back

स्वदेशमै रोजगारी सिजर्ना गर्नेबारे कार्यपत्र तयार गरिँदै

वि.सं.२०७५ असार १४ बिहीवार

291 

shares
NTC AD
Global IME AD

 

काठमाडौँ १४ असार । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नामक संस्थाले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेशमै लगाउन सरकारलाई कार्यपत्र बुझाउने भएको छ ।

‘वैदेशिक रोजगारबाट फर्केका कामदारको पुनः एकीकरण, नीति, चुनौती र आगामी कदमहरु’ विषयको छलफलमार्फत संस्थाले कार्यपत्र बुझाउन लागेको हो । वैदेशिक रोजगारीबाट फर्किएकाको सीपलाई स्वदेशमा नै प्रयोग गर्न सरकारले के गर्नुपर्छ भन्ने नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले छलफल गरिएको संस्थाका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । “स्वदेशमा लगानीको अवसर नहुँदा रोजगारीमा गएर फर्किएकाहरु पुनः रोजगारीका लागि विदेश जानुपर्ने अवस्था देखिएको छ”, कार्कीले भने । उनका अनुसार रोजगारीबाट फर्किएकालाई नेपालमा नै लगाउने विषय अहिले जटिल समस्याका रुपमा छ ।

विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई पुरुषलाई भन्दा पुनः एकीकरणमा समस्या हुने गरेको संस्थाका महासचिव स्वर्णकुमार झाले बताए । नेपाली समाजमा स्वदेश फर्किएका महिला कामदारप्रति समाजले नकारात्मक धारणा बनाएको छ भन्दै उनीहरुका लागि सरकार सामाजिक तथा मनोवैज्ञानिक सहायताको आवश्यकता परेको उनले औँल्याए । “वैदेशिक रोजगारीबाट स्वदेश कति फर्किए त्यसको आधिकारिक तथ्यांक सरकारसँग नै छैन”, उनले भने ।

सरकारले रोजगारीबाट फर्किएका कामदारको तथ्यांक संकलनका लागि स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्ने आवश्यकता सरोकार भएकाहरुले उठाएका थिए । उनीहरुले पहिले बनेका वैदेशिक रोजगारीसम्बन्धी कानून र नियमावलीलाई कार्यान्वयनमा ल्याउन सरकारले नीति ल्याउनुपर्ने तर्कसमेत राखेका थिए । (रासस)

वि.सं.२०७५ असार १४ बिहीवार २१:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...