्यो आसा पनि मर्यो जब कि साइटका मालिकले आफ्नै ढाडको फोटो राखेर साइटमा लेखेका थिए, प्यानछिरे डटकम इज द फर्स्ट न्यूजएजेन्सी अफ स्याललोक ।

    भोलिपल्ट उक्त फर्जी समाचारकै विषयमा छलफल गर्न स्याललोकका मेयरले सभा  डाके । साँझ पर्न लागेको छ तथापि पनि धेरै मानिसहरूको भिडमा कालो चश्मा लगाएर प्यानछिरे डटकमका मालिक पनि रिसाको भालु जस्तो गरी गजक्क बसेका छन् एक कुनामा । टुपिन्द्र नुन खाएको कुखुरो जस्तो गरी एक कुनामा टुसुक्क बसेका छन्, “अब त अात्महत्या नै गर्छु” उनी सोचिरहेका छन् भने झुमा लुङ्गी सुर्केर घमण्डीप्रसादमाथि जाइलाग्न ताउरमाउर गरिरहेकी छिन् । कोही के भन्छन् कोही के भन्छन् तर ठूलो कोहोलो अावाज अाइरकेको छ ।

    मेयरले सबैलार्इ सान्त हुन उर्दी गरी सभा चालु गरे । पालैपालो गरी सयजनाजति गाउँलेहरूले आपत्ति गरेपछि मेयरले साइटका मालिकलार्इ स्पष्टिकरण मागे । जुँघामा ताउ कस्दै बोले घमण्डीप्रसाद, “यो साइट मेरो हो, स्याललोकको सम्बिधानले प्रदत्त गरेको स्वतन्त्रता अनुसार म मेरो साइटमा जे लेख्न पनि सक्छु र केही नलेख्न पनि सक्छु । स्वयम सेवा भएकाले पत्रकारहरू पनि पाइन्न एकातिर भने अर्कातिर मानिसहरूको सहयोग नभएकाले सबै गाउँलेहरूले चन्दा नदिए म यो साइट बन्द गर्ने सोचमा छु ।” उनले उल्टो धम्की दिए ।

    पितपत्रकारिता र जथाभावी तन्त्र लेखन गरेको आक्रोशले मुर्मुरिएका उपस्थित सबै गाउँलेहरूले बिच औंलो देखाएर भने, “यीssss ! तिमी घमण्डीप्रसादको पितपत्रकारिताको साइटलार्इ चन्दा त ।” दिमाग र भाविष्यमा एकै पटक घन्चक्कर भेटाएपछि रनभन्न भएका घमण्डीप्रसाद स्यालहरू भेला गरेर हुर्इंय्याँ मच्चाउने मनसायले त्यहाँबाट अन्तर्ध्यान भएर सिनोसागर जाँदा भए ।

    इति

     

    १६४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad