BizPati

आज : २०७५ मंसिर २६ गते
Headlines :

गृहपृष्ठ प्रदेश-तथा-प्रतिनिधिसभा

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

२६ मंसिर, काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका साथ पहिलो स्थानमा छ ।...बाँकी

गोरखामा समानुपातिकमा काँग्रेस पहिलो

२६ मंसिर,गोरखा  (रासस) : प्रत्यक्षतर्फ एउटा प्रदेशसभा जितेको गोरखाको नेपाली काँग्रेस समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । एक लाख २३ हजार ७७६ मत खसेकामा काँग्रेसले ३५ हजार ४१९ मत ल्याएको छ । नेकपा...बाँकी

चर्चित भएर पनि जो पराजित भए

काठमाडौँ, २६ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको...बाँकी

छ वटा प्रदेशमा वाम गठबन्धनको दुईतिहाइ,हेर्नुहोस् तालिकामा

२६ मंसिर, काठमाडौँ : पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र...बाँकी

प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाई, कहाँबाट कसले जिते

२६ मंसिर, काठमाडाँै : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये...बाँकी

स्याङ्जा–१ मा वाम गठबन्धनका मरासिनी विजयी,

२६ मंसिर, वालिङ, स्याङ्जा  : स्याङ्जा–१ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी उहाँ विजयी हुनुभएको हो । मरासिनीले ३९...बाँकी

 कैलाली १ बाट रेशम चौधरी भारी मतले विजयी

२६ मंसिर, काठमाडौ । कैलाली १ बाट प्रतिनिधिसभा सदस्यका लागि राजपाका रेशम चौधरी भारी मतसहित विजयी भएका छन् । प्रहरीको फरार सूचिमा रहेका चौधरीले भूमिगत रहेर नै भारी मतसहित चुनाव जितेका हुन् । चौधरीले १४...बाँकी

धनुषा -१ मा माओवादी केन्द्रका मातृका यादव विजयी

२६ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादवले २६ हजार ४१४ मत प्राप्त गरी विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका...बाँकी

कञ्चनपुर-३ मा डा प्रकाश भट्ट विजयी

२६ मंसिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका...बाँकी

काभ्रेपलाञ्चोकका सबै स्थानमा वाम गठवन्धन विजयी

२५ मंसिर, बनेपा (रासस) : काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१...बाँकी