BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    ‘भान्से बाहुनी’ लोकार्पित

    संसार न्यूज संवाददाताबैशाख १७, २०७५

    bhanse bahuni

    १७ वैशाख, काठमाडौँ । साहित्यकार गीता सापकोटाको कवितासङ्ग्रह ‘भान्से बाहुनी’ शनिबार लोकार्पण गरिएको छ ।

    प्रा डा वासुदेव त्रिपाठीले कृति लोकार्पण गर्दै आइतबार नेपाली नारीका पारिवारिक, सामाजिक चापप्रतिचाप कवितामा सशक्त रूपमा आएको, नारीवादको सन्तुलित स्वरूप अभिव्यक्त भएको, नर र नारीको सहयात्राको आग्रह गरिएको तथा परम्परागत विलाप मात्र होइन अस्मिताको खोजी गरिएको बताए ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले कवितामा राष्ट्रप्रेमको भावना अभिव्यक्त भएको र समाजका विसङ्गति र विभेदको अन्त्यको आग्रह रहेको बताउँदै कविलाई निरन्तर साधनाका लागि सुझाव दिए । वरिष्ठ कवि रमेश खकुरेलले स्वयम् भान्से बाहुनी हुँदै कवि भएकी गीतालाई बधाई दिए । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिले निम्छरा र हेपिएका वर्गको प्रतिनिधित्व गर्ने शब्द नै कवितासङ्ग्रहको शीर्षकका रूपमा आएको बताउँदै कुनै जमानामा छन्द हेपिए पनि अहिले सम्मानित भइरहेकामा सन्तोष व्यक्त गरे ।

    प्रा डा गोविन्दराज भट्टराईले महिला स्रष्टालाई मातृत्व, गृहसेवा, व्यवहार, समाज, पेसाव्यवसाय धान्नुपर्ने र सिर्जना गर्नुपर्ने भएकाले कठिनाइ रहेको बताए । सङ्ग्रहको समीक्षा गर्दै समालोचक डा रामप्रसाद ज्ञवालीले कविता यथार्थमा आधारित रहेको, अनुभवबाट प्राप्त ज्ञानको प्रस्तुति कवितामा गरिएको तथा जन्मभूमि तथा देशप्रतिको प्रेम सम्मानभाव व्यक्त गरिएको तथापि भाषा र छन्द मिल्नुपर्ने कुरामा स्रष्टा सचेत हुनुपर्ने बताए । गीता सापकोटाका जीवनसाथी रमेश शुभेच्छु र लोकार्पित कृतिका कवि सापकोटाले साहित्ययात्रामा दुवैले एकर्कालाई सघाउँदै अघि बढिरहेको बताए ।

    ३४७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad